< १ कोरिन्थी 1 >

1 परमेश्‍वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
Pavao, po Božjoj volji pozvan za apostola Krista Isusa, i brat Sosten
2 कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
Crkvi Božjoj u Korintu - posvećenima u Kristu Isusu, pozvanicima, svetima, sa svima što na bilo kojemu mjestu prizivlju ime Isusa Krista, Gospodina našega, njihova i našega.
3 हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
Milost vam i mir od Boga, Oca našega, i Gospodina Isusa Krista!
4 ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु ।
Zahvaljujem Bogu svojemu svagda za vas zbog milosti Božje koja vam je dana u Kristu Isusu:
5 उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ ।
u njemu se obogatiste u svemu - u svakoj riječi i svakom spoznanju.
6 ख्रीष्‍टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ,
Kako li se svjedočanstvo o Kristu utvrdilo u vama
7 ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।
te ne oskudijevate ni na jednom daru čekajući Objavljenje Gospodina našega Isusa Krista!
8 तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्‍नुहुनेछ ।
On će vas učiniti i postojanima do kraja, besprigovornima u Dan Gospodina našega Isusa Krista.
9 परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
Vjeran je Bog koji vas pozva u zajedništvo Sina svojega Isusa Krista, Gospodina našega.
10 अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।
Zaklinjem vas, braćo, imenom Gospodina našega Isusa Krista: svi budite iste misli; neka ne bude među vama razdora, nego budite savršeno istog osjećanja i istog mišljenja.
11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।
Jer Klojini mi, braćo moja, o vama rekoše da među vama ima svađa.
12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ ।
Mislim to što svaki od vas govori: “Ja sam Pavlov”, “A ja Apolonov”, “A ja Kefin”, “A ja Kristov”.
13 के ख्रीष्‍ट बाँडिनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र?
Zar je Krist razdijeljen? Zar je Pavao raspet za vas? Ili ste u Pavlovo ime kršteni?
14 म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ ।
Hvala Bogu što ne krstih nikoga od vas, osim Krispa i Gaja;
15 तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैन ।
da ne bi tko rekao da ste u moje ime kršteni.
16 (मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन ।)
A da, krstih i Stefanin dom. Inače ne znam krstih li koga drugoga.
17 किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । ख्रीष्‍टको क्रुस शक्‍तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन ।
Jer ne posla me Krist krstiti, nego navješćivati evanđelje, i to ne mudrošću besjede, da se ne obeskrijepi križ Kristov.
18 किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो ।
Uistinu, besjeda o križu ludost je onima koji propadaju, a nama spašenicima sila je Božja.
19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
Ta pisano je: Upropastit ću mudrost mudrih, i odbacit ću umnost umnih.
20 बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र? (aiōn g165)
Gdje je mudrac? Gdje je književnik? Gdje je istraživač ovoga svijeta? Zar ne izludi Bog mudrost svijeta? (aiōn g165)
21 संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।
Doista, kad svijet u mudrosti Božjoj Boga ne upozna mudrošću, svidjelo se Bogu ludošću propovijedanja spasiti vjernike.
22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।
Jer i Židovi znake ištu i Grci mudrost traže,
23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
a mi propovijedamo Krista raspetoga: Židovima sablazan, poganima ludost,
24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।
pozvanima pak - i Židovima i Grcima - Krista, Božju snagu i Božju mudrost.
25 किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ ।
Jer ludo Božje mudrije je od ljudi i slabo Božje jače je od ljudi.
26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन ।
Ta gledajte, braćo, sebe, pozvane: nema mnogo mudrih po tijelu, nema mnogo snažnih, nema mnogo plemenitih.
27 तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।
Nego lude svijeta izabra Bog da posrami mudre, i slabe svijeta izabra Bog da posrami jake;
28 परमेश्‍वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो ।
i neplemenite svijeta i prezrene izabra Bog, i ono što nije, da uništi ono što jest,
29 उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।
da se nijedan smrtnik ne bi hvalio pred Bogom.
30 परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।
Od njega je da vi jeste u Kristu Isusu, koji nama posta mudrost od Boga, i pravednost, i posvećenje, i otkupljenje,
31 यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले परमेश्‍वरमा नै गर्व गरोस् ।”
da bude kako je pisano: Tko se hvali, u Gospodu neka se hvali.

< १ कोरिन्थी 1 >