< १ राजाहरू 19 >

1 एलियाले गरेका सबै काम र कसरी तिनले सबै अगमवक्तालाई तरवारले मारे भनी आहाबले ईजेबेललाई बताए ।
A Ahav pripovjedi Jezavelji sve što je uèinio Ilija i kako je sve proroke isjekao maèem.
2 तब ईजेबेलले एलियाकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “तैँले जसरी ती अगमवक्ताहरूको प्राण लिइस्, त्यसरी नै भोलि यसै बेलासम्म मैले तेरो प्राण लिइनँ भने देवताहरूले मलाई पनि त्यसै गरून् वा सोभन्दा बेसी गरून् ।”
Tada Jezavelja posla glasnike k Iliji i poruèi mu: tako da uèine bogovi i tako da dodadu, ako sjutra u ovo doba ne uèinim od tebe što je od kojega god tijeh.
3 जब एलियाले यो कुरा सुने तिनी उठेर आफ्नो जीवन बचाउन भागे, र यहूदाको बेर्शेबामा आए, तर आफ्नो नोकरलाई चाहिँ त्यहीँ छाडे ।
A on videæi to usta i otide duše svoje radi, i doðe u Virsaveju Judinu, i ondje ostavi momka svojega.
4 तर तिनी आफैचाहिँ एक दिनको यात्रा गरेर उजाड-स्थानमा गए, र अम्रिसको एउटा झाडीमा आए । आफू मरोस् भनी तिनले बिन्ती गर, “हे परमप्रभु, अब अति भयो । मेरो प्राण लिनुहोस् किनकि म मेरा पित्रहरूभन्दा असल छैनँ ।”
A sam otide u pustinju dan hoda; i došav sjede pod smreku, i zaželje da umre, i reèe: dosta je veæ, Gospode, primi dušu moju, jer nijesam bolji od otaca svojih.
5 त्यसैले तिनी पल्टे, र अम्रिसको झाडीमुनि सुते । अकस्मात् एउटा स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ ।”
Potom leže i zaspa pod smrekom. A gle, anðeo taknu ga i reèe mu: ustani, jedi.
6 एलियाले हेरे, र आफ्नो शिरनेर कोइलामा पोलेर तयार पारिएको रोटी र एक सुरही पानी देखे । त्यसैले तिनले खाए, र पिए अनि फेरि पल्टे ।
A on pogleda, i gle, èelo glave mu hljeb na ugljenu peèen i krèag vode. I jede i napi se, pa leže opet.
7 परमप्रभुका दूत दोस्रो पटक पनि आए र तिनलाई छोएर भने, “उठेर खाऊ किनकि तिम्रो लागि यात्रा निकै लामो छ ।”
A anðeo Gospodnji doðe opet drugom, i taknu ga govoreæi: ustani, jedi, jer ti je put dalek.
8 त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए ।
A on ustavši jede i napi se; potom okrijepiv se onijem jelom ide èetrdeset dana i èetrdeset noæi dokle doðe na goru Božiju Horiv.
9 त्यहाँ तिनी एउटा गुफामा गए, र त्यहीँ नै बसे । तब परमप्रभुको वचन तिनीकहाँ आयो, “ए एलिया, तँ यहाँ के गर्दै छस्?”
A ondje uðe u jednu peæinu i zanoæi u njoj; i gle, rijeè Gospodnja doðe mu govoreæi: šta æeš ti tu, Ilija?
10 एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।”
A on reèe: revnovah veoma za Gospoda Boga nad vojskama; jer sinovi Izrailjevi ostaviše zavjet tvoj, tvoje oltare razvališe, i proroke tvoje pobiše maèem; a ja ostah sam, pa traže dušu moju da mi je uzmu.
11 परमप्रभुले जवाफ दिनुभयो, “निस्केर जा, अनि पर्वतमा मेरो सामु खडा हो ।” तब परमप्रभु त्यहाँबाट भएर जानुभयो, र प्रचण्ड बतासले पर्वतलाई प्रहार गर्‍यो अनि परमप्रभुको सामु चट्टानहरू टुक्राटुक्रा भए, तर परमप्रभु बतासमा हुनुहुन्थेन । बतासपछि एउटा भूकम्प गयो, तर परमप्रभु भूकम्पमा पनि हुनुहुन्थेन ।
A on reèe: izidi i stani na gori pred Gospodom. I gle, Gospod prolažaše, a pred Gospodom velik i jak vjetar, koji brda razvaljivaše i stijene razlamaše; ali Gospod ne bješe u vjetru; a iza vjetra doðe trus; ali Gospod ne bješe u trusu;
12 भूकम्पपछि एउटा आगो आयो, तर परमप्रभु आगोमा पनि हुनुहुन्थेन । आगोपछि एउटा सानो आवाज आयो ।
A iza trusa doðe oganj; ali Gospod ne bješe u ognju. A iza ognja doðe glas tih i tanak.
