< १ कोरिन्थी 15 >
1 भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ ।
he bhrAtaraH, yaH susaMvAdo mayA yuSmatsamIpe nivedito yUyaJca yaM gRhItavanta Azritavantazca taM puna ryuSmAn vijJApayAmi|
2 मैले प्रचार गरेको वचनमा अटल रह्यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्वास गर्यौ ।
yuSmAkaM vizvAso yadi vitatho na bhavet tarhi susaMvAdayuktAni mama vAkyAni smaratAM yuSmAkaM tena susaMvAdena paritrANaM jAyate|
3 किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका लागि मर्नुभयो,
yato'haM yad yat jJApitastadanusArAt yuSmAsu mukhyAM yAM zikSAM samArpayaM seyaM, zAstrAnusArAt khrISTo'smAkaM pApamocanArthaM prANAn tyaktavAn,
4 उहाँ गाडिनुभयो अनि धर्मशास्त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।
zmazAne sthApitazca tRtIyadine zAstrAnusArAt punarutthApitaH|
5 त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो ।
sa cAgre kaiphai tataH paraM dvAdazaziSyebhyo darzanaM dattavAn|
6 त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिँ मरिसकेका छन् ।
tataH paraM paJcazatAdhikasaMkhyakebhyo bhrAtRbhyo yugapad darzanaM dattavAn teSAM kecit mahAnidrAM gatA bahutarAzcAdyApi varttante|
7 त्यसपछि उहाँ याकूब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो ।
tadanantaraM yAkUbAya tatpazcAt sarvvebhyaH preritebhyo darzanaM dattavAn|
8 अन्त्यमा उहाँ असमयमा जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो ।
sarvvazeSe'kAlajAtatulyo yo'haM, so'hamapi tasya darzanaM prAptavAn|
9 किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्वरको मण्डलीलाई सताएँ ।
Izvarasya samitiM prati daurAtmyAcaraNAd ahaM preritanAma dharttum ayogyastasmAt preritAnAM madhye kSudratamazcAsmi|
10 तर म जे छु परमेश्वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्वरको अनुग्रहले थियो ।
yAdRzo'smi tAdRza IzvarasyAnugraheNaivAsmi; aparaM mAM prati tasyAnugraho niSphalo nAbhavat, anyebhyaH sarvvebhyo mayAdhikaH zramaH kRtaH, kintu sa mayA kRtastannahi matsahakAriNezvarasyAnugraheNaiva|
11 यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्वास गर्यौ ।
ataeva mayA bhavet tai rvA bhavet asmAbhistAdRzI vArttA ghoSyate saiva ca yuSmAbhi rvizvAsena gRhItA|
12 अब यदि ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्न सक्छौ?
mRtyudazAtaH khrISTa utthApita iti vArttA yadi tamadhi ghoSyate tarhi mRtalokAnAm utthiti rnAstIti vAg yuSmAkaM madhye kaizcit kutaH kathyate?
13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्ट पनि जीवित पारिनुभएन ।
mRtAnAm utthiti ryadi na bhavet tarhi khrISTo'pi notthApitaH
14 र यदि ख्रीष्ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ ।
khrISTazca yadyanutthApitaH syAt tarhyasmAkaM ghoSaNaM vitathaM yuSmAkaM vizvAso'pi vitathaH|
15 अनि परमेश्वरले ख्रीष्टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ ।
vayaJcezvarasya mRSAsAkSiNo bhavAmaH, yataH khrISTa stenotthApitaH iti sAkSyam asmAbhirIzvaramadhi dattaM kintu mRtAnAmutthiti ryadi na bhavet tarhi sa tena notthApitaH|
16 यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्ट पनि जीवित पारिनुभएन ।
yato mRtAnAmutthiti ryati na bhavet tarhi khrISTo'pyutthApitatvaM na gataH|
17 तर यदि ख्रीष्ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ ।
khrISTasya yadyanutthApitaH syAt tarhi yuSmAkaM vizvAso vitathaH, yUyam adyApi svapApeSu magnAstiSThatha|
18 तब ख्रीष्टमा मर्नेहरू पनि नष्ट भएका छन् ।
aparaM khrISTAzritA ye mAnavA mahAnidrAM gatAste'pi nAzaM gatAH|
