< १ कोरिन्थी 11 >

1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।
ܐܬܕܡܘ ܒܝ ܐܝܟܢܐ ܕܐܦ ܐܢܐ ܒܡܫܝܚܐ
2 म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।
ܡܫܒܚ ܐܢܐ ܠܟܘܢ ܕܝܢ ܐܚܝ ܕܒܟܠ ܡܕܡ ܡܥܗܕ ܐܢܬܘܢ ܠܝ ܘܐܝܟܢܐ ܕܐܫܠܡܬ ܠܟܘܢ ܦܘܩܕܢܐ ܐܚܝܕܝܢ ܐܢܬܘܢ
3 म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ ।
ܨܒܐ ܐܢܐ ܕܝܢ ܕܬܕܥܘܢ ܕܟܠ ܓܒܪ ܪܫܗ ܡܫܝܚܐ ܗܘ ܘܪܫܗ ܕܐܢܬܬܐ ܓܒܪܐ ܗܘ ܘܪܫܗ ܕܡܫܝܚܐ ܐܠܗܐ ܗܘ
4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।
ܟܠ ܓܒܪܐ ܕܡܨܠܐ ܐܘ ܡܬܢܒܐ ܟܕ ܡܟܤܝ ܪܫܗ ܡܒܗܬ ܪܫܗ
5 तर यदि कुनै स्‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो ।
ܘܟܠ ܐܢܬܬܐ ܕܡܨܠܝܐ ܐܘ ܡܬܢܒܝܐ ܟܕ ܓܠܐ ܪܫܗ ܡܒܗܬܐ ܪܫܗ ܫܘܝܐ ܗܝ ܓܝܪ ܥܡ ܗܝ ܕܓܪܝܥ ܪܫܗ
6 यदि कुनै स्‍त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।
ܐܢ ܓܝܪ ܠܐ ܡܬܟܤܝܐ ܐܢܬܬܐ ܐܦ ܬܤܬܦܪ ܐܢ ܕܝܢ ܡܫܟܪ ܗܘ ܠܐܢܬܬܐ ܠܡܤܬܦܪܘ ܐܘ ܠܡܓܪܥ ܬܬܟܤܐ
7 पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो ।
ܓܒܪܐ ܓܝܪ ܠܐ ܚܝܒ ܕܢܟܤܐ ܪܫܗ ܡܛܠ ܕܕܡܘܬܐ ܗܘ ܘܬܫܒܘܚܬܐ ܕܐܠܗܐ ܐܢܬܬܐ ܕܝܢ ܬܫܒܘܚܬܐ ܗܝ ܕܓܒܪܐ
8 किनकी पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्री पुरुषबाट बनिएकी हो ।
ܠܐ ܓܝܪ ܐܝܬܘܗܝ ܓܒܪܐ ܡܢ ܐܢܬܬܐ ܐܠܐ ܐܢܬܬܐ ܡܢ ܓܒܪܐ
9 न त पुरुष स्‍त्रीको निम्ति सृष्‍टि गरिएका हो, तर स्‍त्री पुरुषको निम्ति बनिएकी हो ।
ܘܐܦܠܐ ܓܝܪ ܓܒܪܐ ܐܬܒܪܝ ܡܛܠ ܐܢܬܬܐ ܐܠܐ ܐܢܬܬܐ ܡܛܠ ܓܒܪܐ
10 यसै कारणले स्वर्गदूतहरूका खातिर स्‍त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ ।
ܡܛܠ ܗܢܐ ܚܝܒܐ ܐܢܬܬܐ ܕܫܘܠܛܢܐ ܢܗܘܐ ܥܠ ܪܫܗ ܡܛܠ ܡܠܐܟܐ
11 तापनि प्रभुमा स्‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त स्‍त्रीबाट पुरुष नै ।
ܒܪܡ ܕܝܢ ܠܐ ܓܒܪܐ ܠܒܪ ܡܢ ܐܢܬܬܐ ܐܦܠܐ ܐܢܬܬܐ ܠܒܪ ܡܢ ܓܒܪܐ ܒܡܪܢ
12 किनकि जसरी स्‍त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्‍त्रीबाट आउँछ । र सबै कुरा परमेश्‍वरबाट आउँछन् ।
ܐܝܟܢܐ ܓܝܪ ܕܐܢܬܬܐ ܡܢ ܓܒܪܐ ܗܟܢܐ ܐܦ ܓܒܪܐ ܒܝܕ ܐܢܬܬܐ ܟܠܡܕܡ ܕܝܢ ܡܢ ܐܠܗܐ ܗܘ
13 तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो?
