< १ इतिहास 6 >
1 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
Die Kinder Levis waren: Gerson, Kahath und Merari.
2 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।
Die Kinder aber Kahaths waren: Amram, Jizhar, Hebron und Usiel.
3 अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
Die Kinder Amrams waren: Aaron, Mose und Mirjam. Die Kinder Aaron waren Nadab, Abihu, Eleasar und Ithamar.
4 एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।
Eleasar zeugte Pinehas. Pinehas zeugte Abisua.
5 अबीशू बुक्कीका पिता भए, बुक्की उज्जीका पिता भए ।
Abisua zeugte Bukki. Bukki zeugte Usi.
6 उज्जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।
Usi zeugte Serahja. Serahja zeugte Merajoth.
7 मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
Merajoth zeugte Amarja. Amarja zeugte Ahitob.
8 अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
Ahitob zeugte Zadok. Zadok zeugte Ahimaaz.
9 अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।
Ahimaaz zeugte Asarja. Asarja zeugte Johanan.
10 योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्दिरमा सेवा गरे ।
Johanan zeugte Asarja, den, der Priester war in dem Hause, das Salomo baute zu Jerusalem.
11 अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
Asarja zeugte Amarja. Amarja zeugte Ahitob.
12 अहीतूब सादोकका पिता भए, र सादोक शल्लूमका पिता भए ।
Ahitob zeugte Zadok. Zadok zeugte Sallum.
13 शल्लूम हिल्कियाहका पिता भए, र हिल्कियाह अजर्याहका पिता भए ।
Sallum zeugte Hilkia. Hilkia zeugte Asarja.
14 अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
Asarja zeugte Seraja. Seraja zeugte Jozadak.
15 परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।
Jozadak aber ward mit weggeführt, da der HERR Juda und Jerusalem durch Nebukadnezar ließ gefangen wegführen.
16 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
So sind nun die Kinder Levis diese: Gerson, Kahath, Merari.
17 गेर्शोनका छोराहरू लिब्नी र शिमी थिए ।
So heißen aber die Kinder Gersons: Libni und Simei.
18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।
Aber die Kinder Kahaths heißen: Amram, Jizhar, Hebron und Usiel.
19 मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन् ।
Die Kinder Meraris heißen: Maheli und Musi. Das sind die Geschlechter der Leviten nach ihren Vaterhäusern.
20 गेर्शोनका सन्तानहरू: तिनका छोरा लिब्नी थिए । लिब्नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्माह थिए ।
Gerson Sohn war Libni; des Sohn war Jahath; des Sohn war Simma;
21 तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।
des Sohn war Joah; des Sohn war Iddo; des Sohn war Serah; des Sohn war Jeathrai.
22 कहातका सन्तानहरूः तिनका छोरा अम्मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्सीर थिए ।
Kahaths Sohn aber war Aminadab; des Sohn war Korah; des Sohn war Assir;
23 तिनका छोरा एल्काना थिए । तिनका छोरा एब्यासाप थिए । तिनका छोरा अस्सीर थिए ।
des Sohn war Elkana; des Sohn war Abiasaph; des Sohn war Assir;
24 तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्जियाह थिए । तिनका छोरा शौल थिए ।
des Sohn war Thahat; des Sohn war Uriel; des Sohn war Usia; des Sohn war Saul.
25 एल्कानाका छोराहरू अमासै, अहीमोत,
Die Kinder Elkanas waren: Amasai und Ahimoth;
26 अनि एल्काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत,
des Sohn war Elkana; des Sohn war Elkana von Zoph; des Sohn war Nahath;
27 तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्काना थिए ।
des Sohn war Eliab; des Sohn war Jeroham; des Sohn war Elkana.
28 शमूएलका छोराहरू जेठा योएल र कान्छा अबिया थिए ।
Und die Kinder Samuels waren: der Erstgeborene Vasni und Abia.
29 मरारीका छोरा महली थिए । तिनका छोरा लिब्नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्जाह थिए ।
Meraris Sohn war Maheli; des Sohn war Libni; des Sohn war Simei; des Sohn war Usa;
30 तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्गियाह थिए । तिनका छोरा असायाह थिए ।
des Sohn war Simea; des Sohn war Haggia; des Sohn war Asaja.
31 सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन् ।
Dies sind aber, die David bestellte, zu singen im Hause des HERRN, als die Lade des Bundes zur Ruhe gekommen war;
32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाएसम्म पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
und sie dienten vor der Wohnung der Hütte des Stifts mit Singen, bis daß Salomo das Haus des HERRN baute zu Jerusalem, und standen nach ihrer Weise in ihrem Amt.