19 यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्टमा भविष्यको निश्चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ ।
khrISTo yadi kevalamihaloke 'smAkaM pratyAzAbhUmiH syAt tarhi sarvvamartyebhyo vayameva durbhAgyAH|
20 तर अब ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।
idAnIM khrISTo mRtyudazAta utthApito mahAnidrAgatAnAM madhye prathamaphalasvarUpo jAtazca|
21 किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।
yato yadvat mAnuSadvArA mRtyuH prAdurbhUtastadvat mAnuSadvArA mRtAnAM punarutthitirapi pradurbhUtA|
22 किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्टमा सबै जीवित परिनेछन् ।
AdamA yathA sarvve maraNAdhInA jAtAstathA khrISTena sarvve jIvayiSyante|
23 तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।
kintvekaikena janena nije nije paryyAya utthAtavyaM prathamataH prathamajAtaphalasvarUpena khrISTena, dvitIyatastasyAgamanasamaye khrISTasya lokaiH|
24 त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्टले राज्यलाई परमेश्वर पिताको हातमा सुम्पिदिनुहुनेछ । त्यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ ।
tataH param anto bhaviSyati tadAnIM sa sarvvaM zAsanam adhipatitvaM parAkramaJca luptvA svapitarIzvare rAjatvaM samarpayiSyati|
25 किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्जेलसम्म उहाँले शासन गर्नुहुनेछ ।
yataH khrISTasya ripavaH sarvve yAvat tena svapAdayoradho na nipAtayiSyante tAvat tenaiva rAjatvaM karttavyaM|
26 नष्ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।
tena vijetavyo yaH zeSaripuH sa mRtyureva|
27 किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्नुभएको छ” भन्नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्नेचाहिँ यसमा पर्नुहुन्न ।
likhitamAste sarvvANi tasya pAdayo rvazIkRtAni| kintu sarvvANyeva tasya vazIkRtAnItyukte sati sarvvANi yena tasya vazIkRtAni sa svayaM tasya vazIbhUto na jAta iti vyaktaM|
28 जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्वर पिता सबै कुरामा सर्वोच्च ठहरिन सक्नुभएको होस् भनेर यसो हुनेछ ।
sarvveSu tasya vazIbhUteSu sarvvANi yena putrasya vazIkRtAni svayaM putro'pi tasya vazIbhUto bhaviSyati tata IzvaraH sarvveSu sarvva eva bhaviSyati|
29 नत्रता मरेकाहरूको निम्ति बप्तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्तिस्मा लिए?
aparaM paretalokAnAM vinimayena ye majjyante taiH kiM lapsyate? yeSAM paretalokAnAm utthitiH kenApi prakAreNa na bhaviSyati teSAM vinimayena kuto majjanamapi tairaGgIkriyate?
30 र किन हामी हरपल खतरामा छौँ?
vayamapi kutaH pratidaNDaM prANabhItim aGgIkurmmahe?
31 म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्ट हाम्रा प्रभुमा पाएको छु ।
asmatprabhunA yIzukhrISTena yuSmatto mama yA zlAghAste tasyAH zapathaM kRtvA kathayAmi dine dine'haM mRtyuM gacchAmi|
32 यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ ।”
iphiSanagare vanyapazubhiH sArddhaM yadi laukikabhAvAt mayA yuddhaM kRtaM tarhi tena mama ko lAbhaH? mRtAnAm utthiti ryadi na bhavet tarhi, kurmmo bhojanapAne'dya zvastu mRtyu rbhaviSyati|
33 भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।”
ityanena dharmmAt mA bhraMzadhvaM| kusaMsargeNa lokAnAM sadAcAro vinazyati|
34 धोका नखाओ! धार्मिकतामा जिओ! पाप गरी नरहो । किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु ।
yUyaM yathocitaM sacaitanyAstiSThata, pApaM mA kurudhvaM, yato yuSmAkaM madhya IzvarIyajJAnahInAH ke'pi vidyante yuSmAkaM trapAyai mayedaM gadyate|
35 तर कसैले यसरी भन्नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन्? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्?”
