< १ कोरिन्थी 16 >
1 अब विश्वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।
Ora, quanto á collecta que se faz para os sanctos, fazei vós tambem como ordenei ás egrejas da Galacia.
2 हप्ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
No primeiro dia da semana cada um de vós ponha de parte o que poder ajuntar, conforme a sua prosperidade, para que se não façam as collectas quando eu chegar.
3 र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु ।
E, quando tiver chegado, enviarei aos que por cartas approvardes para que levem a vossa dadiva a Jerusalem.
4 र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
E, se a coisa fôr digna de que eu tambem vá, irão comigo.
5 तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।
Irei, porém, ter comvosco depois de ter passado pela Macedonia (porque tenho de passar pela Macedonia).
6 सायद म तिमीहरूसँगै बस्नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक ।
E bem pode ser que fique comvosco, e passe tambem o inverno, para que me acompanheis aonde quer que eu fôr.
7 किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्नँ । यदि परमेश्वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।
Porque não vos quero agora vêr de passagem, mas espero ficar comvosco algum tempo, se o Senhor o permittir.
8 तर म पेन्तिकोससम्म एफिससमा नै बस्नेछु ।
Ficarei, porém, em Epheso até ao Pentecostes;
9 किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन् ।
Porque uma porta grande e efficaz se me abriu; e ha muitos adversarios.
10 तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्वरको सेवा गर्दछन् ।
E, se vier Timotheo, vêde que esteja sem temor comvosco; porque trabalha na obra do Senhor, como eu tambem.
11 कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।
Portanto ninguem o despreze, mas acompanhae-o em paz, para que venha ter comigo: porque o espero com os irmãos.
12 अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ । तिनलाई तिमीहरूकहाँ आउन मन भएन । तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन् ।
E, ácerca do irmão Apollos, roguei-lhe muito que fosse ter comvosco com os irmãos, mas, na verdade, não teve vontade de ir agora; irá, porém, quando se lhe offereça boa occasião.
13 सतर्क रहो; विश्वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन ।
Vigiae, estae firmes na fé: portae-vos varonilmente, e fortalecei-vos.
14 तिमीले जे गर्छौ, सबै प्रेममा गर ।
Todas as vossas coisas sejam feitas com caridade.
15 स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्वासी हुन् । तिनीहरूले विश्वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि
Rogo-vos, porém, irmãos, pois sabeis que a familia de Estephanas é as primicias da Achaia, e que se tem dedicado ao ministerio dos sanctos,
16 त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।
Que tambem vos sujeiteis aos taes, e a todo aquelle que juntamente obra e trabalha.
17 स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए ।
Folgo, porém, com a vinda de Estephanas, e de Fortunato e de Achaico; porque estes suppriram o que da vossa parte me faltava.
18 किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले गर्दा मानिसहरूको कदर गर ।
Porque recrearam o meu espirito e o vosso. Reconhecei pois aos taes.
19 एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
As egrejas da Asia vos saudam. Saudam-vos affectuosamente no Senhor Aquila e Prisca, com a egreja que está em sua casa.
20 सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
Todos os irmãos vos saudam. Saudae-vos uns aos outros com osculo sancto.
21 म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
Saudação da minha propria mão, de Paulo.
22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
Se alguem não ama ao Senhor Jesus Christo, seja anathema, maranatha.
23 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
A graça do Senhor Jesus Christo seja comvosco.
24 ख्रीष्ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।
O meu amor seja com todos vós em Christo Jesus. Amen.