< १ इतिहास 5 >
1 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्येष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए । त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन ।
Y los hijos de Rubén, primogénito de Israel (porque él era el primogénito, mas como violó el lecho de su padre, sus derechos de primogenitura fueron dados a los hijos de José, hijo de Israel; y no fue contado por primogénito.
2 यहूदा आफ्ना दाजुभाइमध्ये सबैभन्दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्येष्ठ अधिकार योसेफको थियो—
Porque Judá fue el mayorazgo sobre sus hermanos, y el príncipe de ellos; mas el derecho de primogenitura fue de José).
3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए ।
Fueron, pues, los hijos de Rubén, primogénito de Israel: Hanoc, Falú, Hezrón y Carmi.
4 योएलका सन्तान यिनै थिएः योएलका छोरा शमायाह थिए । शमायाहका छोरा गोग तिए । गोगका छोरा शिमी थिए ।
Los hijos de Joel: Semaías su hijo, Gog su hijo, Simei su hijo;
5 शिमीका छोरा मीका तिए । मीकाका छोरा रायाह थिए । रायाहक छोरा बाल थिए ।
Micaía su hijo, Reaía su hijo, Baal su hijo;
6 बालका छोरा बीरह थिए, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगे । बीरह रूबेनी कुलका अगुवा थिए ।
Beera su hijo, el cual fue trasportado por Tiglat-pileser rey de los asirios. Este era principal de los rubenitas.
7 आ-आफ्ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र
Y sus hermanos por sus familias, cuando eran contados en sus descendencias, tenían por príncipes a Jeiel y a Zacarías.
8 योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,
Y Bela hijo de Azaz, hijo de Sema, hijo de Joel, habitó en Aroer hasta Nebo y Baal-meón.
9 र पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाड-स्थानको छेउसम्म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्तु पशुको संख्या ज्यादै बढेको हुनाले यसो भयो ।
Habitó también desde el oriente hasta la entrada del desierto desde el río Eufrates; porque tenía muchos ganados en la tierra de Galaad.
10 शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे र उनीहरूलाई जिते । तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे ।
Y en los días de Saúl trajeron guerra contra los agarenos ( ismaelitas ), los cuales cayeron en su mano; y ellos habitaron en sus tiendas sobre toda la parte oriental de Galaad.
11 गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्मै बसेका थिए ।
Y los hijos de Gad habitaron enfrente de ellos en la tierra de Basán hasta Salca.
12 योएल तिनीहरूका अगुवा थिए । शापाम दोस्रो थिए । अनि बाशानमा यानै र शाफात ।
Y el primogénito fue Joel, el segundo Safán, y Jaanai, y Safat en Basán.
13 तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल, मशुल्लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्मा सात जना थिए ।
Y sus hermanos, según las familias de sus padres, fueron Micael, Mesulam, Seba, Jorai, Jacán, Zía, y Heber; en todos siete.
14 यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए ।
Estos fueron los hijos de Abihail hijo de Huri, hijo de Jaroa, hijo de Galaad, hijo de Micael, hijo de Jesisai, hijo de Jahdo, hijo de Buz.
15 गुनीका छोरा अब्दीएलका छोरा अही तिनीहरूका पिताका परिवारका मुखिया थिए ।
También Ahí, hijo de Abdiel, hijo de Guni, fue principal en la casa de sus padres.
16 तिनीहरू गिलादमा, बाशान र त्यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्मै बस्थे ।
Los cuales habitaron en Galaad, en Basán, y en sus aldeas, y en todos los ejidos de Sarón hasta salir de ellos.
17 यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए ।
Todos estos fueron contados por sus generaciones en días de Jotam rey de Judá, y en días de Jeroboam rey de Israel.
18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे ।
Los hijos de Rubén, y de Gad, y la media tribu de Manasés, hombres valientes, hombres que traían escudo y espada, que entesaban arco, y diestros en guerra, cuarenta y cuatro mil setecientos sesenta que salían a batalla.
19 तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबलाई आक्रमण गरे ।
Y tuvieron guerra con los agarenos, y Jetur, y Nafis, y Nodab.
20 उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्ति आफ्ना परमेश्वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्नो भरोसा राखे ।
Y fueron ayudados contra ellos, y los agarenos se dieron en sus manos, y todos los que con ellos estaban; porque clamaron a Dios en la guerra, y les fue favorable, porque esperaron en él.
21 उनीहरूका गाईवस्तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख जना मानिसलाई कब्जा गरे ।
Y tomaron sus ganados, cincuenta mil camellos, y doscientas cincuenta mil ovejas, dos mil asnos, y cien mil personas.
22 अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्वरबाट भएको थियो । तिनीहरू कैदमा नगरेसम्म तिनीहरू त्यही देशमा बसोबास गरे ।
Y cayeron muchos heridos, porque la guerra era de Dios; y habitaron en sus lugares hasta la transmigración.
23 मनश्शेका आधा कुल बाशानदेखि बाल-हेर्मोन र सेनीरसम्म (अर्थात् हेर्मोन पर्वत) बसोबास गरे ।
Y los hijos de la media tribu de Manasés habitaron en la tierra, desde Basán hasta Baal-hermón, y Senir y el monte de Hermón, multiplicados en gran manera.
24 तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।
Y estas fueron las cabezas de las casas de sus padres: Efer, Isi, y Eliel, Azriel, y Jeremías, y Hodavías, y Jahdiel, hombres valientes y de esfuerzo, varones de nombre y cabeceras de las casas de sus padres.
25 तर तिनीहरू आफ्ना पुर्खाहरूका परमेश्वरप्रति विश्वासयोग्य भएनन् । बरु, तिनीहरूले त्यस देशका मानिसहरूका देवताहरूको पुजा गरे, जसलाई परमेश्वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो ।
Mas se rebelaron contra el Dios de sus padres, y fornicaron siguiendo los dioses de los pueblos de la tierra, a los cuales el SEÑOR había quitado de delante de ellos.
26 इस्राएलका परमेश्वरले अश्शूरका राजा पूललाई (जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेर पनि भनिन्थ्यो) उक्साउनुभयो । उनले रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे । उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, जाहाँ तिनीहरू आजको दिनसम्म छन् ।
Por lo cual el Dios de Israel despertó el espíritu de Pul rey de los Asirios, y el espíritu de Tiglat-pileser rey de los Asirios, el cual trasportó a los rubenitas y gaditas y a la media tribu de Manasés, y los llevó a Halah, y a Habor y a Ara, y al río de Gozán, hasta hoy.