< १ इतिहास 3 >

1 हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।
וְאֵ֤לֶּה הָיוּ֙ בְּנֵ֣י דָויִ֔ד אֲשֶׁ֥ר נֽוֹלַד־ל֖וֹ בְּחֶבְר֑וֹן הַבְּכ֣וֹר ׀ אַמְנֹ֗ן לַאֲחִינֹ֙עַם֙ הַיִּזְרְעֵאלִ֔ית שֵׁנִי֙ דָּנִיֵּ֔אל לַאֲבִיגַ֖יִל הַֽכַּרְמְלִֽית׃
2 साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए ।
הַשְּׁלִשִׁי֙ לְאַבְשָׁל֣וֹם בֶּֽן־מַעֲכָ֔ה בַּת־תַּלְמַ֖י מֶ֣לֶךְ גְּשׁ֑וּר הָרְבִיעִ֖י אֲדֹנִיָּ֥ה בֶן־חַגִּֽית׃
3 अबीतलबाट ठाहिंला शपत्‍याह थिए, र तिनकी पत्‍नी एग्‍लाबाट कान्‍छा यित्राम भए ।
הַחֲמִישִׁ֥י שְׁפַטְיָ֖ה לַאֲבִיטָ֑ל הַשִּׁשִּׁ֥י יִתְרְעָ֖ם לְעֶגְלָ֥ה אִשְׁתּֽוֹ׃
4 यी छ जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे । त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे ।
שִׁשָּׁה֙ נֽוֹלַד־ל֣וֹ בְחֶבְר֔וֹן וַיִּ֨מְלָךְ־שָׁ֔ם שֶׁ֥בַע שָׁנִ֖ים וְשִׁשָּׁ֣ה חֳדָשִׁ֑ים וּשְׁלֹשִׁ֤ים וְשָׁלוֹשׁ֙ שָׁנָ֔ה מָלַ֖ךְ בִּירוּשָׁלִָֽם׃ ס
5 शम्‍मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्‍मेका थिए ।
וְאֵ֥לֶּה נוּלְּדוּ־ל֖וֹ בִּירוּשָׁלָ֑יִם שִׁ֠מְעָא וְשׁוֹבָ֞ב וְנָתָ֤ן וּשְׁלֹמֹה֙ אַרְבָּעָ֔ה לְבַת־שׁ֖וּעַ בַּת־עַמִּיאֵֽל׃
6 दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत,
וְיִבְחָ֥ר וֶאֱלִישָׁמָ֖ע וֶאֱלִיפָֽלֶט׃
7 नोगह, नेपेग, यापी,
וְנֹ֥גַהּ וְנֶ֖פֶג וְיָפִֽיעַ׃
8 एलीशामा, एल्‍यादा र एलीपेलेत थिए ।
וֶאֱלִישָׁמָ֧ע וְאֶלְיָדָ֛ע וֶאֱלִיפֶ֖לֶט תִּשְׁעָֽה׃
9 दाऊदका छोराहरू यिनै थिए, जसमा उपपत्‍नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन्‌ ।
כֹּ֖ל בְּנֵ֣י דָוִ֑יד מִלְּבַ֥ד בְּֽנֵי־פִֽילַגְשִׁ֖ים וְתָמָ֥ר אֲחוֹתָֽם׃ פ
10 सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।
וּבֶן־שְׁלֹמֹ֖ה רְחַבְעָ֑ם אֲבִיָּ֥ה בְנ֛וֹ אָסָ֥א בְנ֖וֹ יְהוֹשָׁפָ֥ט בְּנֽוֹ׃
11 यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्‍याह थिए । अहज्याहका छोरा योआश थिए ।
יוֹרָ֥ם בְּנ֛וֹ אֲחַזְיָ֥הוּ בְנ֖וֹ יוֹאָ֥שׁ בְּנֽוֹ׃
12 योआश का छोरा अमस्‍याह थिए । अमस्‍याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए ।
אֲמַצְיָ֧הוּ בְנ֛וֹ עֲזַרְיָ֥ה בְנ֖וֹ יוֹתָ֥ם בְּנֽוֹ׃
