< १ कोरिन्थी 7 >
1 अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्नुपर्दा पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो ।
Sada o onome što ste mi pisali. Dobro je čovjeku ne dotaći ženu.
2 तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्नी होस् र हरेक स्त्रीको आफ्नै पति होस् ।
Ipak, zbog bludnosti, neka svaki ima svoju ženu i svaka neka ima svoga muža.
3 पतिले पत्नीलाई उसको वैवाहिक हक देओस् र त्यसरी नै पत्नीले पनि आफ्नो पतिलाई ।
Muž neka vrši dužnost prema ženi, a tako i žena prema mužu.
4 आफ्नो शरीरमाथि पत्नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्नीको भने हुन्छ ।
Žena nije gospodar svoga tijela, nego muž, a tako ni muž nije gospodar svoga tijela, nego žena.
5 पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस् ।
Ne uskraćujte se jedno drugome, osim po dogovoru, povremeno, da se posvetite molitvi pa se opet združite da vas Sotona ne bi napastovao zbog vaše neizdržljivosti.
6 म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु ।
Ali to velim kao dopuštenje, ne kao zapovijed.
7 सबै जना मजस्तै भएको म इच्छा गर्दछु । तर हरेकले परमेश्वरबाट आ-आफ्नो वरदान पाएको छ । एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ ।
A htio bih da svi ljudi budu kao i ja; ali svatko ima svoj dar od Boga, ovaj ovako, onaj onako.
8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।
Neoženjenima pak i udovicama velim: dobro im je ako ostanu kao i ja.
9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।
Ako li se ne mogu uzdržati, neka se žene, udaju. Jer bolje je ženiti se negoli izgarati.
10 अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः
A oženjenima zapovijedam, ne ja, nego Gospodin: žena neka se od muža ne rastavlja -
11 तर यदि तिनी आफ्नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुहुदैन ।”
ako se ipak rastavi, neka ostane neudana ili neka se s mužem pomiri - i muž neka ne otpušta žene.
12 तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्वासी पत्नी छ र तिनी ऊसँग बस्नलाई सन्तुष्ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् ।
Ostalima pak velim - ja, ne Gospodin: ima li koji brat ženu nevjernicu i ona privoli stanovati s njime, neka je ne otpušta.
13 यदि पत्नीसँग अविश्वासी पति छ भने र ऊ तिनीसँग सन्तुष्ट छ भने, तिनले ऊसँग सम्बन्ध विच्छेद नगरुन् ।
I žena koja ima muža nevjernika te on privoli stanovati s njome, neka ne otpušta muža.
14 किनकि अविश्वासी पति पत्नीद्वारा पवित्र ठहरिन्छ र अविश्वासी पत्नी विश्वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।
Ta muž nevjernik posvećen je ženom i žena nevjernica posvećena je bratom. Inače bi djeca vaša bila nečista, a ovako - sveta su.
15 तर यदि अविश्वासी जीवन साथी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन । परमेश्वरले हामीलाई शान्तिमा बस्न बोलाउनुभएको छ ।
Ako li se nevjernik hoće rastaviti, neka se rastavi; brat ili sestra u takvim prilikama nisu vezani: ta na mir nas je pozvao Bog.
16 स्त्री हो, तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
Jer što znaš, ženo, hoćeš li spasiti muža? Ili što znaš, mužu, hoćeš li spasiti ženu?
17 प्रभुले खटाएबमोजिम र परमेश्वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस्, । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो ।
U drugome svatko neka živi kako mu je Gospodin dodijelio, kako ga je Bog pozvao. Tako određujem po svim crkvama.
18 के विश्वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो? उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्वासको निम्ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? उसले खतना नगरोस् ।
Je li tko pozvan kao obrezan, neka ne prepravlja obrezanja. Ako je pozvan kao neobrezan, neka se ne obrezuje.
19 न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्वरका आज्ञाहरू पालन गर्नु नै हो ।
Obrezanje nije ništa i neobrezanje nije ništa, nego - držanje Božjih zapovijedi.
20 परमेश्वरले बोलाउनुहुँदा कुनै व्यक्ति जस्तो अवस्थामा थियो, हरेक त्यही बोलावटमा रहोस् ।
Svatko neka ostane u onom zvanju u koje je pozvan.
21 के परमेश्वरले बोलाउनुहुँदा तिमीहरू कमारा थियौ? यसको बारेमा तिमी फिक्री नगर । तर तिमीहरू स्वतन्त्र हुन सक्छौ भने यसको फाइदा उठाओ ।
Jesi li pozvan kao rob? Ne brini! Nego, ako i možeš postati slobodan, radije se okoristi.
