< १ इतिहास 4 >
1 यहूदाका सन्तानहरू फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल थिए ।
Los hijos de Judá: Fares, Esrom, Carmi, Hur y Sobal.
2 शोबाल रायाहका पिता थिए । रायाह यहतका पिता थिए । यहत अहूमै र लहदका पिता थिए । सोरातीहरूका वंश यी नै थिए ।
Reaías, hijo de Sobal, fue padre de Jahat, y Jahat fue padre de Ahumai y Lahad. Estas son las familias de los zoratíes.
3 एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्मा, यिदबश । तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो ।
Estos fueron los hijos del padre de Etam Jezreel, Isma e Idbash. El nombre de su hermana era Hazzelelponi.
4 पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए । एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए । एप्रातका जेठा छोरा र बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए ।
Penuel fue el padre de Gedor y Ezer el padre de Hushah. Estos son los hijos de Hur, primogénito de Efrata, padre de Belén.
5 तकोका पिता अश्शूरका दुई पत्नीहरू हेलह र नारा थिए ।
Ashur, padre de Tecoa, tuvo dos esposas, Helá y Naara.
6 नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन् । नाराका छोराहरू यि नै थिए ।
Naara le dio a luz a Ahuzzam, Hefer, Temeni y Haahashtari. Estos fueron los hijos de Naara.
7 हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,
Los hijos de Hela fueron Zeret, Izhar y Etnán.
8 र कोस थिए । कोसचाहिं आनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए ।
Hakkoz fue el padre de Anub, Zobebah y las familias de Aharhel, hijo de Harum.
9 याबेस आफ्ना दाजुभाइभन्दा आदरणीय थिए । तिनकी आमाले तिनलाई याबेस नाउँ दिइन् । तिनले बनिन्, “किनभने मैले त्यसलाई वेदनामा जन्माएँ ।”
Jabes era más honorable que sus hermanos. Su madre le puso el nombre de Jabes, diciendo: “Porque lo parí con dolor”.
10 याबेसले इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे र यसो भने, “तपाईंले मलाई साँच्चै आशिष् दिनुहुन्छ भने, मेरो इलाका बढाउनुहोस्, र तपाईंको हात ममाथि रहोस् । तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्छ, जसले गर्दा म पीडामुक्त हुन सक्छु ।” यसैले परमेश्वरले तिनको बिन्ती सुन्नुभयो ।
Jabes invocó al Dios de Israel, diciendo: “¡Oh, que me bendigas de verdad y amplíes mi frontera! Que tu mano esté conmigo, y que me guardes del mal, para que no cause dolor”. Dios le concedió lo que pidió.
11 शूहहका भाइ कलूब मेहीरका पिता बने, जो एश्तोनका पिता थिए ।
Quelub, hermano de Shuhah, se convirtió en el padre de Mehir, quien fue el padre de Eshton.
12 एश्तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए ।
Eshton llegó a ser el padre de Beth Rapha, Paseah, y Tehinnah el padre de Ir Nahash. Estos son los hombres de Recah.
13 कनजका छोराहरू ओत्निएल र सरायाह थिए । ओत्निएलका छोराहरू हतत र मोनोतै थिए ।
Los hijos de Kenaz: Othniel y Seraiah. Los hijos de Othniel: Hathath.
14 मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए ।
Meonothai fue el padre de Ofra; y Seraiah fue el padre de Joab, el padre de Ge Harashim, porque eran artesanos.
15 यपुन्नेका छोरा कालेबका छोराहरू ईरू, एलाह र नआम थिए । एलाहका छोरा कनज थिए ।
Los hijos de Caleb, hijo de Jefone: Iru, Ela y Naam. El hijo de Ela: Kenaz.
16 यहललेलका छोराहरू जीप, जीपा, तीरया र असरेल थिए ।
Los hijos de Jehallelel: Zif, Zifa, Tiria y Asarel.
17 एज्रहका छोराहरू येतेर, मेरेद, एपेर, यालोन थिए । मेरेदले विवाह गरेकी मिश्री बित्याहले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन् ।
Los hijos de Esdras: Jeter, Mered, Efer y Jalón; y la mujer de Mered dio a luz a Miriam, a Shammai y a Ishbah, padre de Eshtemoa.
18 यिनीहरू मेरेदले बिहा गरेर ल्याएकी फारोकी छोरी बित्याहका छोराहरू थिए । मेरेदकी यहूदी पत्नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन् ।
Su mujer, la judía, dio a luz a Jered, padre de Gedor, a Heber, padre de Soco, y a Jekutiel, padre de Zanoa. Estos son los hijos de Bitías, hija del faraón, que tomó Mered.
19 नहमकी बहिनी होदियाहकी पत्नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने । अर्का माकाती एश्तमो थिए ।
Los hijos de la mujer de Hodías, hermana de Naham, fueron los padres de Keilá el garmita y de Estemoa el maacateo.