33 आ-आफ्ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।
Und dies sind sie, die da standen, und ihre Kinder: Von den Kindern Kahaths war Heman, der Sänger, der Sohn Joels, des Sohnes Samuel;
34 शमूएल एल्कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए ।
des Sohnes Elkanas, des Sohnes Jerohams, des Sohnes Eliels, des Sohnes Thoahs,
35 तोह सूपका छोरा थिए । सूप एल्कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्कानाका छोरा थिए ।
des Sohnes Zuphs, des Sohnes Elkanas, des Sohnes Mahaths, des Sohnes Amasais,
36 एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्याहका छोरा थिए ।
des Sohnes Elkanas, des Sohnes Joels, des Sohnes Asarjas, des Sohnes Zephanjas,
37 समपन्याह तहतका छोरा थिए । तहत अस्सीरका छोरा थिए । अस्सीर एब्यासापका छोरा थिए । एब्यासाप कोरहका छोरा थिए ।
des Sohnes Thahaths, des Sohnes Assirs, des Sohnes Abiasaphs, des Sohnes Korahs,
38 कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।
des Sohnes Jizhars, des Sohnes Kahaths, des Sohnes Levis, des Sohnes Israels.
39 हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्थे । आसाप बेरेक्याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।
Und sein Bruder Asaph stand zu seiner Rechten. Und er, der Asaph, war ein Sohn Berechjas, des Sohnes Simeas,
40 शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्कियाहका छोरा थिए ।
des Sohnes Michaels, des Sohnes Baesejas, des Sohnes Malchias,
41 मल्कियाह एत्नीका छोरा थिए । एत्नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए ।
des Sohnes Athnis, des Sohnes Serahs, des Sohnes Adajas,
42 अदायाह एतानका छोरा थिए । एतान जिम्माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए ।
des Sohnes Ethans, des Sohnes Simmas, des Sohnes Simeis,
43 शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।
des Sohnes Jahats, des Sohnes Gersons, des Sohnes Levis.
44 हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्दीका छोरा थिए । अब्दी मल्लूकका छोरा थिए ।
Ihre Brüder aber, die Kinder Meraris, standen zur Linken: nämlich Ethan, der Sohn Kusis, des Sohnes Abdis, des Sohnes Malluchs,
45 मल्लूक हशब्याहका छोरा थिए । हशब्याह अमस्याहका छोरा थिए । अमस्याह हिल्कियाहका छोरा थिए ।
des Sohnes Hasabjas, des Sohnes Amazjas, des Sohnes Hilkias,
46 हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।
des Sohnes Amzis, des Sohnes Banis, des Sohnes Semers,
47 शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।
des Sohnes Mahelis, des Sohnes Musis, des Sohnes Meraris, des Sohnes Levis.
48 तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्वरको मन्दिरमा भएको पवित्र वासस्थानका सबै कामको जिम्मा दिइयो ।
Ihre Brüder aber, die Leviten, waren gegeben zu allerlei Amt an der Wohnung des Hauses Gottes.
49 हारून र तिनका सन्तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्चित गर्नलाई परमेश्वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।
Aaron aber und seine Söhne waren im Amt, anzuzünden auf dem Brandopferaltar und auf dem Räucheraltar und zu allem Geschäft im Allerheiligsten und zu versöhnen Israel, wie Mose, der Knecht Gottes, geboten hatte.
50 हारूनका सन्तान निम्नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।
Dies sind aber die Kinder Aarons: Eleasar, sein Sohn: des Sohn war Pinehas; des Sohn war Abisua;
51 अबीशूका छोरा बुक्की थिए । बुक्कीका छोरा उज्जी थिए । उज्जीका छोरा जरयाह थिए ।
des Sohn war Bukki, des Sohn war Usi; des Sohn war Serahja;
52 जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए ।
des Sohn war Merajoth; des Sohn war Amarja; des Sohn war Ahitob;
53 अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।
des Sohn war Zadok; des Sohn war Ahimaaz.
54 हारूनका सन्तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन् (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।
Und dies ist ihre Wohnung und Sitz in ihren Grenzen, nämlich der Kinder Aaron, des Geschlechts der Kahathiter; denn das Los fiel ihnen zu,
55 उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्यसका खर्कहरू दिए,
und sie gaben ihnen Hebron im Lande Juda und desselben Vorstädte umher.
