< १ यूहन्ना 3 >
1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।
पश्यत वयम् ईश्वरस्य सन्ताना इति नाम्नाख्यामहे, एतेन पितास्मभ्यं कीदृक् महाप्रेम प्रदत्तवान्, किन्तु संसारस्तं नाजानात् तत्कारणादस्मान् अपि न जानाति।
2 प्रिय हो, अब हामी परमेश्वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्यस्तै हामी उहाँलाई देख्नेछौँ ।
हे प्रियतमाः, इदानीं वयम् ईश्वरस्य सन्ताना आस्महे पश्चात् किं भविष्यामस्तद् अद्याप्यप्रकाशितं किन्तु प्रकाशं गते वयं तस्य सदृशा भविष्यामि इति जानीमः, यतः स यादृशो ऽस्ति तादृशो ऽस्माभिर्दर्शिष्यते।
3 उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।
तस्मिन् एषा प्रत्याशा यस्य कस्यचिद् भवति स स्वं तथा पवित्रं करोति यथा स पवित्रो ऽस्ति।
4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।
यः कश्चित् पापम् आचरति स व्यवस्थालङ्घनं करोति यतः पापमेव व्यवस्थालङ्घनं।
5 पापहरू हटाई लानलाई नै ख्रीष्ट प्रकट हुनुभयो भन्ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।
अपरं सो ऽस्माकं पापान्यपहर्त्तुं प्राकाशतैतद् यूयं जानीथ, पापञ्च तस्मिन् न विद्यते।
6 उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।
यः कश्चित् तस्मिन् तिष्ठति स पापाचारं न करोति यः कश्चित् पापाचारं करोति स तं न दृष्टवान् न वावगतवान्।
7 प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो ।
हे प्रियबालकाः, कश्चिद् युष्माकं भ्रमं न जनयेत्, यः कश्चिद् धर्म्माचारं करोति स तादृग् धार्म्मिको भवति यादृक् स धाम्मिको ऽस्ति।
8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्ट गर्नुभएको होस् ।
यः पापाचारं करोति स शयतानात् जातो यतः शयतान आदितः पापाचारी शयतानस्य कर्म्मणां लोपार्थमेवेश्वरस्य पुत्रः प्राकाशत।
9 जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्वरबाट जन्मेको हो ।
यः कश्चिद् ईश्वरात् जातः स पापाचारं न करोति यतस्तस्य वीर्य्यं तस्मिन् तिष्ठति पापाचारं कर्त्तुञ्च न शक्नोति यतः स ईश्वरात् जातः।
10 यसैमा परमेश्वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
इत्यनेनेश्वरस्य सन्तानाः शयतानस्य च सन्ताना व्यक्ता भवन्ति। यः कश्चिद् धर्म्माचारं न करोति स ईश्वरात् जातो नहि यश्च स्वभ्रातरि न प्रीयते सो ऽपीश्वरात् जातो नहि।
11 तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
यतस्तस्य य आदेश आदितो युष्माभिः श्रुतः स एष एव यद् अस्माभिः परस्परं प्रेम कर्त्तव्यं।
12 कयिनजस्तो होइन जो दुष्टको थियो र त्यसले आफ्नो भाइलाई मार्यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका कामहरू दुष्ट थिए र उसको भाइका काम धार्मिक थिए ।
पापात्मतो जातो यः काबिल् स्वभ्रातरं हतवान् तत्सदृशैरस्माभि र्न भवितव्यं। स कस्मात् कारणात् तं हतवान्? तस्य कर्म्माणि दुष्टानि तद्भ्रातुश्च कर्म्माणि धर्म्माण्यासन् इति कारणात्।
13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान ।
हे मम भ्रातरः, संसारो यदि युष्मान् द्वेष्टि तर्हि तद् आश्चर्य्यं न मन्यध्वं।
14 हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।
वयं मृत्युम् उत्तीर्य्य जीवनं प्राप्तवन्तस्तद् भ्रातृषु प्रेमकरणात् जानीमः। भ्रातरि यो न प्रीयते स मृत्यौ तिष्ठति।
15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । (aiōnios )
यः कश्चित् स्वभ्रातरं द्वेष्टि सं नरघाती किञ्चानन्तजीवनं नरघातिनः कस्याप्यन्तरे नावतिष्ठते तद् यूयं जानीथ। (aiōnios )
16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।
अस्माकं कृते स स्वप्राणांस्त्यक्तवान् इत्यनेन वयं प्रेम्नस्तत्त्वम् अवगताः, अपरं भ्रातृणां कृते ऽस्माभिरपि प्राणास्त्यक्तव्याः।
17 तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्वरको प्रेम त्यसमा रहन्छ?
सांसारिकजीविकाप्राप्तो यो जनः स्वभ्रातरं दीनं दृष्ट्वा तस्मात् स्वीयदयां रुणद्धि तस्यान्तर ईश्वरस्य प्रेम कथं तिष्ठेत्?
18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
हे मम प्रियबालकाः, वाक्येन जिह्वया वास्माभिः प्रेम न कर्त्तव्यं किन्तु कार्य्येण सत्यतया चैव।
19 यसैद्वारा हामी सत्यका हौँ भन्ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्ने निश्चय गर्छौं ।
एतेन वयं यत् सत्यमतसम्बन्धीयास्तत् जानीमस्तस्य साक्षात् स्वान्तःकरणानि सान्त्वयितुं शक्ष्यामश्च।
20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्नुहुन्छ ।
यतो ऽस्मदन्तःकरणं यद्यस्मान् दूषयति तर्ह्यस्मदन्तः करणाद् ईश्वरो महान् सर्व्वज्ञश्च।
21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्वरप्रति दृढ छौँ ।
हे प्रियतमाः, अस्मदन्तःकरणं यद्यस्मान् न दूषयति तर्हि वयम् ईश्वरस्य साक्षात् प्रतिभान्विता भवामः।
22 अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा असल हुने थोकहरू गर्छौं ।
यच्च प्रार्थयामहे तत् तस्मात् प्राप्नुमः, यतो वयं तस्याज्ञाः पालयामस्तस्य साक्षात् तुष्टिजनकम् आचारं कुर्म्मश्च।
23 अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।
अपरं तस्येयमाज्ञा यद् वयं पुत्रस्य यीशुख्रीष्टस्य नाम्नि विश्वसिमस्तस्याज्ञानुसारेण च परस्परं प्रेम कुर्म्मः।
24 जसले परमेश्वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।
यश्च तस्याज्ञाः पालयति स तस्मिन् तिष्ठति तस्मिन् सोऽपि तिष्ठति; स चास्मान् यम् आत्मानं दत्तवान् तस्मात् सो ऽस्मासु तिष्ठतीति जानीमः।