< १ यूहन्‍ना 4 >

1 प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन् ।
Omwasunika, kamutashomanga muntu uliyense lambangeti ukute mushimu wa Lesa, nsombi mwelela kubelesha kwambeti mubone na nicakubinga eti bakute mushimu weshikufuma kuli Lesa. Mwelela kwinseco pakwinga bashinshimi bandemishibili balamwaiki kuli konse.
2 यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौः येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरको हो ।
Ngamwinshiba mushimu wa Lesa munshila iyi; Uliyense lasumininga kwambeti Yesu Klistu walesa mubuntu, wopeloyo elafumunga kuli Lesa.
3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरको होइन । यो ख्रीष्‍ट विरोधी आत्मा हो, जुन तिमीहरूले संसारमा आउँदै छ भनी सुनेका छौ, र त्यो संसारमा अगिदेखि नै छ ।
Nsombi uliyense lakananga Yesu, wopeloyo nkakute kufuma kuli Lesa. mwalanyumfweti lakesanga, neco mwali kendi mucishi.
4 मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
Nsombi amwe mobana bame mulabakomo kendi bashinshimi bandemi shibili kayi mobana ba Lesa. Pakwinga mushimu uli mulinjamwe ukute ngofu kupita uyo uli muli abo basuni bya pacishi capanshi.
5 ती आत्माहरू संसारका हुन्, यसकारण, तिनीहरूले भनेका कुराहरू संसारकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ ।
Bashinshimi bandemi shibili bakute kwamba bintu byapacishi capanshi, naco cishi cikute kubanyumfwila, pakwinga nibapacishi capanshi
6 हामी परमेश्‍वरका हौँ । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।
Nsombi afwe tobantu bakendi Lesa, neco uliyense wabula kuba wa Lesa nkela kutukutikila sobwe. Encotukute kwishiba mushimu walulama ne mushimu waipa.
7 प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्‍वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ ।
Omwasunika, katusunananga pakwinga lusuno lukute kufuma kuli Lesa. Uliyense uyo ukute lusuno, nimwana mwana wa Lesa, kayi umwinshi Lesa.
8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ ।
Uliyense wabula lusuno nkamwinshipo Lesa, pakwinga Lesa ni lusuno.
9 यसैमा परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्‍वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ ।
Pakwinga Lesa walalesha lusuno lwakendi palinjafwe mpwalatuma mwanendi kwisa mucishi capanshi kwambeti tube ne buyumi kupitila muli endiye.
10 यसैमा उहाँको प्रेम छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुन उहाँका पुत्र पठाउनुभयो ।
Lino lusuno lwine lwine ni ulu, nsombi Lesa ewalatusuna afwe, kayi walatuma mwanendi kwambeti abe cipo cakulekelela kwa bwipishi bwetu.
11 प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
Omwasunika na Lesa walatusuna, nenjafwe twelela kusunana.
12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।
Kuliyawa walamubona Lesa, nsombi afwe twasunananga Lesa ukute kwikala muli njafwe, kayi lusuno lwakendi lulashimpi mulinjafwe.
13 यसैद्वारा हामी जान्दछौँ, कि हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको छ ।
Tucinshi kwambeti tukute kwikala muli Lesa kayi nendi ukute kwikala muli njafwe pakwinga walatupa Mushimu Uswepa.
14 अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्‍तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
Afwe tulabono kayi tobakamboni ba makani akwambeti Bata balatuma Mwana wakendi kwambeti abe mupulushi wa bantu ba pacishi capanshi conse.
15 जसले येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्‍वरमा रहन्छ ।
Uliyense lasuminga kwambeti Yesu ni Mwana Lesa, ukute kwikala muli Lesa kayi Lesa ukute kwikala muli endiye.
16 अनि हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्‍वास गरेका छौँ । परमेश्‍वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ ।
Neco afwe tucinshi kayi twashoma kwambeti Lesa utusuni. Lesa elusuno kayi muntu ukute buyumi bwa lusuno uli muli Lesa, Kayi Lesa ukute kwikala muli endiye.
17 न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।
Lusuno lulakulu mulinjafwe kayi buyumi bwetu mucishi capanshi bulyeti bwa Klistu, kayi myoyo ilayumu kwambeti ngatukumana ne busuba bwakombolosha.
18 प्रेममा कुनै डर हुँदैन । तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।
Muntu ukute lusuno liyawa buyowa, pakwinga lusuno lwashimpa lukute kupwisha buyowa. Neco lusuno nkalwashimpa mu muntu uliyense ukute buyowa, latininga cisubulo.
19 हामी प्रेम गर्दछौँ, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।
Tukute kusuna Lesa pakwinga ewalatanguna kutusuna.
20 कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झुटो हो, किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन ।
Na muntu wambeti ndimusuni Lesa nsombi nkatasuni mukwabo ekwambeti labepenga, pakwinga muntu utasuni mukwabo ngwalabononga nkela kusuna Lesa uyo ngwatana abonapo.
21 अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।
Mulawo ngwalatupa niwakwambeti layandanga kusuna Lesa asune mukwabo.

< १ यूहन्‍ना 4 >