< १ यूहन्ना 1 >
1 सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्
Шта беше испочетка, шта чусмо, шта видесмо очима својим, шта размотрисмо и руке наше опипаше, о речи живота:
2 (अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो); (aiōnios )
И живот се јави, и видесмо, и сведочимо, и јављамо вам живот вечни, који беше у Оца, и јави се нама; (aiōnios )
3 जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग हुन्छ ।
Шта видесмо и чусмо то јављамо вама да и ви с нама имате заједницу; а наша је заједница с Оцем и са Сином Његовим Исусом Христом.
4 र तिमीहरूको आनन्द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ ।
И ово вам пишемо да радост ваша буде испуњена.
5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन ।
И ово је обећање које чусмо од Њега и јављамо вама, да је Бог видело, и таме у Њему нема никакве.
6 हामीले उहाँसँग सगङ्ति गर्छौं भनी भन्छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ ।
Ако кажемо да имамо заједницу с Њим а у тами ходимо, лажемо и не творимо истине.
7 तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
Ако ли у виделу ходимо, као што је Он сам у виделу, имамо заједницу један с другим, и крв Исуса Христа, Сина Његовог, очишћава нас од сваког греха.
8 यदि हामीले हामीसँग पाप छैन भन्छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।
Ако кажемо да греха немамо, себе варамо, и истине нема у нама.
9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।
Ако признајемо грехе своје, веран је и праведан да нам опрости грехе наше, и очисти нас од сваке неправде.
10 यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।
Ако кажемо да не сагрешисмо, градимо Га лажом, и реч Његова није у нама.