< १ कोरिन्थी 12 >
1 भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्नँ ।
Rilate spiritajn donacojn, fratoj, mi ne volas, ke vi estu nesciantaj.
2 तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ । तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्ने मूर्तितिर बहकाइएका थियौ ।
Vi scias, ke kiam vi estis nacianoj, vi estis forkondukataj al tiuj mutaj idoloj, kiel ajn oni vin kondukis.
3 त्यसकारण, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्दैन ।
Tial mi sciigas vin, ke neniu parolanta en la Spirito de Dio diras: Jesuo estas anatemita; kaj neniu povas diri: Jesuo estas Sinjoro, krom per la Sankta Spirito.
4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ ।
Ekzistas diverseco de donacoj, sed la sama Spirito.
5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ ।
Kaj ekzistas diverseco de servoj, kaj la sama Sinjoro.
6 कामहरू विभिन्न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्वर एउटै हुनुहुन्छ ।
Kaj ekzistas diverseco de energioj, sed la sama Dio, kiu energias ĉion en ĉiuj.
7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ ।
Sed al ĉiu estas donita la elmontro de la Spirito por utilo.
8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।
Ĉar al unu estas donita per la Spirito la vorto de saĝeco; kaj al alia, la vorto de scio, laŭ la sama Spirito;
9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ ।
al alia, fido, en la sama Spirito; al alia, donacoj de resanigoj, en la unu Spirito;
10 एउटालाई शक्तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ ।
kaj al alia, energioj por mirakloj; kaj al alia, profetpovo; kaj al alia, distingoj de spiritoj; al alia, diversaj lingvoj; kaj al alia, interpreto de lingvoj;
11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
sed ĉion tion energias la unu sama Spirito, dividante al ĉiu aparte, kiel al li plaĉas.
12 जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्टमा पनि त्यस्तै हुन्छ ।
Ĉar kiel la korpo estas unu, kaj havas multajn membrojn, kaj ĉiuj membroj de la korpo, estante multaj, estas unu korpo; tiel same ankaŭ estas Kristo.
13 किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।
Ĉar en unu Spirito ni ĉiuj baptiĝis en unu korpon, ĉu Judoj aŭ Grekoj, ĉu sklavoj aŭ liberaj; kaj ĉiuj estas trinkigitaj el unu Spirito.
14 किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।
Ĉar la korpo estas ne unu membro, sed multaj.
15 यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन ।
Se la piedo diros: Pro tio, ke mi ne estas la mano, mi ne apartenas al la korpo — ne sekvas de tio, ke ĝi ne apartenas al la korpo.
16 र त्यसरी नै कानले “म शरीरको आँखा होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन ।
Kaj se la orelo diros: Pro tio, ke mi ne estas la okulo, mi ne apartenas al la korpo — ne sekvas de tio, ke ĝi ne apartenas al la korpo.
17 यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्ने कहाँबाट?
Se la tuta korpo estus okulo, kie estus la aŭdado? Se la tuta estus aŭdado, kie estus la flarado?
18 तर परमेश्वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्नुभयो ।
Sed Dio jam metis la membrojn al la korpo, ĉiun, kiel al Li plaĉis.
19 यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्यो र?
Kaj se ĉiuj estus unu membro, kie estus la korpo?
20 यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ ।
Nun do ekzistas multaj membroj, sed unu korpo.
21 आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ ।
Kaj la okulo ne povas diri al la mano: Mi vin ne bezonas; nek same la kapo al la piedoj: Mi vin ne bezonas.
22 बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् ।
Sed multe plie la ŝajne malfortaj membroj de la korpo estas necesaj;
23 अनि हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ ।
kaj al tiuj partoj de la korpo, kiujn ni opinias malpli honorindaj, ni donas pli abundan honoron; kaj niaj negraciaj partoj havas pli abundan gracion;
24 देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्जत पाएका छन् । तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।
sed niaj graciaj partoj ne havas bezonon; tamen Dio kunakordigis la korpon, doninte pli abundan honoron al la parto, kiu havas mankon,
25 शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो ।
por ke ne estu skismo en la korpo; sed ke la membroj prizorgu egale unu la alian.
26 कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् ।
Kaj se unu membro suferas, ĉiuj membroj kune suferas; aŭ se unu membro honoriĝas, ĉiuj membroj kunĝojas.
27 अब तिमीहरू ख्रीष्टका शरीर हौ अनि व्यक्तिगत रूपले यसका अङ्ग हौ ।
Vi do estas la korpo de Kristo, kaj membroj en ĝi, ĉiu laŭ sia parto.
28 अनि परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्न भाषाका वरदान पाएकाहरूलाई नियुक्त गर्नुभएको छ ।
Kaj Dio metis iujn en la eklezio, unue apostolojn, due profetojn, trie instruantojn, poste miraklojn, poste donacojn de kuracado, helpojn, direktojn, diversajn lingvojn.
29 के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्तिशाली कार्यहरू गर्छौं?
Ĉu ĉiuj estas apostoloj? ĉu ĉiuj profetoj? ĉu ĉiuj instruantoj? ĉu ĉiuj mirakluloj?
30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छन्? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्?
ĉu ĉiuj havas kuracan povon? ĉu ĉiuj parolas per lingvoj? ĉu ĉiuj interpretas?
31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।
Sed vi deziru forte la pligrandajn donacojn. Kaj ankoraŭ pli preferindan vojon mi montras al vi.