< १ कोरिन्थी 14 >

1 प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
2 किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ । उसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्‍न सक्दैन ।
ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
3 तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।
ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
4 अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ ।
ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
5 तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6 तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ ।
νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ διδαχῇ;
7 यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्‍न सक्छ?
ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
8 यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्‍ने?
καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
9 तिमीहरूका लागि पनि त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्‍नेछैन ।
οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
10 संसारमा धेरै भाषाहरू छन् भन्‍ने कुरामा कुनै शङ्का छैन र कुनै पनि अर्थ बिनाका छैनन् ।
τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον·
11 तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म त्यस व्यक्‍तिको लागि र त्यो व्यक्‍ति मेरो लागि विदेशी हुनेछ ।
ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
12 तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।
οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 यसरी नै अन्य भाषामा बोल्ने व्यक्‍तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।
Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14 किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ ।
ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
15 मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
16 नत्रता यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्‍ने?
ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
17 किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्‍तिको वृद्धि गर्दैन ।
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
18 म परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु ।
εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ·
19 तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु ।
ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।
Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
21 व्‍यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्‍नेछैनन्” परमप्रभु भन्‍नुहुन्छ ।
ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος.
22 त्यसकारण, अन्य भाषा विश्‍वास नगर्नेहरूको लागि चिह्न हो, विश्‍वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्‍वासीहरूका लागि चिह्न हो, विश्‍वास नगर्नेहरूका लागि होइन ।
ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
23 त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र?
Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
24 तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।
ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
25 उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्‍वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.
26 भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
27 यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् । र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।
εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
28 तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्‍ति चुप बसोस् । ऊ आफैँ र परमेश्‍वरसँग एकलै बोलोस् ।
ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ.
29 दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।
προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
30 तर यदि त्‍यो सेवामा बसिरहेको कसैलाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको व्यक्‍ति चुप लागोस् ।
ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
31 किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।
δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται.
32 अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्छन् ।
καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·
33 किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । विश्‍वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै
οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλὰ εἰρήνης, Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων,
34 स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।
αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει.
35 यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.
36 के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
Ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 यदि कसैले आफैँलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।
Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι Κυρίου ἐστὶν ἐντολή·
38 तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस् ।
εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται.
39 यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक ।
Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις·
40 तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।
πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

< १ कोरिन्थी 14 >