20 शिमोनका छोराहरू अमनोन, रिन्ना, बेन-हानान र तीलोन थिए । यिशीका छोराहरू जोहेत र बेन-जोहेत थिए ।
Los hijos de Simón: Amnón, Rinna, Ben Hanán y Tilón. Los hijos de Ishi: Zohet y Ben Zohet.
21 यहूदाका छोरा शेलहका सन्तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू,
Los hijos de Sala, hijo de Judá: Er padre de Leca, Laada padre de Maresa, y las familias de la casa de los que trabajaban el lino fino, de la casa de Asbea;
22 योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)
y Jokim, y los hombres de Cozeba, y Joás, y Saraf, que tenían dominio en Moab, y Jasubilehem. Estos registros son antiguos.
23 यि कुमालेहरू नतैम र गदेरामा बस्थे र राजाको निम्ति काम गर्थे ।
Estos eran los alfareros y los habitantes de Netaim y Gedera; vivían allí con el rey para su trabajo.
24 शिमियोनका सन्तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए ।
Los hijos de Simeón: Nemuel, Jamín, Jarib, Zera, Shaúl;
25 शौलका छोरा शल्लूम थिए, शल्लूमका छोरा मिब्साम थिए, र मिब्सामका छोरा मिश्मा थिए ।
Su hijo Salum, su hijo Mibsam y su hijo Misma.
26 मिश्माका सन्तानहरू तिनका छोरा हम्मूएल, तिनका नाति जक्कूर, तिनका पनाति शिमी थिए ।
Los hijos de Misma: Hamuel su hijo, Zaccur su hijo, Simei su hijo.
27 शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्यामा बढेन ।
Simei tuvo dieciséis hijos y seis hijas; pero sus hermanos no tuvieron muchos hijos, y toda su familia no se multiplicó como los hijos de Judá.
28 तिनीहरू बेर्शेबा, मोलादा र हसर-शूआलमा बसे ।
Vivían en Beerseba, Molada, Hazarshual,
29 तिनीहरू बिल्हा, एसेम, तोलद,
en Bilhá, en Ezem, en Tolad,
30 बतूएल, होर्मा, सिक्लग,
en Betuel, en Horma, en Siclag,
31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे । दाऊदले शासन नगरेसम्म तिनीहरूका सहरहरू यी नै थिए ।
en Bet Marcabot, Hazar Susim, en Bet Biri y en Shaaraim. Estas fueron sus ciudades hasta el reinado de David.
32 तिनीहरूका पाँच बस्तीहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान थिए,
Sus aldeas eran Etam, Ain, Rimmon, Tochen y Ashan, cinco ciudades;
33 साथै बालातसम्मै वरिपरि तिनीहरूका गाउँहरू थिए । तिनीहरूका बस्तिहरू यी नै थिए, र तिनीहरूले वंशाक्रमको लेख राखे ।
y todas sus aldeas que estaban alrededor de las mismas ciudades, hasta Baal. Estos fueron sus asentamientos, y conservaron su genealogía.
34 वंशका अगुवाहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा,
Meshobab, Jamlec, Josá hijo de Amasías,
35 योएल, योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,
Joel, Jehú hijo de Joshibías, hijo de Seraías, hijo de Asiel,
36 एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
Elioenai, Jaakobah, Jeshohaiah, Asaiah, Adiel, Jesimiel, Benaía,
37 र शिपीका छोरा जीजा, जो अल्लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।
y Ziza hijo de Sifí, hijo de Allón, hijo de Jedaías, hijo de Simri, hijo de Semaías —
38 माथि लेखिएका मानिसहरू आ-आफ्नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे ।
estos mencionados por su nombre eran príncipes en sus familias. Las casas de sus padres aumentaron mucho.
39 तिनीहरू आफ्ना बगालहरूका निम्ति खर्क खोज्दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए ।
Fueron a la entrada de Gedor, al lado oriental del valle, para buscar pastos para sus rebaños.
40 तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए । त्यो भुभाग फराकिलो, शान्त र सूनसान थियो । अघि त्यो ठाउँमा हामका मानिसहरू बसेका थिए ।
Encontraron ricos y buenos pastos, y la tierra era amplia, tranquila y apacible, porque los que vivían allí antes eran descendientes de Cam.
41 यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए र त्यहाँ भएका हामका मानिसहरू र मोनीहरूलाई आक्रमण गरे । तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे र आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर ।
Estos escritos por su nombre vinieron en los días de Ezequías, rey de Judá, y atacaron sus tiendas y a los meuníes que allí se encontraban, y los destruyeron por completo hasta el día de hoy, y vivieron en su lugar, porque allí había pastos para sus rebaños.
42 तिबाट, शिमियोनका छोराहरू पलत्याह, नार्याह, रपायाह र उज्जीएललाई आफ्ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए ।
Algunos de ellos, de los hijos de Simeón, quinientos hombres, fueron al monte de Seir, teniendo por capitanes a Pelatías, Nearías, Refaías y Uziel, hijos de Ishi.
43 तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्म त्यहाँ बसेका छन् ।
Hirieron al resto de los amalecitas que escaparon, y han vivido allí hasta el día de hoy.