56 तर त्यस सहरका खेतबारी र त्यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्नेका छोरा कालेबलाई दिए ।
Aber das Feld der Stadt und ihre Dörfer gaben sie Kaleb, dem Sohn Jephunnes.
57 हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्थानको सहर) र लिब्ना, यत्तीर, र एश्तमोका खर्कहरूसहित,
So gaben sie nun den Kinder Aaron die Freistädte Hebron und Libna samt ihren Vorstädten, Jatthir und Esthemoa mit ihren Vorstädten.
58 खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए ।
Hilen, Debir,
59 अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए ।
Asan und Beth-Semes mit ihren Vorstädten;
60 अनि बेन्यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।
und aus dem Stamm Benjamin: Geba, Alemeth und Anathoth mit ihren Vorstädten, daß aller Städte in ihren Geschlechtern waren dreizehn.
61 कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
Aber den Kindern Kahaths nach ihren Geschlechtern wurden durch Los aus dem Stamm Ephraim, aus dem Stamm Dan und aus dem halben Stamm Manasse zehn Städte.
62 गेर्शोनका सन्तानहरूलाई तिनीहरूका वंशहरूमा इस्साखार, आशेर, नप्ताली र बाशानमा भएको मनश्शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।
Den Kindern Gerson nach ihren Geschlechtern wurden aus dem Stamm Isaschar und aus dem Stamm Asser und aus dem Stamm Naphthali und aus dem Stamm Manasse in Basan dreizehn Städte.
63 मरारीका सन्तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।
Den Kindern Merari nach ihren Geschlechtern wurden durch das Los aus dem Stamm Ruben und aus dem Stamm Gad und aus dem Stamm Sebulon zwölf Städte.
64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।
Und die Kinder Israel gaben den Leviten die Städte mit ihren Vorstädten,
65 माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।
nämlich durchs Los aus dem Stamm der Kinder Juda und aus dem Stamm der Kinder Simeon und aus dem Stamm der Kinder Benjamin die Städte, die sie mit Namen bestimmten.
66 कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।
Aber den Geschlechtern der Kinder Kahath wurden Städte ihres Gebietes aus dem Stamm Ephraim.
67 तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्थानको सहर) गेजेरका खर्कहरूसहित,
So gaben sie nun ihnen, dem Geschlecht der andern Kinder Kahath, die Freistädte: Sichem auf dem Gebirge Ephraim, Geser,
68 खर्कहरूसहित योक्माम र खर्कहरूसहित बेथ-होरोन,
Jokmeam, Beth-Horon,
69 खर्कहरूसहित अय्यालोन र खर्कहरूसहित गात-रिम्मोन दिइयो ।
Ajalon und Gath-Rimmon mit ihren Vorstädten.
70 मनश्शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।
Dazu aus dem halben Stamm Manasse: Aner und Bileam mit ihren Vorstädten.
71 गेर्शोनीहरूलाई मनश्शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्तारोत दिए ।
Aber den Kindern Gerson gaben sie aus dem Geschlecht des halben Stammes Manasse: Golan in Basan und Astharoth mit ihren Vorstädten.
72 इस्साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत,
Aus dem Stamm Isaschar: Kedes, Dabrath,
73 खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए ।
Ramoth und Anem mit ihren Vorstädten.
74 इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्दोन,
Aus dem Stamm Asser: Masal, Abdon,
75 खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्त गरे ।
Hukok und Rehob mit ihren Vorstädten.
76 तिनीहरूले नप्तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्मोन र खर्कहरूसहित किर्यातैम, प्राप्त गरे ।
Aus dem Stamm Naphthali: Kedes in Galiläa, Hammon und Kirjathaim mit ihren Vorstädten.
77 मरारीका बाँकी सन्तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्माम, कर्तह, रिम्मोनो र खर्कहरूसहित तबोर प्राप्त गरे,
Den andern Kindern Merari gaben sie aus dem Stamm Sebulon: Rimmono und Thabor mit ihren Vorstädten;
78 अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,
und jenseit des Jordans gegenüber Jericho, gegen der Sonne Aufgang am Jordan, aus dem Stamm Ruben: Bezer in der Wüste, Jahza,
79 खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,
Kedemoth und Mephaat mit ihren Vorstädten.
80 लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम,
Aus dem Stamm Gad: Ramoth in Gilead, Mahanaim,
81 खर्कहरूसहित हेश्बोन र खर्कहरूसहित याजेर प्राप्त गरे ।
Hesbon und Jaser mit ihren Vorstädten.