< 1 कोरिन्थी 14 >
1 प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।
Sevginin ardınca koşun ve ruhsal armağanları, özellikle peygamberlik yeteneğini gayretle isteyin.
2 किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ । उसले गुप्त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्न सक्दैन ।
Bilmediği dilde konuşan, insanlarla değil, Tanrı'yla konuşur. Kimse onu anlamaz. O, ruhuyla sırlar söyler.
3 तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।
Peygamberlikte bulunansa insanların ruhça gelişmesi, cesaret ve teselli bulması için insanlara seslenir.
4 अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ ।
Bilmediği dilde konuşan kendi kendini geliştirir; ama peygamberlikte bulunan, inanlılar topluluğunu geliştirir.
5 तिमीहरू सबै जना अन्य भाषा बोल भन्ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
Hepinizin dillerle konuşmasını isterim, ama peygamberlikte bulunmanızı yeğlerim. Diller inanlılar topluluğunun gelişmesi için çevrilmedikçe peygamberlikte bulunan, dillerle konuşandan üstündür.
6 तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्याउँछु र? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्याउँदिनँ ।
Şimdi kardeşlerim, yanınıza gelip dillerle konuşsam, ama size bir vahiy, bir bilgi, bir peygamberlik sözü ya da bir öğreti getirmesem, size ne yararım olur?
7 यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्न सक्छ?
Kaval ya da lir gibi ses veren cansız nesneler bile değişik sesler çıkarmasa, kaval mı, lir mi çalındığını kim anlar?
8 यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्ने?
Borazan belirgin bir ses çıkarmasa, kim savaşa hazırlanır?
9 तिमीहरूका लागि पनि त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्नेछैन ।
Bunun gibi, siz de anlaşılır bir dil konuşmazsanız, söyledikleriniz nasıl anlaşılır? Havaya konuşmuş olursunuz!
10 संसारमा धेरै भाषाहरू छन् भन्ने कुरामा कुनै शङ्का छैन र कुनै पनि अर्थ बिनाका छैनन् ।
Kuşkusuz dünyada çeşit çeşit diller vardır, hiçbiri de anlamsız değildir.
11 तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म त्यस व्यक्तिको लागि र त्यो व्यक्ति मेरो लागि विदेशी हुनेछ ।
Ne var ki, konuşulan dili anlamazsam, ben konuşana yabancı olurum, konuşan da bana yabancı olur.
12 तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।
Bu nedenle, siz de ruhsal armağanlara heveslendiğinize göre, inanlılar topluluğunu geliştiren ruhsal armağanlar bakımından zenginleşmeye bakın.
13 यसरी नै अन्य भाषामा बोल्ने व्यक्तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।
Bunun için, bilmediği dili konuşan, kendi söylediklerini çevirebilmek için dua etsin.
14 किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ ।
Bilmediğim dille dua edersem ruhum dua eder, ama zihnimin buna katkısı olmaz.
15 मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
Öyleyse ne yapmalıyım? Ruhumla da zihnimle de dua edeceğim. Ruhumla da zihnimle de ilahi söyleyeceğim.
16 नत्रता यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्ने?
Tanrı'yı yalnız ruhunla översen, yeni katılanlar senin ne söylediğini bilmediğinden, ettiğin şükran duasına nasıl “Amin!” desin?
17 किनकि तिमीले त निश्चय नै प्रशस्त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्तिको वृद्धि गर्दैन ।
Uygun biçimde şükrediyor olabilirsin, ama bu başkasını geliştirmez.
18 म परमेश्वरलाई धन्यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु ।
Dillerle hepinizden çok konuştuğum için Tanrı'ya şükrediyorum.
19 तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु ।
Ama inanlılar topluluğunda dillerle on bin söz söylemektense, başkalarını eğitmek için zihnimden beş söz söylemeyi yeğlerim.
20 भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्व बन ।
Kardeşler, çocuk gibi düşünmeyin. Kötülük konusunda çocuklar gibi, ama düşünmekte yetişkinler gibi olun.
21 व्यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्नेछैनन्” परमप्रभु भन्नुहुन्छ ।
Kutsal Yasa'da şöyle yazılmıştır: “Rab, ‘Yabancı diller konuşanların aracılığıyla, Yabancıların dudaklarıyla bu halka sesleneceğim; Yine de beni dinlemeyecekler!’ diyor.”
