< १ कोरिन्थी 3 >
1 अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्टमा बालकहरूसित बोलेझैँ बोलेँ ।
Amma ni, yan'uwa, ba zan iya magana da ku kamar mutane masu ruhaniya ba, amma kamar mutane masu jiki, kamar jarirai cikin Almasihu.
2 मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ ।
Na shayar da ku da Madara ba da nama ba, don baku isa cin nama ba, kuma ko yanzu ma baku isa ba.
3 किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र?
Gama har yanzu ku masu jiki ne. Muddin akwai kishi da jayayya a tsakaninku, ashe, ku ba masu jiki ba ne, kuma kuna tafiya bisa magwajin mutane?
4 किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र?
Domin in wani ya ce, “Ina bayan Bulus,” wani kuma ya ce, “Ina bayan Afollos,” ashe, ba zaman mutuntaka kuke yi ba?
5 त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्वरका सेवकहरू हुन्, जसले परमेश्वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्वास गर्यौ ।
To wanene Afollos? Wanene kuma Bulus? Bayi ne wadanda kuka bada gaskiya ta wurin su, kowannen su kuwa Allah ya bashi ayyuka.
6 मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढाउनुभयो ।
Ni nayi shuka, Afolos yayi banruwa, amma Allah ne ya sa girma.
7 त्यसैले, रोप्ने र पानी हाल्ने केही होइन । तर परमेश्वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ ।
Don haka, da mai shukar da mai banruwan, ba komi bane. Amma Allah ne mai sa girman.
8 अब रोप्ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् ।
Da mai shukar, da mai banruwan, duk daya suke, kuma kowannen su zai sami nasa lada, gwargwadon aikinsa.
9 किनकि हामीहरू परमेश्वरका सहकर्मी हौँ । तिमीहरू परमेश्वरका बगैँचा र उहाँका भवनहरू हौ ।
Gama mu abokan aiki ne na Allah. Ku gonar Allah ne, ginin Allah kuma.
10 परमेश्वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्तिले कसरी बनाउँदै छ भन्ने बारेमा सावधान रहनुपर्छ ।
Bisa ga alherin Allah da aka bani a matsayin gwanin magini, na kafa harsashi, wani kuma yana dora gini a kai. Sai dai kowane mutum, ya lura da yadda yake dora ginin.
11 किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्ट हुनुहुन्छ ।
Gama ba wanda ke iya kafa wani harsashin daban da wanda aka rigaya aka kafa, wato, Yesu Almasihu.
12 यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने
Yanzu fa in wani ya dora gini a kan harashin da zinariya, ko azurfa, ko duwatsu masu daraja, ko itace, ko ciyawa, ko tattaka,
13 उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।
aikinsa zai bayyanu, domin ranar nan zata tona shi. Gama za a bayyana shi cikin wuta. Wutar kuwa zata gwada ingancin aikin da kowa ya yi.
14 यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ ।
Duk wanda aikinsa ya tsaya, zai karbi lada;
15 तर यदि कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ । तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ ।
amma duk wanda aikinsa ya kone, zai sha Asara, amma shi kansa zai tsira, sai dai kamar ta tsakiyar wuta.
16 के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ?
Ashe, baku san ku haikalin Allah ne ba, Ruhun Allah kuma yana zaune a cikin ku?
17 यदि कसैले परमेश्वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
Idan wani ya lalata haikalin Allah, Allah zai lalata shi. Gama haikalin Allah mai tsarki ne, kuma haka ku ke.
18 कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ । (aiōn )
Kada kowa ya rudi kansa. Idan wani a cikin ku na ganin shi mai hikima ne a wannan zamani, bari ya zama” wawa” domin ya zama mai hikima. (aiōn )
19 किनकि संसारको ज्ञान परमेश्वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
Gama hikimar duniyar nan wauta ce a gun Allah. Gama a rubuce yake, “Yakan kama masu hikima a cin makircin su.”
20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ, “परमेश्वर जान्नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्यर्थ छ ।”
Har wa yau, “Ubangiji ya san tunanin masu hikima banza ne.”
21 त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्,
haka ba sauran fariya akan mutane! Domin kuwa kome naku ne,
22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्,
Ko Bulus, ko Afollos, ko kefas, ko duniya, ko rai, ko mutuwa, ko abubuwa na yanzu, ko abubuwa masu zuwa. Duka naku ne,
23 अनि तिमीहरूचाहिँ ख्रीष्टका हौ, र ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ ।
Ku kuwa na Almasihu ne, Almasihu kuma na Allah ne.