< १ कोरिन्थी 8 >
1 मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्नति गराउँछ ।
Now concerning those things that are sacrificed to idols, we know that we all have knowledge. Knowledge puffeth up; but charity edifieth.
2 यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्तिले जति जान्नुपर्ने हो त्यति जानेको हुँदैन ।
And if any man think that he knoweth any thing, he hath not yet known as he ought to know.
3 तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने त्यो व्यक्ति उहाँद्वारा चिनिएको हुन्छ ।
But if any any love God, the same is known by him.
4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्वर अस्तित्वमा हुनुहुन्छ ।
But as for the meats that are sacrificed to idols, we know that an idol is nothing in the world, and that there is no God but one.
5 धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्वीमा नाम मात्रका देवताहरू होलान् ।
For although there be that are called gods, either in heaven or on earth (for there be gods many, and lords many).
6 तर हाम्रा निम्ति “परमेश्वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
Yet to us there is but one God, the Father, of whom are all things, and we unto him; and one Lord Jesus Christ, by whom are all things, and we by him.
7 तापनि यो ज्ञान सबैमा हुँदैन । कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्ट भएको छ ।
But there is not knowledge in every one. For some until this present, with conscience of the idol: eat as a thing sacrificed to an idol, and their conscience, being weak, is defiled.
8 तर खानेकुराले हामीलाई परमेश्वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा बढी असल हुँदैनौँ र नखाँदैमा बढी खराब पनि हुँदैनौँ ।
But meat doth not commend us to God. For neither, if we eat, shall we have the more; nor, if we eat not, shall we have the less.
9 तर होसियार होओ । तिम्रो स्वतन्त्रता कमजोर विश्वास भएकाहरूलाई ठेसको कारण नबनोस् ।
But take heed lest perhaps this your liberty become a stumblingblock to the weak.
10 मानौँ, जो कोही ज्ञान भएको व्यक्तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला?
For if a man see him that hath knowledge sit at meat in the idol’s temple, shall not his conscience, being weak, be emboldened to eat those things which are sacrificed to idols?
11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो ।
And through thy knowledge shall the weak brother perish, for whom Christ hath died?
12 त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्याउँछौ, तिमीले ख्रीष्टको विरुद्धमा पाप गर्छौ ।
Now when you sin thus against the brethren, and wound their weak conscience, you sin against Christ.
13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ । (aiōn )
Wherefore, if meat scandalize my brother, I will never eat flesh, lest I should scandalize my brother. (aiōn )