< १ कोरिन्थी 10 >

1 भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए ।
Men eg vil ikkje, brør, at de skal vera uvitande um at federne våre var alle under skyi og gjekk alle gjenom havet
2 सबैले बादल र समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए,
og vart alle døypte til Moses i skyi og havet,
3 र सबैले एउटै आत्मिक भोजन खाए ।
og dei åt alle den same åndelege maten
4 सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो ।
og drakk alle den same åndelege drykken; for dei drakk av det åndelege berget som fylgde deim; og berget var Kristus.
5 तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए ।
Men like vel hadde Gud ikkje hugnad i dei fleste av deim; for dei vart nedslegne i øydemarki.
6 तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
Men desse ting hev vorte fyredøme for oss, so ikkje me skal trå etter det vonde liksom dei trådde.
7 तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
Vert ikkje heller avgudsdyrkarar liksom nokre av deim! som skrive stend: «Folket sette seg ned til å eta og drikka og stod upp til å leika.»
8 तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।
Lat oss ikkje heller driva hor, liksom nokre av deim dreiv hor og fall på ein dag tri og tjuge tusund!
9 हामीले ख्रीष्‍टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्‍ट भए ।
Lat oss ikkje heller freista Kristus, liksom nokre av deim freista honom og vart tynte av hoggormar!
10 तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।
Murra ikkje heller, liksom nokre av deim murra og vart tynte av tynaren!
11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ । (aiōn g165)
Men dette hende deim som fyredøme, men det er skrive til påminning for oss som dei siste tider er komne til. (aiōn g165)
12 यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।
Difor, den som tykkjer han stend, han sjå til at han ikkje fell!
13 मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्‍तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ ।
Dykk hev ingi freisting råka som menneskje ikkje kann bera; men Gud er trufast, som ikkje skal lata dykk verta freista utyver det de toler, men skal gjera både freistingi og utgangen slik at de kann halda det ut.
14 त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस ।
Difor, mine kjære, fly frå avgudsdyrkingi!
15 म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
Eg talar som til skynsame folk. Døm sjølv um det eg segjer!
16 हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र?
Velsigningskalken som me velsignar, er han ikkje samfund med Kristi blod? Brødet som me bryt, er det ikkje samfund med Kristi likam?
17 रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ ।
Av di der er eitt brød, er me ein likam, endå me er mange; for me er alle samhavande i det eine brødet.
18 इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र?
Sjå til Israel etter kjøtet! Hev ikkje dei som et offeri, samfund med altaret?
19 त्यसो भए, म के भन्दै छु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?
Kva meiner eg so? At avgudsoffer til? eller at ein avgud er til?
20 तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ ।
Nei, men at det dei ofrar, det ofrar dei til vonde ånder og ikkje til Gud; men eg vil ikkje at de skal koma i samfund med dei vonde ånder.
21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ ।
De kann ikkje drikka kalken til Herren og kalken til vonde ånder; de kann ikkje hava bordsamlag med Herren og bordsamlag med vonde ånder.
22 अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?
Eller torer me eggja Herren til harm? Me er då vel ikkje sterkare enn han?
23 “हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् ।
Alt hev eg lov til, men ikkje alt gagnar. Alt hev eg lov til, men ikkje alt uppbyggjer.
24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
Ingen søkje bate for seg sjølv, men det som batar den andre!
25 तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्‍न नगरी खान सक्छौ ।
Et alt som vert selt i slagtarbudi, og spør ikkje meir um det for samvitet skuld!
26 किनकि “पृथ्‍वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन् ।”
For jordi og alt det som fyller henne, høyrer Herren til.
27 तिमीहरूलाई विश्‍वास नगर्ने कुनै व्यक्‍तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्‍न नसोधी खाओ ।
Og um nokon av dei vantruande bed dykk til gjest, og de vil ganga dit, so et alt som vert framsett for dykk, og spør ikkje meir um det for samvitet skuld!
28 तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्यो भने त्यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो ।
Men um nokon segjer til dykk: «Dette er avgudsoffer, » so et ikkje, for hans skuld som fortalde det, og for samvitet skuld.
29 मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्‍तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्‍त्रताको न्याय हुन किन दिने र?
Samvitet, segjer eg, ikkje eins eige, men samvitet hjå den andre. For kvi skal min fridom dømast av annan manns samvit?
30 म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?
Um eg et med takk, kvi skal eg då verta spotta for det som eg takkar for?
31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।
Anten de so et eller drikk, eller kva de gjer, so gjer alt til Guds æra!
32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर ।
Ver ikkje til meinstøyt korkje for jødar eller grækarar eller for Guds kyrkja,
33 म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।
liksom eg og i alt strævar å tekkjast alle, då eg ikkje søkjer det som er gagnlegt for meg sjølv, men for dei mange, at dei må verta frelste.

< १ कोरिन्थी 10 >