13 योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्‍शे थिए ।
אָחָ֥ז בְּנ֛וֹ חִזְקִיָּ֥הוּ בְנ֖וֹ מְנַשֶּׁ֥ה בְנֽוֹ׃
14 मनश्शेका छोरा अमोन थिए । अमोनका छोरा योशियाह थिए ।
אָמ֥וֹן בְּנ֖וֹ יֹאשִׁיָּ֥הוּ בְנֽוֹ׃
15 योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए ।
וּבְנֵי֙ יֹאשִׁיָּ֔הוּ הַבְּכוֹר֙ יוֹחָנָ֔ן הַשֵּׁנִ֖י יְהוֹיָקִ֑ים הַשְּׁלִשִׁי֙ צִדְקִיָּ֔הוּ הָרְבִיעִ֖י שַׁלּֽוּם׃
16 यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए ।
וּבְנֵ֖י יְהוֹיָקִ֑ים יְכָנְיָ֥ה בְנ֖וֹ צִדְקִיָּ֥ה בְנֽוֹ׃
17 कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल,
וּבְנֵי֙ יְכָנְיָ֣ה אַסִּ֔ר שְׁאַלְתִּיאֵ֖ל בְּנֽוֹ׃
18 मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह थिए।
וּמַלְכִּירָ֥ם וּפְדָיָ֖ה וְשֶׁנְאַצַּ֑ר יְקַמְיָ֥ה הוֹשָׁמָ֖ע וּנְדַבְיָֽה׃
19 पदायाहका छोराहरू यरुबाबेल र शिमी थिए । यरुबाबेलका छोराहरू मशुल्‍लाम र हनन्‍याह थिए । तिनीहरूकी बहिनी शलोमीत थिइन्‌ ।
וּבְנֵ֣י פְדָיָ֔ה זְרֻבָּבֶ֖ל וְשִׁמְעִ֑י וּבֶן־זְרֻבָּבֶל֙ מְשֻׁלָּ֣ם וַחֲנַנְיָ֔ה וּשְׁלֹמִ֖ית אֲחוֹתָֽם׃
20 तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद थिए ।
וַחֲשֻׁבָ֡ה וָ֠אֹהֶל וּבֶרֶכְיָ֧ה וַֽחֲסַדְיָ֛ה י֥וּשַׁב חֶ֖סֶד חָמֵֽשׁ׃
21 हनन्‍याहका छोराहरू पलत्‍याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्‍याह थिए ।
וּבֶן־חֲנַנְיָ֖ה פְּלַטְיָ֣ה וִישַֽׁעְיָ֑ה בְּנֵ֤י רְפָיָה֙ בְּנֵ֣י אַרְנָ֔ן בְּנֵ֥י עֹבַדְיָ֖ה בְּנֵ֥י שְׁכַנְיָֽה׃ ס
22 शकन्‍याहका छोरा शमायाह थिए । शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए ।
וּבְנֵ֥י שְׁכַנְיָ֖ה שְׁמַעְיָ֑ה וּבְנֵ֣י שְׁמַעְיָ֗ה חַטּ֡וּשׁ וְ֠יִגְאָל וּבָרִ֧יחַ וּנְעַרְיָ֛ה וְשָׁפָ֖ט שִׁשָּֽׁה׃
23 नार्याहका छोराहरू एल्‍योएनै, हिस्‍कियाह र अज्रीकाम थिए ।
וּבֶן־נְעַרְיָ֗ה אֶלְיוֹעֵינַ֧י וְחִזְקִיָּ֛ה וְעַזְרִיקָ֖ם שְׁלֹשָֽׁה׃
24 एल्‍यहोएनैका छोराहरू होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।
וּבְנֵ֣י אֶלְיוֹעֵינַ֗י הדיוהו וְאֶלְיָשִׁ֡יב וּפְלָיָ֡ה וְ֠עַקּוּב וְיוֹחָנָ֧ן וּדְלָיָ֛ה וַעֲנָ֖נִי שִׁבְעָֽה׃ ס

< १ इतिहास 3 >