< १ कोरिन्थी 16 >

1 अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।
Про милостиню ж для сьвятих, як я розпорядив у церквах Галатийських, так і ви робіть.
2 हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
Первого дня в тижні нехай кожен з вас у себе складає, скарбуючи, як йому ведеть ся, щоб не тоді, як прийду, складку робити.
3 र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु ।
Як же прийду, то которих ви ухвалите, тих пішлю з листами віднести дар ваш у Єрусалим.
4 र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
Коли ж буде достойно, щоб і мені йти, зо мною пійдуть.
5 तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।
Прийду ж до вас, як Македонию перейду (Македонию бо проходжу).
6 सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक ।
У вас же може загаюсь, або й зазимую, щоб ви провели мене, куди я дійду.
7 किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।
Не хочу бо вас тепер переходом бачити; маю ж надію, якийсь час пробути в вас, коли Господь дозволить.
8 तर म पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु ।
Пробуду ж у Єфесї до пятидесятницї.
9 किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् ।
Двері бо великі й широкі відчинились мені, і багато (в мене) противників.
10 तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दछन् ।
Як же прийде Тимотей, гледїть, щоб без страху був у вас; дїло бо Господнє робить, яко ж і я.
11 कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।
То нехай нїхто ним не гордує, а випроводіть його з упокоєм, щоб прийшов до мене; жду бо його з браттєм.
12 अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् ।
Що ж до Аполоса брата, то вельми просив я його, щоб прийшов до вас з браттєм; та зовсім не було волї в него, щоб прийти тепер, прийде ж, як мати ме догідний час.
13 सतर्क रहो; विश्‍वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन ।
Пильнуйте, стійте в вірі, мужайтесь і утверджуйтесь.
14 तिमीले जे गर्छौ, सबै प्रेममा गर ।
Все вам нехай в любові дїєть ся.
15 स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि
Благаю ж вас, браттє (ви знаєте семю Стефанову, що вона первоплід Ахайський, і що на служеннє сьвятим оддали себе),
16 त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।
щоб і ви корились таким і кожному, хто помагає нам і працює.
17 स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए ।
Зрадів же я приходом Стефановим і Фортунатовим і Ахаїковим; бо недостачу вашу вони сповнили.
18 किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले गर्दा मानिसहरूको कदर गर ।
Заспокоїли бо мій дух й ваш; пізнавайте ж оце таких.
19 एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
Витають вас Церкви Азийські. Витають вас у Господі много Аквила і Прискила з домашньою їх церквою.
20 सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
Витають вас усї брати. Витайте один одного цїлуваннєм сьвятим.
21 म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
Витаннє моєю рукою Павловою.
22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
Коли хто не любить Господа Ісуса Христа, нехай буде проклят, маран ата!
23 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
Благодать Господа Ісуса Христа з вами.
24 ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।
Любов моя з усіма вами у Христї Ісусї. Амінь.

< १ कोरिन्थी 16 >