ܕܘܢܘ ܒܝܢܝܟܘܢ ܠܢܦܫܟܘܢ ܝܐܐ ܠܐܢܬܬܐ ܕܟܕ ܓܠܐ ܪܫܗ ܬܨܠܐ ܠܐܠܗܐ
14 कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
ܐܦܠܐ ܗܘ ܟܝܢܐ ܡܠܦ ܠܟܘܢ ܕܓܒܪܐ ܡܐ ܕܩܐܡ ܤܥܪܗ ܨܥܪܐ ܗܘ ܠܗ
15 कुनै स्‍त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
ܘܐܢܬܬܐ ܡܐ ܕܡܪܒܝ ܤܥܪܗ ܬܫܒܘܚܬܐ ܗܝ ܠܗ ܡܛܠ ܕܤܥܪܗ ܚܠܦ ܬܟܤܝܬܐ ܗܘ ܐܬܝܗܒ ܠܗ
16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।
ܐܢ ܐܢܫ ܕܝܢ ܡܬܚܪܐ ܥܠ ܗܠܝܢ ܠܢ ܠܝܬ ܥܝܕܐ ܐܝܟ ܗܢܐ ܘܠܐ ܠܥܕܬܗ ܕܐܠܗܐ
17 यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।
ܗܕܐ ܕܝܢ ܕܡܦܩܕ ܐܢܐ ܠܐ ܐܝܟ ܡܫܒܚ ܐܢܐ ܠܟܘܢ ܡܛܠ ܕܠܐ ܗܘܐ ܠܩܕܡܝܟܘܢ ܐܬܝܬܘܢ ܐܠܐ ܠܒܨܝܪܘܬܐ ܗܘ ܢܚܬܬܘܢ
18 पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍ने म सुन्छु र म केही हदसम्म विश्‍वास पनि गर्छु ।
ܠܘܩܕܡ ܓܝܪ ܡܐ ܕܡܬܟܢܫܝܢ ܐܢܬܘܢ ܒܥܕܬܐ ܦܠܓܘܬܐ ܫܡܥ ܐܢܐ ܕܐܝܬ ܒܝܢܬܟܘܢ ܘܡܕܡ ܡܕܡ ܡܗܝܡܢ ܐܢܐ
19 तिमीहरूका माझमा स्वीकृत भएका व्यक्‍तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ ।
ܥܬܝܕܝܢ ܐܢܘܢ ܓܝܪ ܐܦ ܚܪܝܢܐ ܕܢܗܘܘܢ ܒܝܢܬܟܘܢ ܕܐܝܠܝܢ ܕܒܩܝܢ ܒܟܘܢ ܢܬܝܕܥܘܢ
20 तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन ।
ܡܐ ܗܟܝܠ ܕܡܬܟܢܫܝܢ ܐܢܬܘܢ ܠܘ ܐܝܟ ܕܙܕܩ ܠܝܘܡܗ ܕܡܪܢ ܐܟܠܝܢ ܐܢܬܘܢ ܘܫܬܝܢ
21 जब तिमीहरू खान्छौ, अरूले आफ्नो भोजन खानुअगि हरेकले आफ्नो खाना खान्छ । एक जना भोकै हुन्छ र अर्को मातेको हुन्छ ।
ܐܠܐ ܐܢܫ ܐܢܫ ܚܫܡܝܬܗ ܩܕܡ ܐܟܠ ܠܗ ܘܗܘܐ ܚܕ ܟܦܢ ܘܚܕ ܪܘܐ
22 के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनूँ? के तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।
ܕܠܡܐ ܒܬܐ ܠܝܬ ܠܟܘܢ ܕܬܐܟܠܘܢ ܘܬܫܬܘܢ ܐܘ ܒܥܕܬܗ ܕܐܠܗܐ ܒܤܝܢ ܐܢܬܘܢ ܘܡܒܗܬܝܢ ܐܢܬܘܢ ܠܐܝܠܝܢ ܕܠܝܬ ܠܗܘܢ ܡܢܐ ܐܡܪ ܠܟܘܢ ܐܫܒܚܟܘܢ ܒܗܕܐ ܠܐ ܡܫܒܚ ܐܢܐ
23 मैले जे परमेश्‍वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशू ख्रीष्‍टले धोका पाएको त्यो रात रोटी लिनुभयो ।
ܐܢܐ ܓܝܪ ܩܒܠܬ ܡܢ ܡܪܢ ܗܘ ܡܕܡ ܕܐܫܠܡܬ ܠܟܘܢ ܕܡܪܢ ܝܫܘܥ ܒܗܘ ܠܠܝܐ ܕܡܫܬܠܡ ܗܘܐ ܢܤܒ ܗܘܐ ܠܚܡܐ
24 धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो र भन्‍नु भयो, “यो मेरो शरीर हो; यो तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।”
