< १ राजाहरू 11 >
1 अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।
Farao babaa no akyi no, ɔhene Salomo dɔɔ ananafoɔ mmaa bebree a na wɔyɛ Moabfoɔ, Amonfoɔ, Edomfoɔ, Sidonfoɔ ne Hetifoɔ.
2 तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।
Na Awurade aka no pefee akyerɛ ne nkurɔfoɔ sɛ, wɔne saa aman no nni awadeɛ, ɛfiri sɛ, mmaa a wɔbɛware wɔn no bɛtwetwe wɔn ama wɔakɔsom wɔn anyame. Nanso, Salomo waree wɔn ara.
3 सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए ।
Na ɔwɔ yerenom ahanson ne mpenafoɔ ahasa. Na ampa ara wɔtwee ne ɔkra firii Awurade ho.
4 किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन ।
Ɛberɛ a Salomo bɔɔ akɔkoraa no, wɔtwee nʼakoma kɔɔ anyame afoforɔ so, na wamfa ne ho anto Awurade, ne Onyankopɔn so, sɛdeɛ nʼagya Dawid yɛeɛ no.
5 किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे ।
Salomo dii Sidonfoɔ nyamebaa Astoret ne Amonfoɔ nyame Molek a na wɔkyiri no no akyi.
6 सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे । तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन् ।
Enti, Salomo yɛɛ bɔne wɔ Awurade ani so. Wanni Awurade akyi, sɛdeɛ nʼagya Dawid yɛeɛ no.
7 तब सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पुजा गर्ने अग्लो स्थान बनाए ।
Salomo sii abosonnan maa Moabfoɔ nyame Kemos, a na ɔyɛ akyiwadeɛ, wɔ Ngo Bepɔ a ɛwɔ Yerusalem apueeɛ fam, na ɔsii bi nso maa Amonfoɔ nyame Molek, a na ɔyɛ akyiwadeɛ.
8 तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पुजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने र बलिदान चढाउने गर्थे ।
Salomo sisii abosonnan yi maa nʼananayerenom nyinaa, sɛ wɔnhye nnuhwam, na wɔmmɔ afɔdeɛ mma wɔn anyame wɔ hɔ.
9 परमप्रभु सोलोमनसित रिसाउनुभयो, किनकि तिनको ह्रदय इस्राएलका परमेश्वरबाट तर्केर गएको थियो यद्यपि उहाँ तिनीकहाँ दुई पटक देखा पर्नुभएको थियो,
Na Awurade bo fuu Salomo, ɛfiri sɛ, nʼakoma adane afiri Awurade, Israel Onyankopɔn, a wada ne ho adi akyerɛ no mprenu no ho.
10 र यसै विषयमा अर्थात् तिनी अरू देवताहरूको पछि लाग्न हुँदैन भनी उहाँले तिनलाई आज्ञा दिनुभएको थियो । तर सोलोमनले परमप्रभुको आज्ञा मानेनन् ।
Ɔbɔɔ Salomo kɔkɔ sɛ ɔnni anyame foforɔ akyi, nanso Salomo anni Awurade ahyɛdeɛ so.
11 त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु ।
Enti, Awurade ka kyerɛɛ Salomo sɛ, “Esiane sɛ woanni mʼapam so, na woapo me mmara enti, ampa ara, mɛte ahemman no afiri wo ho, na mede ama wʼasomfoɔ no mu baako.
12 तथापि तेरा पिता दाऊदको खातिर म तेरो जीवनकालमा यसो गर्दिनँ, तर तेरो छोरोको पालमा त्यसको हातबाट म यसलाई विभाजन गरिदिने छु ।
Nanso, ɛsiane wʼagya Dawid enti, merenyɛ saa ɛberɛ a wote ase. Mɛgye ahemman no afiri wo babarima nsam.
13 तापनि म सबै राज्य खोस्दिनँ । मेरा दास दाऊदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म एउटा कुल तेरो छोरोलाई दिने छु ।”
Ɛno mpo, mɛma wadi abusuakuo baako so, ɛsiane me ɔsomfoɔ Dawid ne kuropɔn Yerusalem a mayi asi hɔ no enti.”
14 तब परमप्रभुले सोलोमनको विरुद्धमा एदोमी हददलाई विरोधीको रूपमा उठाउनुभयो । तिनी एदोमको राजकीय घरानाका थिए ।
Na Awurade pagyaa Edomni Hadad a na ɔfiri Edom adehyebusua mu, sɛ ɔnyɛ ɔtamfoɔ ntia Salomo.
15 दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।
Mfeɛ bi a atwam no, Dawid ne Yoab a na ɔyɛ nʼakodɔm sahene no kɔɔ Edom kɔsiee Israelfoɔ bi a wɔtotɔɔ akono no. Ɛberɛ a wɔwɔ hɔ no, anka Israel akodɔm no reyɛ akunkum mmarima a wɔwɔ Edom nyinaa.
16 योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी र इस्राएल त्यहाँ छ महिनासम्म बसेका थिए ।
Yoab ne akodɔm no tenaa hɔ abosome nsia kunkumm wɔn.
