< १ इतिहास 6 >

1 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
Los hijos de Levi: Gersón, Coat y Merari.
2 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
Los hijos de Coat: Amram, Izhar, Hebrón y Uziel.
3 अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
Los hijos de Amram: Aarón, Moisés y Miriam. Los hijos de Aarón: Nadab, Abiú, Eleazar e Itamar.
4 एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।
Eleazar fue el padre de Finehas. Finehas fue el padre de Abisúa.
5 अबीशू बुक्‍कीका पिता भए, बुक्‍की उज्‍जीका पिता भए ।
Abisúa fue el padre de Buqui. Buqui fue el padre de Uzi;
6 उज्‍जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।
Uzi fue el padre de Zeraías. Zeraías fue el padre de Meraioth.
7 मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
Meraiot fue el padre de Amarías. Amarías fue el padre de Ajitub.
8 अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
Ajitub fue el padre de Sadok. Sadok fue el padre de Ahimaas.
9 अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।
Ahimaas fue el padre de Azarías. Azarías fue el padre de Johanán.
10 योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा सेवा गरे ।
Johanán fue el padre de Azarías (quien sirvió como sacerdote cuando Salomón construyó el Templo en Jerusalén).
11 अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
Azarías fue el padre de Amarías. Amarías fue el padre de Ajitub.
12 अहीतूब सादोकका पिता भए, र सादोक शल्‍लूमका पिता भए ।
Ajitub fue el padre de Sadoc. Sadoc fue el padre de Salum.
13 शल्‍लूम हिल्‍कियाहका पिता भए, र हिल्‍कियाह अजर्याहका पिता भए ।
Salum fue el padre de Hilcías. Hilcías fue el padre de Azarías.
14 अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
Azarías fue el padre de Seraías, y Seraías fue el padre de Josadac.
15 परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।
Josadac fue llevado al cautiverio cuando el Señor usó a Nabucodonosor para enviar a Judá y a Jerusalén al exilio.
16 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
Los hijos de Leví: Gersón, Coat y Merari.
17 गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।
Estos son los nombres de los hijos de Gersón: Libni y Simei.
18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
Los hijos de Coat: Amram, Izhar, Hebrón y Uziel.
19 मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।
Los hijos de Merari: Mahli y Musi. Estas son las familias de los levitas, que estaban ordenadas según sus padres:
20 गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए ।
Los descendientes de Gersón: Libni su hijo, Jehat su hijo, Zima su hijo,
21 तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।
Joa su hijo, Iddo su hijo, Zera su hijo y Jeatherai su hijo.
22 कहातका सन्‍तानहरूः तिनका छोरा अम्‍मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्‍सीर थिए ।
Los descendientes de Coat: Aminadab su hijo; Coré su hijo; Asir su hijo,
23 तिनका छोरा एल्‍काना थिए । तिनका छोरा एब्‍यासाप थिए । तिनका छोरा अस्‍सीर थिए ।
Elcana su hijo; Ebiasaf su hijo; Asir su hijo;
24 तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्‍जियाह थिए । तिनका छोरा शौल थिए ।
Tahat su hijo; Uriel su hijo; Uzías su hijo, y Saúl su hijo.
25 एल्‍कानाका छोराहरू अमासै, अहीमोत,
Los descendientes de Elcana: Amasai, Ahimot,
26 अनि एल्‍काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत,
Elcana su hijo; Zofai su hijo; Nahat su hijo;
27 तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए ।
Eliab su hijo, Jeroham su hijo; Elcana su hijo, y Samuel su hijo.
28 शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए ।
Los hijos de Samuel: Joel (primogénito) y Abías (el segundo).
29 मरारीका छोरा महली थिए । तिनका छोरा लिब्‍नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्‍जाह थिए ।
Los descendientes de Merari: Mahli, su hijo Libni, su hijo Simei, su hijo Uza,
30 तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्‍गियाह थिए । तिनका छोरा असायाह थिए ।
su hijo Simea, su hijo Haguía y su hijo Asaías.
