< १ इतिहास 5 >

1 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए । त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन ।
ובני ראובן בכור ישראל כי הוא הבכור ובחללו יצועי אביו נתנה בכרתו לבני יוסף בן ישראל ולא להתיחש לבכרה׃
2 यहूदा आफ्‍ना दाजुभाइमध्‍ये सबैभन्‍दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो—
כי יהודה גבר באחיו ולנגיד ממנו והבכרה ליוסף׃
3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए ।
בני ראובן בכור ישראל חנוך ופלוא חצרון וכרמי׃
4 योएलका सन्‍तान यिनै थिएः योएलका छोरा शमायाह थिए । शमायाहका छोरा गोग तिए । गोगका छोरा शिमी थिए ।
בני יואל שמעיה בנו גוג בנו שמעי בנו׃
5 शिमीका छोरा मीका तिए । मीकाका छोरा रायाह थिए । रायाहक छोरा बाल थिए ।
מיכה בנו ראיה בנו בעל בנו׃
6 बालका छोरा बीरह थिए, जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले कैद गरेर लगे । बीरह रूबेनी कुलका अगुवा थिए ।
בארה בנו אשר הגלה תלגת פלנאסר מלך אשר הוא נשיא לראובני׃
7 आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र
ואחיו למשפחתיו בהתיחש לתלדותם הראש יעיאל וזכריהו׃
8 योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,
ובלע בן עזז בן שמע בן יואל הוא יושב בערער ועד נבו ובעל מעון׃
9 र पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो ।
ולמזרח ישב עד לבוא מדברה למן הנהר פרת כי מקניהם רבו בארץ גלעד׃
10 शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे र उनीहरूलाई जिते । तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे ।
ובימי שאול עשו מלחמה עם ההגראים ויפלו בידם וישבו באהליהם על כל פני מזרח לגלעד׃
11 गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्‍मै बसेका थिए ।
ובני גד לנגדם ישבו בארץ הבשן עד סלכה׃
12 योएल तिनीहरूका अगुवा थिए । शापाम दोस्रो थिए । अनि बाशानमा यानै र शाफात ।
יואל הראש ושפם המשנה ויעני ושפט בבשן׃
13 तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना थिए ।
ואחיהם לבית אבותיהם מיכאל ומשלם ושבע ויורי ויעכן וזיע ועבר שבעה׃
14 यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए ।
אלה בני אביחיל בן חורי בן ירוח בן גלעד בן מיכאל בן ישישי בן יחדו בן בוז׃
15 गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका पिताका परिवारका मुखिया थिए ।
אחי בן עבדיאל בן גוני ראש לבית אבותם׃
16 तिनीहरू गिलादमा, बाशान र त्‍यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्‍मै बस्‍थे ।
וישבו בגלעד בבשן ובבנתיה ובכל מגרשי שרון על תוצאותם׃
17 यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्‍य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए ।
כלם התיחשו בימי יותם מלך יהודה ובימי ירבעם מלך ישראל׃
18 रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे ।
בני ראובן וגדי וחצי שבט מנשה מן בני חיל אנשים נשאי מגן וחרב ודרכי קשת ולמודי מלחמה ארבעים וארבעה אלף ושבע מאות וששים יצאי צבא׃
19 तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबलाई आक्रमण गरे ।
ויעשו מלחמה עם ההגריאים ויטור ונפיש ונודב׃
20 उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्‍वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्‍ति आफ्‍ना परमेश्‍वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्‍नो भरोसा राखे ।
ויעזרו עליהם וינתנו בידם ההגריאים וכל שעמהם כי לאלהים זעקו במלחמה ונעתור להם כי בטחו בו׃
21 उनीहरूका गाईवस्‍तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख जना मानिसलाई कब्‍जा गरे ।
וישבו מקניהם גמליהם חמשים אלף וצאן מאתים וחמשים אלף וחמורים אלפים ונפש אדם מאה אלף׃
22 अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरबाट भएको थियो । तिनीहरू कैदमा नगरेसम्‍म तिनीहरू त्‍यही देशमा बसोबास गरे ।
כי חללים רבים נפלו כי מהאלהים המלחמה וישבו תחתיהם עד הגלה׃
23 मनश्‍शेका आधा कुल बाशानदेखि बाल-हेर्मोन र सेनीरसम्‍म (अर्थात् हेर्मोन पर्वत) बसोबास गरे ।
ובני חצי שבט מנשה ישבו בארץ מבשן עד בעל חרמון ושניר והר חרמון המה רבו׃
24 तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।
ואלה ראשי בית אבותם ועפר וישעי ואליאל ועזריאל וירמיה והודויה ויחדיאל אנשים גבורי חיל אנשי שמות ראשים לבית אבותם׃
25 तर तिनीहरू आफ्‍ना पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन् । बरु, तिनीहरूले त्‍यस देशका मानिसहरूका देवताहरूको पुजा गरे, जसलाई परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो ।
וימעלו באלהי אבותיהם ויזנו אחרי אלהי עמי הארץ אשר השמיד אלהים מפניהם׃
26 इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूललाई (जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर पनि भनिन्थ्यो) उक्‍साउनुभयो । उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे । उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, जाहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌ ।
ויער אלהי ישראל את רוח פול מלך אשור ואת רוח תלגת פלנסר מלך אשור ויגלם לראובני ולגדי ולחצי שבט מנשה ויביאם לחלח וחבור והרא ונהר גוזן עד היום הזה׃

< १ इतिहास 5 >