17 तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो ।
Nanso, Hadad ne nʼagya adehyeɛ ntuanofoɔ no mu kakra dwaneeɛ. (Saa ɛberɛ no na Hadad yɛ abɔfra ketewa bi.)
18 तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए ।
Wɔdwane firii Midian kɔɔ Paran. Paran hɔ na ebinom kɔkaa wɔn ho. Afei, wɔkɔɔ Misraim, Farao nkyɛn, na ɔmaa wɔn baabi a wɔbɛtena, aduane ne asase.
19 हददले फारोको दृष्टिमा ठुलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए ।
Farao pɛɛ Hadad asɛm yie, na ɔmaa no ɔyere a na ɔyɛ ɔhemmaa Tapanhes nuabaa.
20 तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् । तिनीहरूले तिनलाई गनूबत नाम राखे । तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् । त्यसैले गनूबत फारोका छोराछोरीहरूका बिचमा राजदरबारमा हुर्किए ।
Ɔne no woo ɔbabarima a wɔtoo no edin Genubat, na wɔtetee no fraa Farao mmammarima mu wɔ Farao ahemfie.
21 तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए र सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने, “मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस् ।”
Ɛberɛ a Hadad tee wɔ Misraim sɛ Dawid ne ne sahene Yoab awuwu no, ɔka kyerɛɛ Farao sɛ, “Ma mensane nkɔ mʼankasa me ɔman mu.”
22 तब फारोले तिनलाई भने, “तर तिमीलाई यहाँ मसित केको अभाव छ र तिमी आफ्नै देशमा जान खोज्छौ?” हददले जवाफ दिए, “कुनै कुराको अभाव छैन । कृपया, मलाई जान दिनुहोस् ।”
Farao bisaa no sɛ, “Adɛn? Ɛdeɛn na ɛho hia wo wɔ ha? Ɛdeɛn ho na yɛadi wo hwammɔ a enti wopɛ sɛ wokɔ wo kurom?” Ɔbuaa sɛ, “Biribiara nkɔɔ bɔne, nanso kɔ ara na mepɛ sɛ mekɔ efie.”
23 परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए ।
Onyankopɔn pagyaa Eliada babarima Reson nso ma ɔbɛyɛɛ ɔtamfoɔ tiaa Salomo. Reson dwane firii ne wura ɔhene Hadadeser a ɔfiri Soba nkyɛn
24 दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे र तिनी सानो मोर्चाका सेनापति बनेका थिए । रेसोनका मानिसहरू दमस्कस गए, र त्यहीँ बसोबास गरे । यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए ।
bɛyɛɛ adɔnyɛfoɔ panin. Dawid dii Hadadeser so nkonim no, Reson ne ne mmarima dwane kɔɔ Damasko, kɔdii ɔhene wɔ hɔ.
25 तिनी सोलोमनको जीवनभर इस्राएलका शत्रु थिए, र हददले पुर्याउएको सङ्कष्टमा तिनले पनि साथ दिए । रेसोन इस्राएललाई घृणा गर्थे र तिनले अराममाथि शासन गरे ।
Reson bɛyɛɛ Israel ɔtamfoɔ kɛseɛ wɔ Salomo ahennie nkaeɛ no nyinaa mu; na ɔyɛɛ ɔteeteefoɔ sɛdeɛ Hadad yɛeɛ no. Reson kɔɔ so tanee Israel dendeenden, na ɔtoaa so dii ɔhene wɔ Aram.
26 तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए । तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए । तिनकी विधवा आमा सेरूआ थिइन् ।
Otuatefoɔ panin foforɔ bi nso ne Nebat babarima Yeroboam. Na ɔyɛ Salomo ankasa mpanimfoɔ no mu baako. Na ɔfiri kuro Sereda a ɛwɔ Efraim mu. Na wɔfrɛ ne maame Senua a ɔyɛ okunafoɔ.
27 तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए ।
Nʼatuateɛ no asekyerɛ nie: Na Salomo rekyekyere Milo, na ɔgu so resiesie nʼagya Dawid kuro no afasuo no,
28 यारोबाम एक शक्तिशाली मानिस थिए । तिनी मेहनती भएको देखेर सोलोमनले तिनलाई योसेफका घरानाका सारा बेगार काम गर्नेहरूमाथि तिनलाई नाइके तुल्याएका थिए ।
na Yeroboam yɛ nsiyɛfoɔ. Salomo hunuu no sɛ ɔyɛ ɔdeyɛfoɔ no, ɔde no tuaa adwumayɛfoɔ a wɔfiri Efraim ne Manase mmusuakuo mu no ano.
29 त्यस बेला यारोबाम यरूशलेममा जाँदा शीलोका अहियाह अगमवक्ताले तिनलाई बाटोमा भेटे । अहियाहले नयाँ खास्टो लगाएका थिए र मैदानमा दुई जना मानिस मात्र थिए ।
Ɛda bi a Yeroboam refiri Yerusalem no, ɔhyiaa odiyifoɔ Ahiya, Siloni, wɔ ɛkwan so a ɔhyɛ atadeɛ foforɔ. Na wɔn baanu nko na wɔwɔ wiram hɔ.