22 त्यसकारण, अन्य भाषा विश्वास नगर्नेहरूको लागि चिह्न हो, विश्वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्वासीहरूका लागि चिह्न हो, विश्वास नगर्नेहरूका लागि होइन ।
Görülüyor ki, bilinmeyen diller imanlılar için değil, imansızlar için bir belirtidir. Peygamberlikse imansızlar için değil, imanlılar için bir belirtidir.
23 त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र?
Şimdi bütün inanlılar topluluğu bir araya gelip hep birlikte bilmedikleri dillerle konuşurlarken yeni katılanlar ya da iman etmeyenler içeri girerse, “Siz çıldırmışsınız!” demezler mi?
24 तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्वासी वा बाहिरको व्यक्ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।
Ama herkes peygamberlikte bulunurken iman etmeyen ya da yeni katılan biri içeri girerse, söylenen her sözle günahlı olduğuna ikna edilecek, her sözle yargılanacak.
25 उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्वर साँच्चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
Yüreğindeki gizli düşünceler açığa çıkacak ve, “Tanrı gerçekten aranızdadır!” diyerek yüzüstü yere kapanıp Tanrı'ya tapınacaktır.
26 भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
Öyleyse ne diyelim, kardeşler? Toplandığınızda her birinizin bir ilahisi, öğretecek bir konusu, bir vahyi, bilmediği dilde söyleyecek bir sözü ya da bir çevirisi vardır. Her şey topluluğun gelişmesi için olsun.
27 यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् । र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।
Eğer bilinmeyen dillerle konuşulacaksa, iki ya da en çok üç kişi sırayla konuşsun, biri de söylenenleri çevirsin.
28 तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्ति चुप बसोस् । ऊ आफैँ र परमेश्वरसँग एकलै बोलोस् ।
Çeviri yapacak biri yoksa, bilmediği dilde konuşan, toplulukta sessiz kalsın, içinden Tanrı'yla konuşsun.
29 दुई वा तिन जना अगमवक्ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।
İki ya da üç peygamber konuşsun, öbürleri söylenenleri iyice düşünüp tartsın.
30 तर यदि त्यो सेवामा बसिरहेको कसैलाई अन्तर्दृष्टि प्राप्त भयो भने बोलिरहेको व्यक्ति चुप लागोस् ।
Toplantıda oturanlardan birine vahiy gelirse, konuşmakta olan sussun.
31 किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्न सकोस् र सबै जना नै उत्साहित बनून् ।
Herkesin öğrenmesi ve cesaret bulması için hepiniz teker teker peygamberlikte bulunabilirsiniz.
32 अगमवक्ताका आत्माहरू अगमवक्ताकै नियन्त्रणमा हुन्छन् ।
Peygamberlerin ruhları peygamberlerin denetimi altındadır.
33 किनकि परमेश्वर अन्योलका होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ । विश्वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै
Çünkü Tanrı karışıklık değil, esenlik Tanrısı'dır. Kutsalların bütün topluluklarında böyledir.
34 स्त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।
Kadınlar toplantılarınızda sessiz kalsın. Konuşmalarına izin yoktur. Kutsal Yasa'nın da belirttiği gibi, uysal olsunlar.
35 यदि तिनीहरूले केही सिक्ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
Öğrenmek istedikleri bir şey varsa, evde kocalarına sorsunlar. Çünkü kadının toplantı sırasında konuşması ayıptır.
36 के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
Tanrı'nın sözü sizden mi kaynaklandı, ya da yalnız size mi ulaştı?
37 यदि कसैले आफैँलाई अगमवक्ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।
Kendini peygamber ya da ruhça olgun sayan varsa, bilsin ki, size yazdıklarım Rab'bin buyruğudur.
38 तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस् ।
Bunları önemsemeyenin kendisi de önemsenmesin.
39 यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक ।
Özet olarak, kardeşlerim, peygamberlikte bulunmayı gayretle isteyin, bilinmeyen dillerle konuşulmasına engel olmayın. Ancak her şey uygun ve düzenli biçimde yapılsın.
40 तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।