< १ कोरिन्थी 11 >
1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछु ।
You are to imitate me, just as I imitate Christ.
2 म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।
Now I commend you for remembering me in everything and for maintaining the traditions, just as I passed them on to you.
3 म तिमीहरूले यो बुझ भन्ने चाहन्छु कि येशू ख्रीष्ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्त्रीको शिर हो, र परमेश्वरचाहिँ ख्रीष्टको शिर हुनुहुन्छ ।
But I want you to understand that the head of every man is Christ, and the head of the woman is man, and the head of Christ is God.
4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्वरको अपमान गर्छ ।
Every man who prays or prophesies with his head covered dishonors his head.
5 तर यदि कुनै स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो ।
And every woman who prays or prophesies with her head uncovered dishonors her head, for it is just as if her head were shaved.
6 यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।
If a woman does not cover her head, she should have her hair cut off. And if it is shameful for a woman to have her hair cut or shaved off, she should cover her head.
7 पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो । तर स्त्रीचाहिँ पुरुषको गौरव हो ।
A man ought not to cover his head, since he is the image and glory of God; but the woman is the glory of man.
8 किनकी पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्री पुरुषबाट बनिएकी हो ।
For man did not come from woman, but woman from man.
9 न त पुरुष स्त्रीको निम्ति सृष्टि गरिएका हो, तर स्त्री पुरुषको निम्ति बनिएकी हो ।
Neither was man created for woman, but woman for man.
10 यसै कारणले स्वर्गदूतहरूका खातिर स्त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ ।
For this reason a woman ought to have a sign of authority on her head, because of the angels.
11 तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न न त स्त्रीबाट पुरुष नै ।
In the Lord, however, woman is not independent of man, nor is man independent of woman.
12 किनकि जसरी स्त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्त्रीबाट आउँछ । र सबै कुरा परमेश्वरबाट आउँछन् ।
For just as woman came from man, so also man is born of woman. But everything comes from God.
13 तिमीहरू आफैँ विचार गरः के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्नु उपयुक्त हो?
Judge for yourselves: Is it proper for a woman to pray to God with her head uncovered?
14 कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
Doesn’t nature itself teach you that if a man has long hair, it is a disgrace to him,
15 कुनै स्त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
but that if a woman has long hair, it is her glory? For long hair is given to her as a covering.
16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्वरको मण्डलीसँग छ ।
If anyone is inclined to dispute this, we have no other practice, nor do the churches of God.
17 यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।
In the following instructions I have no praise to offer, because your gatherings do more harm than good.
18 पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्छु र म केही हदसम्म विश्वास पनि गर्छु ।
First of all, I hear that when you come together as a church, there are divisions among you, and in part I believe it.
19 तिमीहरूका माझमा स्वीकृत भएका व्यक्तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ ।
And indeed, there must be differences among you to show which of you are approved.
20 तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन ।
Now then, when you come together, it is not the Lord’s Supper you eat.
21 जब तिमीहरू खान्छौ, अरूले आफ्नो भोजन खानुअगि हरेकले आफ्नो खाना खान्छ । एक जना भोकै हुन्छ र अर्को मातेको हुन्छ ।
For as you eat, each of you goes ahead without sharing his meal. While one remains hungry, another gets drunk.
22 के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनूँ? के तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।
Don’t you have your own homes in which to eat and drink? Or do you despise the church of God and humiliate those who have nothing? What can I say to you? Shall I praise you for this? No, I will not!
23 मैले जे परमेश्वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्टले धोका पाएको त्यो रात रोटी लिनुभयो ।
For I received from the Lord what I also passed on to you: The Lord Jesus, on the night He was betrayed, took bread,
24 धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्नुभयो र भन्नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।”
and when He had given thanks, He broke it and said, “This is My body, which is for you; do this in remembrance of Me.”
25 त्यसरी नै खाइसक्नुभएपछि कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।”
In the same way, after supper He took the cup, saying, “This cup is the new covenant in My blood; do this, as often as you drink it, in remembrance of Me.”
26 जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ ।
For as often as you eat this bread and drink this cup, you proclaim the Lord’s death until He comes.
27 यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ ।
Therefore, whoever eats the bread or drinks the cup of the Lord in an unworthy manner will be guilty of sinning against the body and blood of the Lord.
28 कुनै व्यक्तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस् ।
Each one must examine himself before he eats of the bread and drinks of the cup.
29 किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्छ र कचौराबाट पिउँछ, उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ ।
For anyone who eats and drinks without recognizing the body eats and drinks judgment on himself.
30 त्यसकारण, तिमीहरूमध्ये धेरै जना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन् ।
That is why many among you are weak and sick, and a number of you have fallen asleep.
31 तर यदि हामीले आफैँलाई जाँच गर्यौँ भने हामी न्यायमा पर्नेछैनौँ ।
Now if we judged ourselves properly, we would not come under judgment.
32 तर जब हामी परमेश्वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।
But when we are judged by the Lord, we are being disciplined so that we will not be condemned with the world.
33 त्यसकारण, मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख ।
So, my brothers, when you come together to eat, wait for one another.
34 यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्यायमा पर्नेछैनौ । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशनहरू दिनेछु ।
If anyone is hungry, he should eat at home, so that when you come together it will not result in judgment. And when I come, I will give instructions about the remaining matters.