31 सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌ ।
Estos son los músicos que David designó para dirigir la música en la casa del Señor una vez que el Arca fuera colocada allí.
32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
Ellos dirigieron la música y el canto ante el Tabernáculo, la Tienda de Reunión, hasta que Salomón construyó el Templo del Señor en Jerusalén. Servían siguiendo el reglamento que se les había dado.
33 आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।
Estos son los hombres que servían, junto con sus hijos: De los coatitas Hemán, el cantor, el hijo de Joel, el hijo de Samuel,
34 शमूएल एल्‍कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए ।
hijo de Elcana, hijo de Jeroham, hijo de Eliel, hijo de Toa,
35 तोह सूपका छोरा थिए । सूप एल्‍कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्‍कानाका छोरा थिए ।
hijo de Zuf, ehijo de Elcana, hijo de Mahat, hijo de Amasai,
36 एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्‍याहका छोरा थिए ।
hijo de Elcana, hijo de Joel, hijo de Azarías, hijo de Sofonías,
37 समपन्याह तहतका छोरा थिए । तहत अस्‍सीरका छोरा थिए । अस्सीर एब्‍यासापका छोरा थिए । एब्‍यासाप कोरहका छोरा थिए ।
hijo de Tahat, hijo de Asir, hijo de Ebiasaf, hijo de Coré,
38 कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।
hijo de Izhar, hijo de Coat, hijo de Leví, hijo de Israel.
39 हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्‍थे । आसाप बेरेक्‍याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।
Asaf, pariente de Hemán, que servía junto a él a la derecha: Asaf hijo de Berequías, hijo de Simea,
40 शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्‍कियाहका छोरा थिए ।
hijo de Miguel, hijo de Baasías, hijo de Malaquías,
41 मल्कियाह एत्‍नीका छोरा थिए । एत्‍नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए ।
hijo de Etni, hijo de Zera, hijo de Adaías,
42 अदायाह एतानका छोरा थिए । एतान जिम्‍माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए ।
hijo de Etán, hijo de Zima, hijo de Simei,
43 शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।
hijo de Jahat, hijo de Gersón, hijo de Leví.
44 हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए ।
A la izquierda de Hemán sirvieron los hijos de Merari: Etán hijo de Quisi, el hijo de Abdi, hijo de Malluch,
45 मल्लूक हशब्‍याहका छोरा थिए । हशब्याह अमस्‍याहका छोरा थिए । अमस्याह हिल्‍कियाहका छोरा थिए ।
hijo de Hasabiah, hijo de Amasías, hijo de Hilcías,
46 हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।
hijo de Amzi, hijo de Bani, hijo de Semer,
47 शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।
hijo de Mahli, hijo de Musi, hijo de Merari, hijo de Levi.
48 तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो ।
Los demás levitas desempeñaban todas las demás funciones en el Tabernáculo, la casa de Dios.
49 हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।
Sin embargo, eran Aarón y sus descendientes quienes daban ofrendas en el altar de los holocaustos y en el altar del incienso y hacían todo el trabajo en el Lugar Santísimo, haciendo la expiación por Israel según todo lo que había ordenado Moisés, el siervo de Dios.
50 हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।
Los descendientes de Aarón fueron: Eleazar su hijo, Finees su hijo, Abisúa su hijo,
51 अबीशूका छोरा बुक्‍की थिए । बुक्‍कीका छोरा उज्‍जी थिए । उज्‍जीका छोरा जरयाह थिए ।
Buqui su hijo, Uzi su hijo, Zeraías su hijo,
52 जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए ।
Meraioth su hijo, Amariah su hijo, Ahitub su hijo,
53 अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।
Zadok su hijo, y su hijo Ahimaas.
