< १ कोरिन्थी 13 >
1 मानौँ, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर मसँग प्रेम छैन भने म हल्ला मच्चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु ।
Though I speak with the tongues of men and of angels, and have not charity, I am become [as] sounding brass, or a tinkling cymbal.
2 मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्न सक्छु र मसँग पहाडहरू हटाउन सक्ने सम्मको विश्वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
And though I have [the gift of] prophecy, and understand all mysteries, and all knowledge; and though I have all faith, so that I could remove mountains, and have not charity, I am nothing.
3 र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन ।
And though I bestow all my goods to feed [the poor], and though I give my body to be burned, and have not charity, it profiteth me nothing.
4 प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन ।
Charity suffereth long, [and] is kind; charity envieth not; charity vaunteth not itself, is not puffed up,
5 वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ ।
Doth not behave itself unseemly, seeketh not her own, is not easily provoked, thinketh no evil;
6 प्रेम अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ ।
Rejoiceth not in iniquity, but rejoiceth in the truth;
7 प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्वास गर्छ; सबै कुरामा आत्मविश्वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ ।
Beareth all things, believeth all things, hopeth all things, endureth all things.
8 प्रेमको कहिलै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन् । भाषाहरू बन्द हुनेछन् । अनि ज्ञान बितेर जानेछ ।
Charity never faileth: but whether [there be] prophecies, they shall fail; whether [there be] tongues, they shall cease; whether [there be] knowledge, it shall vanish away.
9 किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ ।
For we know in part, and we prophesy in part.
10 तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ ।
But when that which is perfect is come, then that which is in part shall be done away.
11 जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ ।
When I was a child, I spake as a child, I understood as a child, I thought as a child: but when I became a man, I put away childish things.
12 किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।
For now we see through a glass, darkly; but then face to face: now I know in part; but then shall I know even as also I am known.
13 तर अब यी तिनवटा कुरा रहन्छन्: विश्वास, भविष्यको निश्चयता र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।
And now abideth faith, hope, charity, these three; but the greatest of these [is] charity.