aparaM mRtalokAH katham utthAsyanti? kIdRzaM vA zarIraM labdhvA punareSyantIti vAkyaM kazcit prakSyati|
36 तिमीहरू अति अन्जान छौ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन,
he ajJa tvayA yad bIjam upyate tad yadi na mriyeta tarhi na jIvayiSyate|
37 अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्न सक्छ ।
yayA mUrttyA nirgantavyaM sA tvayA nopyate kintu zuSkaM bIjameva; tacca godhUmAdInAM kimapi bIjaM bhavituM zaknoti|
38 तर परमेश्वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ ।
IzvareNeva yathAbhilASaM tasmai mUrtti rdIyate, ekaikasmai bIjAya svA svA mUrttireva dIyate|
39 सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ ।
sarvvANi palalAni naikavidhAni santi, manuSyapazupakSimatsyAdInAM bhinnarUpANi palalAni santi|
40 त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ ।
aparaM svargIyA mUrttayaH pArthivA mUrttayazca vidyante kintu svargIyAnAm ekarUpaM tejaH pArthivAnAJca tadanyarUpaM tejo'sti|
41 सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको अर्कै र त्यसरी नै ताराहरूको महिमा फरक हुन्छ । किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ ।
sUryyasya teja ekavidhaM candrasya tejastadanyavidhaM tArANAJca tejo'nyavidhaM, tArANAM madhye'pi tejasastAratamyaM vidyate|
42 मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । रोपिएको कुरा नष्ट भएर जानेछ र उठाइएको कुरा नष्ट हुनेछैन ।
tatra likhitamAste yathA, ‘AdipuruSa Adam jIvatprANI babhUva, ` kintvantima Adam (khrISTo) jIvanadAyaka AtmA babhUva|
43 त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्तिमा उठाइनेछ ।
yad upyate tat tucchaM yaccotthAsyati tad gauravAnvitaM; yad upyate tannirbbalaM yaccotthAsyati tat zaktiyuktaM|
44 त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ ।
yat zarIram upyate tat prANAnAM sadma, yacca zarIram utthAsyati tad AtmanaH sadma| prANasadmasvarUpaM zarIraM vidyate, AtmasadmasvarUpamapi zarIraM vidyate|
45 त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्नुभयो ।
tatra likhitamAste yathA, AdipuruSa Adam jIvatprANI babhUva, kintvantima Adam (khrISTo) jIvanadAyaka AtmA babhUva|
46 तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो ।
Atmasadma na prathamaM kintu prANasadmaiva tatpazcAd Atmasadma|
47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
AdyaH puruSe mRda utpannatvAt mRNmayo dvitIyazca puruSaH svargAd AgataH prabhuH|
48 माटोबाट बनेको मानिसजस्तो हो; माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन् । र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् ।
mRNmayo yAdRza AsIt mRNmayAH sarvve tAdRzA bhavanti svargIyazca yAdRzo'sti svargIyAH sarvve tAdRzA bhavanti|
49 जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ ।
mRNmayasya rUpaM yadvad asmAbhi rdhAritaM tadvat svargIyasya rUpamapi dhArayiSyate|
50 त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ ।
he bhrAtaraH, yuSmAn prati vyAharAmi, Izvarasya rAjye raktamAMsayoradhikAro bhavituM na zaknoti, akSayatve ca kSayasyAdhikAro na bhaviSyati|
51 हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ ।
pazyatAhaM yuSmabhyaM nigUDhAM kathAM nivedayAmi|
52 हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ ।
sarvvairasmAbhi rmahAnidrA na gamiSyate kintvantimadine tUryyAM vAditAyAm ekasmin vipale nimiSaikamadhye sarvvai rUpAntaraM gamiSyate, yatastUrI vAdiSyate, mRtalokAzcAkSayIbhUtA utthAsyanti vayaJca rUpAntaraM gamiSyAmaH|
53 किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ ।
yataH kSayaNIyenaitena zarIreNAkSayatvaM parihitavyaM, maraNAdhInenaitena dehena cAmaratvaM parihitavyaM|
54 यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ ।”
etasmin kSayaNIye zarIre 'kSayatvaM gate, etasman maraNAdhIne dehe cAmaratvaM gate zAstre likhitaM vacanamidaM setsyati, yathA, jayena grasyate mRtyuH|
55 “हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?” (Hadēs )
mRtyo te kaNTakaM kutra paraloka jayaH kka te|| (Hadēs )
56 मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो ।
mRtyoH kaNTakaM pApameva pApasya ca balaM vyavasthA|
57 तर येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्वरलाई धन्यवाद होस्!
Izvarazca dhanyo bhavatu yataH so'smAkaM prabhunA yIzukhrISTenAsmAn jayayuktAn vidhApayati|
58 त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैँ परमेश्वरको काममा व्यस्त रहो, किनकि परमेश्वरमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
ato he mama priyabhrAtaraH; yUyaM susthirA nizcalAzca bhavata prabhoH sevAyAM yuSmAkaM parizramo niSphalo na bhaviSyatIti jJAtvA prabhoH kAryye sadA tatparA bhavata|