22 किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको छ भने ऊ प्रभुको स्वतन्त्र मानिस हो । यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्त्र थियो भने ऊ ख्रीष्टको दास हो ।
Jer tko je u Gospodinu pozvan kao rob, slobodnjak je Gospodnji. Tako i tko je pozvan kao slobodnjak, rob je Kristov.
23 तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको दास नबन ।
Otkupninom ste kupljeni: ne budite robovi ljudima.
24 भाइहरू हो, हामीलाई विश्वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौँ, हामी त्यही अवस्थमा रहौँ ।
Svatko u čemu je pozvan, braćo, u tome neka i ostane pred Bogom.
25 अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्वासयोग्य ठहरिएको व्यक्तिको रूपमा म मेरो राय दिन्छु ।
O djevicama nemam zapovijedi, nego dajem savjet kao čovjek po milosrđu Gospodnjem vrijedan povjerenja.
26 त्यसकारण, आउन लागेको सङ्कष्टको कारणले गर्दा जुन व्यक्ति जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्नु असल हुन्छ ।
Smatram dakle: dobro je to zbog sadašnje nevolje, dobro je čovjeku tako biti.
27 के तिमी कुनै स्त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट स्वतन्त्र हुन नखोज । के तिमी अविवाहित छौ? पत्नीको खोजी नगर ।
Jesi li vezan za ženu? Ne traži rastave. Jesi li slobodan od žene? Ne traži žene.
28 तर तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गर्दैनौ । कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्ट भोग्नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।
Ali ako se i oženiš, nisi sagriješio; i djevica ako se uda, nije sagriješila. Ali takvi će imati tjelesnu nevolju, a ja bih vas rado poštedio.
29 तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ । अब उप्रान्त पत्नी हुनेहरू पत्नी नभएजस्तो गरी जिऊन् ।
Ovo hoću reći, braćo: Vrijeme je kratko. Odsele i koji imaju žene, neka budu kao da ih nemaju;
30 रुनेहरू नरोएको जस्तै गरी बसून्; खुसी हुनेहरू खुसी नभएझैँ गरी बसून र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैँ गरून् ।
i koji plaču, kao da ne plaču; i koji se vesele, kao da se ne vesele; i koji kupuju, kao da ne posjeduju;
31 अनि संसारसित व्यवहार गर्नेहरूले यससँग पूर्ण रूपमा नभएझैँ व्यवहार गरून्, किनकी यो संसारको प्रणालीको अन्त्य हुँदै छ र यो बितेर जाँदै छ ।
i koji uživaju ovaj svijet, kao da ga ne uživaju, jer - prolazi obličje ovoga svijeta.
32 तिमीहरू निस्फिक्री होओ भन्ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ ।
A rado bih da budete bezbrižni. Neoženjen se brine za Gospodnje, kako da ugodi Gospodinu.
33 तर विवाहित पुरुषले आफ्नी पत्नीलाई कसरी प्रसन्न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ ।
A oženjen se brine za svjetovno, kako da ugodi ženi,
34 ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे ।
pa je razdijeljen. I žena neudana i djevica brine se za Gospodnje, da bude sveta i tijelom i duhom; a udana se brine za svjetovno, kako da ugodi mužu.
35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।
Ovo pak govorim vama na korist, ne da vam postavim zamku, nego da primjerno i nesmetano budete privrženi Gospodinu.
36 कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् ।
Misli li tko da je nepriličan prema svojoj djevici kad je preživotan i s njome mora biti, neka čini što je nakanio, ne griješi: neka se uzmu.
37 तर यदि ऊ हृदयमा पक्का छ, ऊ कुनै करकापमा परेको छैन भने र उसले आफ्नो इच्छा वशमा राख्न सक्छ, र उसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्ने निर्णय गरिसकेको छ भने उसले असल नै गर्दछ ।
Tko je pak nepokolebljivo stalan u srcu te nema potrebe, a u vlasti mu je volja pa to odluči u svom srcu - čuvati svoju djevicu - dobro čini.
38 त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ ।
Tako, tko se oženi svojom djevicom, dobro čini, a tko se ne oženi, bolje čini.
39 स्त्री तिनको पति बाँचुञ्जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्त्र हुन्छिन्, तर त्यो व्यक्ति प्रभुमा हुनुपर्छ ।
Žena je vezana dokle živi muž njezin. Umre li muž, slobodna je: neka se uda za koga hoće, samo u Gospodinu.
40 तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्न रहन्छिन् । अनि मसँग पनि परमेश्वरको आत्मा छ भनी म विचार गर्दछु ।
Bit će ipak blaženija ostane li onako, po mojem savjetu. A mislim da i ja imam Duha Božjega.