< १ कोरिन्थी 4 >
1 यसरी कुनै व्यक्तिले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरको गोप्य सत्यताको भण्डारे ठान्नुपर्छ ।
Efe ndifyo munu atubhalangili tete, kama bhatumishi bha Kristu ni bhawakilishi bha siri sa ukueli sa K'yara.
2 यस सम्बन्धमा, भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ ।
Katika ele, kakilondeka kwa uwakili ni kwamba bhayele bha kutumainibhwa.
3 तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ ।
Lakini kwanene nene ni khenu kidebe sana kuya nihukumiwa ni muenga au hukumu ya kibinadamu. Kwa ndabha nikihukumu lepi hata nene na muene.
4 मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्ने चाहिँ होइन । परमेश्वरले नै मेरो न्याय गर्नुहुन्छ ।
Nihukumulepi nene na muene, eye iyelepi ni maana kuwa nene niyele ni haki. Ni Bwana yakanihukumu.
5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
Henu, mkolokutama hukumu juu ya lilyoha lhela kabla ya wakati, kabla ya kuhida kwa Bwana. ilotakuleta munuru mambo ghaghafihiki mugiza ni kufunula makusudi gha mioyo. Ndipo khila mmonga ilotakupokela sifa sa muene kuhomela kwa K'yara.
6 अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
Henu, kaka ni dada yangu, nene na muene ni Apolo nitumili kanuni ese kwa ajili ya yhomo. Ili kwamba kuhoma kwatete mwibhuesya kujifunza maana gha lusumu, “Kolokulota zaidi ya kakiyandikibhu.” Eye ni kwamba kuyele mmonga wa yhomo yaki yakiunila juu ya yhongi.
7 किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ?
Maana ni niani yaibhona tofauti kati ya muenga ni yhongi? Ni kiki kauyenaku kawapokili bure? Kamaumalikupokela bure, kwandayakiki mwikifuna kama mwaketili naha?
8 तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ ।
Tayari myenafu fhoha ambafyo ngamwilonda! Tayari muyele ni utajiri! Muyandili kutawala - na kwamba mwimiliki zaidi ya tete tayhotho! Kueli, nikabhatakila umiliki unofu ili kwamba tumilikiai pamonga ni muenga.
9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ ।
Kwa henu nidhani K'yara atubhekili tete mitume kama atuvasiri wa muishu mu mustari wa maandamano ni kama bhanu bhabhahukumibhu kukhomibhwa. Tuyele kama tamasha kwa ulimwengu, kwa malaika na kwa bhanadamu.
10 हामी ख्रीष्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
Tete ni bhajinga kwa ajili ya Kristu, lakini muenga ni bhabhayele ni hekima mu Kristu. Tu bhanyonge, lakinimuenga muyele ni nghofho. Mwiheshimibhwa, lakini tete tidharaulibhwa.
11 यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ ।
Hata saa eye tuyele ni njala ni kiu, tuyelepi ni nghofho, tiyele ni mapigo, kabhele tiyelepi ni pakuishi.
12 हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष् दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ ।
Tifuanya mbombo kwa bidii, kwa mabhokho ghayhotho ka bhene. Pathidharaulibhwa, tibalikibhwa, Wakati ptitesibhwa, tivumilila.
13 मानिसले हामीलाई निन्दा गर्दा हामी दयापूर्वक बोल्छौँ । हामी संसारले इन्कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
Patilighibhwa, tikelebhusya kwa upole, tiyele, ni tukakhona tibhalangibhwa kuwa kama kutawala ni dunia ni takataka kwa mambo ghoha.
14 तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु ।
Nujandikilepi mambo agha kubhaaibisya muenga, lakini kubhakerebhukila muenga kama bhana bha nene yanibhaganili.
15 किनकि ख्रीष्टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्टमा तिमीहरूका पिता बनेँ ।
Hata kama muyele ni bhalim makumi elfu mu Kristu, bhayelepi bha dadi bhingi kwa ndabha nijele dadi yhinu mu Yesu Kristu kuphetela injili.
16 त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।
Henu nikabhasihi mnigai nene.
17 यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
Eyu ndiyo sababu namtumili kwa yhomo Timotheo, mpendwa wa nene ni muana mwaminifu mu Bwana. Ilotakubhakhombosya njela syangu mu Kristu, kama kanifundisya kila mahali ni khila kanisa.
18 म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।
Henu baadhi ya muenga bhikisifu bhikikheta, kana kwamba nihida lepi kwa muenga.
19 तर यदि परमेश्वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्ति हेर्नेछु ।
Lakini nilota kuhida kwa yhomo kitambo, kama Bwana akaganai. Ndipo nilotakumanya si malobhi gha bhene tu bhabhikisifu, lakini nilota kubhona nghofho sa bhene.
20 किनकि परमेश्वरको राज्य कुरामा होइन, तर शक्तिमा छ ।
Kwa ndabha Ufalme wa K'yara wiyalepi mu malobhi bali mu nghofho.
21 तिमीहरू के चाहन्छौ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा?
Mwilonda kiki? Nihida kwa yhomo ni ndonga au kwa upendo ni katika roho ya upole?