< १ कोरिन्थी 6 >

1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि विश्‍वासीहरूको अगाडि नगएर विश्‍वास नगर्ने न्यायाधीशको अगाडि जाने आँट गर्छ?
Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
2 के विश्‍वासीहरूले संसारको न्याय गर्छन् भन्‍ने तिमीहरूलाई थाहा छैन? अनि तिमीहरूले संसारको न्याय गर्ने हो भने महत्त्वहीन कुराहरूलाई मिलाउन सक्दैनौ र?
ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
3 के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्‍ने तिमीहरूलाई थाहा छैन? त्यसो भए, यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ?
οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;
4 त्यसो हो भने तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ । त्यस्ता मुद्धाहरू किन ती मानिसहरूका अगाडि राख्छौ, जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन ।
βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;
5 तिमीहरूलाई शर्ममा पार्न म यसो भन्दछु । के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन?
πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ;
6 तर यस्‍तो भएको छ, एक विश्‍वासी अर्को विश्‍वासीको विरुद्धमा अदालत जान्‍छ र अविश्‍वासी न्‍यायाधीशको अगि मुद्धा राख्‍दछ ।
ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;
7 वास्तवमा ख्रीष्‍टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो । बरु, किन अन्याय नसहनु? बरु, किन आफैँलाई ठगिन नदिनु?
ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;
8 तर तिमीहरूले अरूको अन्याय गरेका र ठगेका छौ, अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन्!
ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς.
9 अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्‍वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,
ἢ οὐκ οἴδατε ὅτι ἄδικοι Θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् ।
οὔτε κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν.
11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्‍वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ ।
καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.
12 “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर म तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्‍नँ ।
Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.
13 “खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ । शरीर अनैतिक यौन सम्बन्धको लागि होइन । यसको साटो शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुन्छ ।
τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι·
14 परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ ।
ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.
15 तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ? त्यसो नहोस्!
οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
16 वेश्यासँग जोडिने व्यक्‍ति त्यससँग एउटै शरीर हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्‍त्रले भन्‍छ, “दुई जना एउटै शरीर हुन्‍छन् ।”
ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν.
17 प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्छ ।
ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.
18 यौन अनैतिकतादेखि भाग! कुनै पनि व्यक्‍तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ ।
φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन?
ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν;
20 किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ । त्यसकारण, तिमीहरूको शरीरमा परमेश्‍वरलाई महिमा देओ! [टिपोटः केही पुराना प्रतिलिपिहरूमा यस्तो लेखिएको छ] यसकारण तिमीहरूको शरीर र आत्मामा परमेश्‍वरको महिमा गर, जुन परमेश्‍वरको हो । तर उत्तम प्रतिलिपिहरूमा यो छैन ।
ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.

< १ कोरिन्थी 6 >