30 तब अहियाहले आफूले लगाएको नयाँ खास्टो निकाली त्यसलाई च्यातेर बाह्र टुक्रा बनाए ।
Ɛhɔ na Ahiya worɔɔ nʼatadeɛ foforɔ a na ɛhyɛ no no, tetee mu asinasini dumienu.
31 तिनले यारोबामलाई भने, “दसवटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु,
Na ɔka kyerɛɛ Yeroboam sɛ, “Fa asinasini yi mu edu, na sei na Awurade, Israel Onyankopɔn, reka: ‘Merebɛgye ahemman no afiri Salomo nsam, na mede mmusuakuo no mu edu bɛma wo.
32 (तर मेरा दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिने छु),
Na ɛsiane me ɔsomfoɔ Dawid ne Yerusalem a mayi afiri Israel mmusuakuo no nyinaa mu no enti, mɛgya no abusua baako.
33 किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको कमोश देवता र अम्मोनीहरूको मोलोख देवतालाई पुजा गरेका छन् । आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न र मेरा विधिविधानहरूसाथै मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन ।
Ɛfiri sɛ, Salomo agya me hɔ, akɔsom Astoret a ɔyɛ Sidonfoɔ nyamebaa ne Kemos a ɔyɛ Moabfoɔ nyame ne Amonfoɔ nyame Molek. Wamfa mʼakwan so anyɛ deɛ ɛsɔ mʼani. Wanni me mmara ne mʼahyɛdeɛ so te sɛ nʼagya Dawid.
34 तथापि म सोलोमनको हातबाट पुरै राज्य भने खोस्दिनँ । बरु, मेरा आज्ञाहरू र मेरा विधिविधानहरू पालन गर्ने मैले चुनेका मेरा दास दाऊदको खातिर मैले त्यसलाई त्यसको जीवनभर शासक बनाएको छु ।
“‘Nanso, merennye ahemman no nyinaa mfiri Salomo nsam saa ɛberɛ yi. Esiane me ɔsomfoɔ Dawid, deɛ meyii no no, na ɔtiee mʼahyɛdeɛ, dii me mmara so no enti, mɛma Salomo adi adeɛ mfeɛ a aka no wɔ ne nkwa mu.
35 तर म त्यसको छोरोको हातबाट राज्य खोसेर म दस कुललाई दिने छु ।
Na mɛgye ahemman no afiri ne babarima nsam, na mede mmusuakuo no mu edu ama wo.
36 म एउटा कुल सोलोमनको छोरोलाई दिने छु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस् ।
Ne babarima bɛnya abusuakuo baako, sɛdeɛ ɛbɛyɛ a, me ɔsomfoɔ Dawid asefoɔ bɛkɔ so adi ɔhene wɔ Yerusalem, kuro a mayi sɛ me din nna so no.
37 म तँलाई चाहिँ लिने छु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुने छस् ।
Na mede wo bɛsi Israel ahennwa no so, na wobɛdi adeɛ no sɛdeɛ wʼankasa wʼakoma pɛ.
38 मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु ।
Sɛ wotie asɛm a meka kyerɛ wo, na wonante mʼakwan mu, na woyɛ deɛ medwene sɛ ɛyɛ, na wotie me mmara, di mʼahyɛdeɛ so, sɛdeɛ me ɔsomfoɔ Dawid yɛeɛ no a, ɛnneɛ, daa mɛka wo ho. Mɛtim wo fie adedie ase, sɛdeɛ meyɛ maa Dawid no, na mede Israel bɛma wo.
39 म दाऊदका सन्तानहरूलाई दण्ड दिने छु, तर सदाको निम्ति भने होइन ।”
Nanso, ɛsiane Salomo bɔne a wayɛ enti, mɛtwe Dawid asefoɔ aso, nanso ɛrenyɛ afebɔɔ.’”
40 त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे ।
Salomo pɛɛ sɛ ɔkum Yeroboam, nanso ɔdwane kɔɔ Misraim, Misraimhene Sisak nkyɛn, kɔsii sɛ Salomo wuiɛ.
41 सोलोमनले गरेका अन्य कामहरू र तिनको बुद्धिको विषयमा के सोलोमनको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Na Salomo ahennie ho nsɛm nkaeɛ, deɛ ɔyɛeɛ ne ne nyansa no deɛ, wɔatwerɛ wɔ Salomo Ho Nsɛm Nwoma no mu.
42 सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे ।
Salomo dii ɔhene wɔ Yerusalem ne Israel nyinaa so mfirinhyia aduanan.
43 तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।
Ɛberɛ a Salomo wuiɛ no, wɔsiee no wɔ nʼagya Dawid kurom. Na ne babarima Rehoboam na ɔdii nʼadeɛ sɛ ɔhene foforɔ.