ܘܒܪܟ ܘܩܨܐ ܘܐܡܪ ܤܒܘ ܐܟܘܠܘ ܗܢܘ ܦܓܪܝ ܕܥܠ ܐܦܝܟܘܢ ܡܬܩܨܐ ܗܟܢܐ ܗܘܝܬܘܢ ܥܒܕܝܢ ܠܕܘܟܪܢܝ
25 त्यसरी नै खाइसक्‍नुभएपछि कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब तिमीहरू पिउँछौ, मेरो सम्झना गर्ने गर ।”
ܗܟܢܐ ܡܢ ܒܬܪ ܕܐܚܫܡܘ ܐܦ ܟܤܐ ܝܗܒ ܘܐܡܪ ܗܢܐ ܟܤܐ ܐܝܬܘܗܝ ܕܝܬܩܐ ܚܕܬܐ ܒܕܡܝ ܗܟܢܐ ܗܘܝܬܘܢ ܥܒܕܝܢ ܟܠ ܐܡܬܝ ܕܫܬܝܢ ܐܢܬܘܢ ܠܕܘܟܪܢܝ
26 जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ ।
ܟܠ ܐܡܬܝ ܓܝܪ ܕܐܟܠܝܢ ܐܢܬܘܢ ܠܚܡܐ ܗܢܐ ܘܫܬܝܢ ܐܢܬܘܢ ܟܤܐ ܗܢܐ ܡܘܬܗ ܗܘ ܕܡܪܢ ܡܥܗܕܝܢ ܐܢܬܘܢ ܥܕܡܐ ܠܡܐܬܝܬܗ
27 यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ, ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ ।
ܐܝܢܐ ܗܟܝܠ ܕܐܟܠ ܡܢ ܠܚܡܗ ܕܡܪܝܐ ܘܫܬܐ ܡܢ ܟܤܗ ܘܠܐ ܫܘܐ ܠܗ ܡܚܝܒ ܗܘ ܠܕܡܗ ܕܡܪܝܐ ܘܠܦܓܪܗ
28 कुनै व्यक्‍तिले पहिले आफैँलाई जाँचोस् र रोटी खाओस् र कचौरबाट पिओस् ।
ܡܛܠ ܗܢܐ ܢܗܘܐ ܐܢܫ ܒܩܐ ܢܦܫܗ ܘܗܝܕܝܢ ܐܟܠ ܡܢ ܠܚܡܐ ܗܢܐ ܘܫܬܐ ܡܢ ܟܤܐ ܗܢܐ
29 किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्छ र कचौराबाट पिउँछ, उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ ।
ܡܢ ܕܐܟܠ ܓܝܪ ܘܫܬܐ ܡܢܗ ܟܕ ܠܐ ܫܘܐ ܚܘܝܒܐ ܗܘ ܠܢܦܫܗ ܐܟܠ ܘܫܬܐ ܕܠܐ ܦܪܫ ܦܓܪܗ ܕܡܪܝܐ
30 त्यसकारण, तिमीहरूमध्ये धेरै जना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन् ।
ܡܛܠ ܗܢܐ ܤܓܝܐܝܢ ܒܟܘܢ ܡܪܥܐ ܘܟܪܝܗܐ ܘܤܓܝܐܐ ܕܕܡܟܝܢ
31 तर यदि हामीले आफैँलाई जाँच गर्‍यौँ भने हामी न्यायमा पर्नेछैनौँ ।
ܐܠܘ ܓܝܪ ܢܦܫܢ ܕܝܢܝܢ ܗܘܝܢ ܠܐ ܡܬܕܝܢܝܢ ܗܘܝܢ
32 तर जब हामी परमेश्‍वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।
ܟܕ ܡܬܕܝܢܝܢܢ ܕܝܢ ܡܢ ܡܪܢ ܡܬܪܕܝܘ ܡܬܪܕܝܢܢ ܕܠܐ ܥܡ ܥܠܡܐ ܢܬܚܝܒ
33 त्यसकारण, मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख ।
ܡܟܝܠ ܐܚܝ ܐܡܬܝ ܕܡܬܟܢܫܝܢ ܐܢܬܘܢ ܠܡܐܟܠ ܗܘܝܬܘܢ ܡܩܘܝܢ ܚܕ ܠܚܕ
34 यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्यायमा पर्नेछैनौ । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशनहरू दिनेछु ।
ܡܢ ܕܝܢ ܕܟܦܢ ܒܒܝܬܗ ܢܠܥܤ ܕܠܐ ܠܚܝܒܘܬܐ ܬܗܘܘܢ ܡܬܟܢܫܝܢ ܥܠ ܫܪܟܐ ܕܝܢ ܡܐ ܕܐܬܝܬ ܐܦܩܕܟܘܢ

< १ कोरिन्थी 11 >