< १ कोरिन्थी 13 >

1 मानौँ, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर मसँग प्रेम छैन भने म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु ।
如果我能熟练讲述这世间甚至是天使的语言,但没有爱,我的语言也不过就像发出回响的锣,或者发出碰撞声的钹。
2 मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
如果我可以说出预言,知晓所有奥秘和所有的知识,拥有可以移动山峦的信心,但没有爱,我就一无是处。
3 र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन ।
我若把自己拥有的一切分给穷困之人,或如被焚烧的殉道者舍弃自己的生命,但没有爱,我什么也得不到。
4 प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन ।
爱是耐心和善良。爱是不嫉妒、不吹嘘、不傲慢。
5 वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ ।
爱是不做错误之举,不会固守自己的方式。爱是不会轻易动怒,对他人的过错不记仇。
6 प्रेम अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ ।
爱不会因罪恶而喜悦,只喜欢真理。
7 प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ ।
爱是不放弃,是坚守信念,是保持信心,是时刻保持耐心。
8 प्रेमको कहिलै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन् । भाषाहरू बन्द हुनेछन् । अनि ज्ञान बितेर जानेछ ।
爱永生不息。预言终会结束,语言终将沉默,知识最终也会失去它的用途。
9 किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ ।
我们对知识和语言的理解非常片面。
10 तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ ।
等结束终将来临,这片面的理解也将消失。
11 जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ ।
如果是孩子,其说话、思想和反应就要像个孩子。但孩子长大后,就要丢弃一切孩子气的行为。
12 किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।
此刻我们就像窥视以免镜子模糊的反光,但很快,我们就要彼此相见了。我现在所知仅为一部分,到时候就会知晓一切,好像完全知道我一样。
13 तर अब यी तिनवटा कुरा रहन्छन्: विश्‍वास, भविष्‍‍यको निश्‍चयता र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।
信任、希望和爱将永续存在,但最重要的仍然是爱。

< १ कोरिन्थी 13 >