< १ कोरिन्थी 10 >
1 भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए ।
Jer ne bih, braćo, htio da budete u neznanju: oci naši svi bijahu pod oblakom, i svi prijeđoše kroz more,
2 सबैले बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए,
i svi su se na Mojsija krstili u oblaku i u moru,
3 र सबैले एउटै आत्मिक भोजन खाए ।
i svi su isto duhovno jelo jeli,
4 सबैले उस्तै आत्मिक पानी पिए । किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्ट हुनुहुन्थ्यो ।
i svi su isto duhovno piće pili. A pili su iz duhovne stijene koja ih je pratila; stijena bijaše Krist.
5 तर तिनीहरूमध्ये धेरै जनासित परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए ।
Ali većina njih nije bila po volji Bogu: ta poubijani su po pustinji.
6 तिनीहरूले जस्तै हामीले दुष्ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
To bijahu pralikovi naši: da ne žudimo za zlima kao što su žudjeli oni.
7 तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
I ne budite idolopoklonici kao neki od njih, kako je pisano: Posjeda narod da jede i pije pa ustadoše da igraju.
8 तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्ये तेइस हजार मरे ।
I ne podajimo se bludu kao što se neki od njih bludu podaše i padoše u jednom danu dvadeset i tri tisuće.
9 हामीले ख्रीष्टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्ट भए ।
I ne iskušavajmo Gospodina kao što su ga neki od njih iskušavali te od zmija izginuli.
10 तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्ट भएका थिए ।
I ne mrmljajte kao što neki od njih mrmljahu te izgiboše od Zatornika.
11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ । (aiōn )
Sve se to, kao pralik, događalo njima, a napisano je za upozorenje nama, koje su zapala posljednja vremena. (aiōn )
12 यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।
Tko dakle misli da stoji, neka pazi da ne padne.
13 मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ ।
Nije vas zahvatila druga kušnja osim ljudske. Ta vjeran je Bog: neće pustiti da budete kušani preko svojih sila, nego će s kušnjom dati i ishod da možete izdržati.
14 त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस ।
Zato, ljubljeni moji, bježite od idolopoklonstva.
15 म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
Kao razumnima velim: sudite sami što govorim.
16 हामीले आशिष् दिने आशिष्को कचौरा ख्रीष्टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्टको शरीरमा भएको सहभागिता होइन र?
Čaša blagoslovna koju blagoslivljamo nije li zajedništvo krvi Kristove? Kruh koji lomimo nije li zajedništvo tijela Kristova?
17 रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ ।
Budući da je jedan kruh, jedno smo tijelo mi mnogi; ta svi smo dionici jednoga kruha.
18 इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र?
Gledajte Izraela po tijelu! Koji blaguju žrtve nisu li zajedničari žrtvenika?
19 त्यसो भए, म के भन्दै छु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?
Što dakle hoću reći? Idolska žrtva da je nešto? Ili idol da je nešto?
20 तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्ने म चाहन्नँ ।
Naprotiv, da pogani vrazima žrtvuju, ne Bogu. A neću da budete zajedničari vražji.
21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ ।
Ne možete piti čašu Gospodnju i čašu vražju. Ne možete biti sudionici stola Gospodnjega i stola vražjega.
22 अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?
Ili da izazivamo ljubomor Gospodnji? Zar smo jači od njega?
23 “हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् ।
“Sve je slobodno!” Ali - sve ne koristi. “Sve je dopušteno!” Ali - sve ne saziđuje.
24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
Nitko neka ne traži svoje, nego dobro drugoga.
25 तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्न नगरी खान सक्छौ ।
Sve što se prodaje na tržnici, jedite ništa ne ispitujući poradi savjesti.
26 किनकि “पृथ्वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन् ।”
Ta Gospodnja je zemlja i sve na njoj!
27 तिमीहरूलाई विश्वास नगर्ने कुनै व्यक्तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्न नसोधी खाओ ।
Pozove li vas koji nevjernik i želite se odazvati, jedite što vam se ponudi ništa ne ispitujući poradi savjesti.
28 तर कसैले तिमीहरूलाई “यो खाना मूर्तिपूजामा चढाइएको खाना हो” भन्यो भने त्यो नखाओ । योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो ।
Ako vam tko reče: “To je žrtvovano”, ne jedite poradi onoga koji vas je upozorio, i savjesti.
29 मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ, तर अरू व्यक्तिको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकलाई मेरो स्वतन्त्रताको न्याय हुन किन दिने र?
Savjesti mislim, ne svoje, nego onoga drugoga. Ta zašto da moju slobodu druga savjest sudi?
30 म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?
Ako sa zahvalom sudjelujem, zašto da me grde zbog onoga za što zahvaljujem?
31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्वरको महिमाको निम्ति गर ।
Dakle, ili jeli, ili pili, ili drugo što činili, sve na slavu Božju činite.
32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्वरको मण्डलीको अपमान नगर ।
Ne budite na sablazan ni Židovima, ni Grcima, ni Crkvi Božjoj,
33 म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।
kao što i ja svima u svemu ugađam ne tražeći svoju korist, nego što koristi mnogima na spasenje.