< १ यूहन्ना 1 >
1 सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्
Chelo chakibile tangu mwanzo-chelo chatukiyowine, chelo tukibweni kwa minyo yitu, chelo chatukilolekeya, na maboko yitu iyomwike-kuhusu neno lya ukoto.
2 (अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो); (aiōnios )
Na wolo ukoto upangite kutangika wazi, na tuubweni, na kuushuhudia, na kubatangulizia ukoto wa milele, ambao ubile kwa Tate na upangika kuyowanika kwitu. (aiōnios )
3 जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग हुन्छ ।
Chelo chatukibweni na kukipekania twakitangaza kwinu kae, ili panga muweze kwembana pamope natwee, na ushirika witu pamope na Tate na mwana wake Yesu Kristo.
4 र तिमीहरूको आनन्द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ ।
Na twabaandikia makowe aga ili panga puraha yitu ibe timilifu.
5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन ।
Awoo nga ujumbe twatiupekania boka kwake na kubatangazia: Nnongo ni bweya na nkati yake ntopo libendo hata nchunu.
6 हामीले उहाँसँग सगङ्ति गर्छौं भनी भन्छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ ।
Mana twabaya panga tubile na ushirika niywembe na twatyanga mulibendo, twalongela ubocho na twapanga kwaa ukweli.
7 तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
Lakini twatyanga katika bweya mana ibile katika bweya, twashirikiana twenga kwa twenga, na myai ya Yesu Kristo, mwana wake yatitutakasa boka sambi yote.
8 यदि हामीले हामीसँग पाप छैन भन्छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।
Mana twabaya ntopo sambi, twaibocholea twabene, na kweli ibile kwaa nkati yitu.
9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।
Lakini tukizitubu sambi zetu, ywembe ni mwaminifu na haki kutusamiya sambi yitu na kututakasa na ubou woti.
10 यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।
Tukibaya panga twapanga kwaa sambi, twampanga ywembe kuwa mbocho, na neno lyake libile kwaa nkati yake.