13 जब एलियाले त्यो आवाज सुने तब तिनले खास्टोमा आफ्नो मुहार लुकाए, र बाहिर निस्केर गुफाको मुखमा उभिए । तब एउटा आवाज आयो जसले तिनलाई भन्यो, “ए एलिया, तँ यहाँ के गर्दै छस्?”
A kad to èu Ilija, zakloni lice svoje plaštem i izašav stade na vratima od peæine. I gle, doðe mu glas govoreæi: šta æeš ti tu, Ilija?
14 एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।”
A on reèe: revnovah veoma za Gospoda Boga nad vojskama; jer sinovi Izrailjevi ostaviše zavjet tvoj, tvoje oltare razvališe, i proroke tvoje pobiše maèem; a ja ostah sam, pa traže moju dušu da mi je uzmu.
15 तब परमप्रभुले तिनलाई भन्नुभयो, “फर्केर दमस्कसको उजाड-स्थानको बाटोमा जा, र तँ त्यहाँ आइपुगेपछि हजाएललाई अरामका राजाको रूपमा अभिषेक गर् ।
Tada mu reèe Gospod: idi, vrati se svojim putem u pustinju Damaštansku, i kad doðeš pomaži Azaila za cara nad Sirijom.
16 तैँले निम्शीका छोरा येहूलाई इस्राएलको राजाको रूपमा नियुक्त गर्नू, र तेरो ठाउँमा हाबिल-महोलाको शाफातका छोरा एलीशालाई अगमवक्ताको रूपमा अभिषेक गर्नू ।
A Juja sina Nimsijina pomaži za cara nad Izrailjem, a Jelisija sina Safatova iz Avel-Meole pomaži za proroka mjesto sebe.
17 हजाएलको तरवारबाट उम्कने जोसुकैलाई येहूले मार्ने छन्, र येहूको तरवारबाट उम्कने जोसुकैलाई एलीशाले मार्ने छन् ।
Jer ko uteèe od maèa Azailova njega æe pogubiti Juj; a ko uteèe od maèa Jujeva njega æe pogubiti Jelisije.
18 तर म इस्राएलमा सात हजार मानिसलाई बचाइराख्ने छु, जसले बालको सामु घुँडा टेकेका छैनन्, र जसका मुखले त्यसलाई चुम्बन गरेका छैनन् ।”
Ali sam ostavio u Izrailju sedam tisuæa, koji nijedan ne saviše koljena pred Valom, niti ga ustima svojim cjelivaše.
19 त्यसैले एलिया त्यहाँबाट प्रस्थान गरे, र तिनले शाफातका छोरा एलीशालाई फेला पारे । तिनले बाह्र हल गोरुले खेत जोतिरहेका थिए । त्यस बेला तिनले बाह्रौँ हललाई जोतिरहेका थिए । एलिया एलीशाकहाँ आए, र तिनलाई आफ्नो खास्टो ओढाइदिए ।
I otide odande, i naðe Jelisija sina Safatova gdje ore, a dvanaest jarmova pred njim, i sam bijaše kod dvanaestoga; i iduæi mimo nj Ilija baci na nj plašt svoj.
20 त्यसपछि एलीशाले ती गोरुहरू छाडेर एलियाको पछि लागे । तिनले भने, “मलाई मेरा पिता र मेरी आमालाई चुम्बन गर्न दिनुहोस्, र त्यसपछि म तपाईंको पछि लाग्ने छु ।” तब एलियाले भने, “फर्केर जाऊ, तर मैले तिमीलाई भनेको कुराको बारेमा सोचविचार गर ।”
A on ostavi volove, i otrèa za Ilijom i reèe: da cjelujem oca svojega i mater svoju; pa æu iæi za tobom. A on mu reèe: idi, vrati se, jer šta sam ti uèinio?
21 त्यसैले एलीशा एलियाबाट गए, र एक हल गोरु लिए । तिनले हलोका काठहरू जलाएर मासु पकाए । तिनले त्यो मानिसहरूलाई दिए, र तिनले पनि खाए । तब तिनी उठेर एलियाको पछि लागे, र तिनको सेवा गरे ।
I on se vrati od njega, i uze jaram volova i zakla ih, i na drvima od pluga skuha meso i dade ga narodu, te jedoše; potom ustavši otide za Ilijom i služaše mu.

< १ राजाहरू 19 >