< १ कोरिन्थी 1 >
1 परमेश्वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
Bulus, kirayayye daga Almsihu Yesu don zama manzo ta wurin nufin Allah, da dan'uwanmu Sastanisu,
2 कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, ख्रीष्ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
zuwa ga Ikilisiyar Allah da ke korinti, zuwa ga wadanda aka kebe su cikin Almasihu Yesu, wadanda aka kira domin su zama al'umma maitsarki. Muna kuma rubuta wa dukan masu kira bisa sunan Ubangijinmu Yesu Almasihu a ko'ina, wato Ubangijinsu da Ubangijinmu kuma.
3 हाम्रा परमेश्वर पिता र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
Bari alheri da salama su zo gare ku daga Allah Ubanmu da Ubangiji Yesu Almasihu.
4 ख्रीष्ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्वरको अनुग्रहको निम्ति म परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु ।
Kodayaushe ina gode wa Allahna domin ku, saboda alherin Allah da Almasihu Yesu ya yi maku.
5 उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ ।
Ya ba ku arziki ta kowace hanya, cikin dukkan magana da dukkan ilimi.
6 ख्रीष्टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्टि भएको छ,
Kamar yadda shaida game da Almasihu ta tabbata gaskiya a tsakaninku.
7 ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।
Saboda haka baku rasa wata baiwa ta ruhaniya ba yayinda kuke marmarin jiran bayyanuwar Ubangijinmu Yesu Almasihu.
8 तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा निर्दोष हुन सक भन्ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्नुहुनेछ ।
Zai kuma karfafa ku zuwa karshe, saboda ku zama marasa aibi a ranar Ubangijinmu Yesu Almasihu.
9 परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
Allah mai aminci ne shi wanda ya kira ku zuwa zumunta ta Dansa, Yesu Almasihu Ubangijimu.
10 अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।
Ina rokon ku, yan'uwa, cikin sunan Ubangijinmu Yesu Almasihu, ku yarda da juna, kada tsattsaguwa ta kasance tsakanin ku. Ina rokon ku ku zama da zuciya daya da kuma nufi daya.
11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।
Gama mutanen gidan Kulowi sun kawo kara cewa akwai tsattsaguwa a cikin ku.
12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ ।
Ina nufin: kowannen ku na cewa, “Ina bayan Bulus,” ko “Ina bayan Afollos,” ko “Ina bayan Kefas,” ko “Ina bayan Almasihu.”
13 के ख्रीष्ट बाँडिनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र? के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ र?
Almasihu a rarrabe yake? An gicciye Bulus domin ku? Ko an yi maku baftisma a cikin sunan Bulus?
14 म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्तिस्मा दिइनँ ।
Na godewa Allah domin ban yi wa wanin ku baftisma ba, sai dai Kirisfus da Gayus.
15 तिमीहरूले मेरो नाउँमा बप्तिस्मा लियौ भनी कसैले भन्न सक्दैन ।
Na yi wannan saboda kada wani ya ce an yi maku baftisma a cikin sunana.
16 (मैले स्तिफनसको परिवारलाई पनि बप्तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्तिलाई मैले बप्तिस्मा दिएको मलाई सम्झना छैन ।)
(Na kuma yi wa iyalin gidan Sitifanas baftisma. Banda haka, ban sani ko na yi wa wani baftisma ba.)
17 किनकि येशूले मलाई बप्तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । ख्रीष्टको क्रुस शक्तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन ।
Gama Almasihu bai aiko ni domin yin baftisma ba, amma domin yin wa'azin bishara. Bai aiko ni domin in yi wa'azi da kalmomin hikimar mutum ba, saboda kada giciyen Almasihu ya rasa ikonsa.
18 किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो ।
Gama wa'azin gicciye wauta ne ga wadanda su ke mutuwa. Amma cikin wadanda Allah ke ceto, ikon Allah ne.
19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
Gama a rubuce yake, “Zan watsar da hikimar masu hikima. Zan dode fahimtar masu basira.”
20 बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र? (aiōn )
Ina mai hikima? Ina masani? Ina mai muhawara na duniyan nan? Allah bai juya hikimar duniya zuwa wauta ba? (aiōn )
21 संसारले आफ्नो बुद्धिले परमेश्वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्न नसकेको हुनाले विश्वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्वरलाई उचित लाग्यो ।
Tunda duniya cikin hikimarta bata san Allah ba, ya gamshi Allah ta wurin wautar wa'azi ya ceci masu bada gaskiya.
22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।
Gama Yahudawa suna bidar al'ajibai, Helinawa kuma suna neman hikima.
23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
Amma muna wa'azin Almasihu gicciyayye, dutsen tuntube ga yahudawa da kuma wauta ga Helinawa.
24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्टलाई परमेश्वरको शक्ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।
Amma ga wadanda Allah ya kira, Yahudawa da Helinawa, muna wa'azin Almasihu a matsayin iko da kuma hikimar Allah.
25 किनकि परमेश्वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्वरको दुर्बलता मानिसभन्दा शक्तिशाली छ ।
Gama wautar Allah tafi mutane hikima, kuma rashin karfin Allah yafi mutane karfi.
26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन ।
Dubi kiranku, yan'uwa. Ba dukkan ku ke da hikima a ma'aunin mutane ba. Ba dukkan ku ke da iko ba. Ba dukkan ku ke da haifuwa ta sarauta ba.
27 तर परमेश्वरले बुद्धिमान्हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्वरले दुर्बल कुरालाई छान्नुभयो ।
Amma Allah ya zabi abubuwan da suke wofi na duniya domin ya kunyatar da masu hikima. Allah ya zabi abin da ke marar karfi a duniya domin ya kunyatar da abinda ke mai karfi.
28 परमेश्वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्नुभयो ।
Allah ya zabi abinda ke marar daraja da kuma renanne a duniya. Ya ma zabi abubuwan da ake dauka ba komai ba, domin ya wofinta abubuwan da ake dauka masu daraja.
29 उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।
Ya yi wannan ne domin kada wani ya sami dalilin fahariya a gabansa.
30 परमेश्वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्टमा छौ, जो हाम्रा निम्ति परमेश्वरबाट आउनुभएका बुद्धि बन्नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्नुभयो ।
Domin abinda Allah ya yi, yanzu kuna cikin Almasihu Yesu, wanda ya zamar mana hikima daga Allah. Ya zama adalcinmu, da tsarkinmu da fansarmu.
31 यसैले धर्मशास्त्र भन्दछ, “गर्व गर्नेले परमेश्वरमा नै गर्व गरोस् ।”
A sakamakon haka, kamar yadda nassi ya ce, “Bari mai yin fahariya, ya yi fahariya cikin Ubangiji.”