54 हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।
Estos fueron los lugares que se les dieron para vivir como territorio asignado a los descendientes de Aarón, comenzando por el clan coatita, porque el suyo fue el primer lote:
55 उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्‍यसका खर्कहरू दिए,
Recibieron Hebrón, en Judá, junto con los pastos que la rodean.
56 तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए ।
Pero los campos y las aldeas cercanas a la ciudad fueron entregados a Caleb hijo de Jefone.
57 हारूनका सन्‍तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्‍थानको सहर) र लिब्‍ना, यत्तीर, र एश्‍तमोका खर्कहरूसहित,
Así, los descendientes de Aarón recibieron Hebrón, una ciudad de refugio, Libna, Jatir, Estemoa,
58 खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए ।
Hilén, Debir,
59 अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए ।
Asán, Juta y Bet Semes, junto con sus pastizales.
60 अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।
De la tribu de Benjamín recibieron Gabaón, Geba, Alemeth y Anathoth, junto con sus pastizales. Tenían un total de trece ciudades entre sus familias.
61 कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
Los demás descendientes de Coat recibieron por sorteo diez ciudades de la media tribu de Manasés.
62 गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।
Los descendientes de Gersón, por familia, recibieron trece ciudades de las tribus de Isacar, Aser y Neftalí, y de la media tribu de Manasés en Basán.
63 मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।
Los descendientes de Merari, por familia, recibieron doce ciudades de las tribus de Rubén, Gad y Zabulón.
64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।
El pueblo de Israel dio a los levitas estas ciudades y sus pastizales.
65 माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।
A las ciudades ya mencionadas les asignaron por nombre las de las tribus de Judá, Simeón y Benjamín.
66 कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।
Algunas de las familias coatitas recibieron como territorio ciudades de la tribu de Efraín.
67 तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्‍थानको सहर) गेजेरका खर्कहरूसहित,
Se les dio Siquem, una ciudad de refugio, en la región montañosa de Efraín, Gezer,
68 खर्कहरूसहित योक्‍माम र खर्कहरूसहित बेथ-होरोन,
Jocmeán, Bet-Horon,
69 खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो ।
Aijalon y Gat Rimmon, junto con sus pastizales.
70 मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।
De la mitad de la tribu de Manasés, el pueblo de Israel dio Aner y Bileam, junto con sus pastizales, al resto de las familias coatitas.
71 गेर्शोनीहरूलाई मनश्‍शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्‍तारोत दिए ।
Los descendientes de Gersón recibieron lo siguiente. De la familia de la media tribu de Manasés Golán en Basán, y Astarot, junto con sus pastizales;
72 इस्‍साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत,
de la tribu de Isacar: Cedes, Daberat,
73 खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए ।
Ramot y Anem, junto con sus pastizales;
74 इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्‍दोन,
de la tribu de Aser: Masal, Abdón,
75 खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्‍त गरे ।
Hucoc y Rehob, junto con sus pastizales;
76 तिनीहरूले नप्‍तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्‍मोन र खर्कहरूसहित किर्यातैम, प्राप्‍त गरे ।
y de la tribu de Neftalí: Cedes en Galilea, Hamón y Quiriatím, con sus pastizales.
77 मरारीका बाँकी सन्‍तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्‍माम, कर्तह, रिम्‍मोनो र खर्कहरूसहित तबोर प्राप्‍त गरे,
Los demás descendientes de Merari recibieron lo siguiente. De la tribu de Zabulón Jocneam, Carta, Rimón y Tabor, con sus pastizales;
78 अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,
de la tribu de Rubén, al este del Jordán, frente a Jericó: Beser (en el desierto), Jahzá,
79 खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,
Cedemot y Mefat, con sus pastizales
80 लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम,
y de la tribu de Gad: Ramot de Galaad, Mahanaim,
81 खर्कहरूसहित हेश्‍बोन र खर्कहरूसहित याजेर प्राप्‍त गरे ।
Hesbón y Jazer, con sus pastizales.

< १ इतिहास 6 >