< १ कोरिन्थी 8 >

1 मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्‍नति गराउँछ ।
A o rzeczach, które bałwanom ofiarowane bywają, wiemy, iż wszyscy umiejętność mamy. Umiejętność nadyma, ale miłość buduje.
2 यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन ।
A jeźli kto mniema, żeby co umiał, jeszcze nic nie umie, tak jakoby miał umieć;
3 तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।
Lecz jeźli kto miłuje Boga, ten jest wyuczony od niego.
4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ।
A przetoż o pokarmach, które bywają bałwanom ofiarowane, wiemy, iż bałwan na świecie nic nie jest, a iż nie masz żadnego inszego Boga, tylko jeden.
5 धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू होलान् ।
Bo choć są, którzy bogami nazywani bywają i na niebie, i na ziemi: (jakoż jest wiele bogów i wiele panów.)
6 तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
Ale my mamy jednego Boga Ojca, z którego wszystko, a my w nim; i jednego Pana Jezusa Chrystusa, przez którego wszystko, a my przezeń.
7 तापनि यो ज्ञान सबैमा हुँदैन । कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्‍ट भएको छ ।
Ale nie we wszystkich jest ta umiejętność; albowiem niektórzy sumienie mając dla bałwana aż dotąd, jedzą jako rzecz bałwanom ofiarowaną, a sumienie ich będąc mdłe, pokalane bywa.
8 तर खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा बढी असल हुँदैनौँ र नखाँदैमा बढी खराब पनि हुँदैनौँ ।
Aleć nas pokarm nie zaleca Bogu; bo choćbyśmy jedli, nic nam nie przybywa; a choćbyśmy i nie jedli, nic nam nie ubywa.
9 तर होसियार होओ । तिम्रो स्वतन्‍त्रता कमजोर विश्‍वास भएकाहरूलाई ठेसको कारण नबनोस् ।
Jednak baczcie, aby snać ta wolność wasza nie była mdłym ku zgorszeniu.
10 मानौँ, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला?
Albowiem jeźliby kto ujrzał cię, który masz umiejętność, w bałwochwalni siedzącego, azaż sumienie onego, który jest mdły, nie będzie pobudzone ku jedzeniu rzeczy bałwanom ofiarowanych?
11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो ।
I zginie dla onej twojej umiejętności brat mdły, za którego Chrystus umarł.
12 त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ ।
A grzesząc tak przeciwko braciom i mdłe ich sumienie obrażając, grzeszycie przeciwko Chrystusowi.
13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ । (aiōn g165)
Przeto, jeźli pokarm gorszy brata mego, nie będę jadł mięsa na wieki, abym brata mego nie zgorszył. (aiōn g165)

< १ कोरिन्थी 8 >