< १ इतिहास 28 >
1 दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्डरहरू, राजा र तिनका छोराहरूका सबै सम्पत्तिमाथिका व्यवस्थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे ।
Tedy zgromadził Dawid wszystkich książęt Izraelskich, i przedniejszych z każdego pokolenia, i przełożonych nad hyfcami, którzy służyli królowi, i półkowników, i rotmistrzów, i przełożonych nad wszystką majętnością i osiadłością królewską; synów też swoich z komornikami, i z innymi możnymi, i ze wszystkim ludem rycerskim do Jeruzalemu.
2 तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्नुहोस् । परमप्रभुको करारका सन्दूकको निम्ति एउटा मन्दिर, हाम्रा परमेश्वरको निम्ति एउटा पाउदान बनाउने मेरो इच्छा थियो, अनि मैले त्यो निर्माण गर्नलाई तयारी पनि गरें ।
A powstawszy król Dawid na nogi swoje, rzekł: Słuchajcie mię, bracia moi, i ludu mój! Jam był umyślił w sercu swem, budować dom, gdzieby odpoczywała skrzynia przymierza Paćskiego, i na podnóżek nóg Boga naszego, i zgotowałem był potrzeby ku budowaniu;
3 तर परमेश्वरले मलाई भन्नुभयो, ‘मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउनेछैनस्, किनभने तँ लडाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस् ।’
Ale Bóg rzekł do mnie: Nie będziesz budował domu imieniowi memu, przeto żeś mąż waleczny, i rozlewałeś krew.
4 तापनि परमप्रभु इस्राएलका परमेश्वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्ति इस्राएलमाथि राज्य गर्न मलाई चुन्नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्नुभयो ।
Ale obrał mię Pan, Bóg Izraelski, ze wszystkiego domu ojca mego, abym był królem nad Izraelem na wieki; bo z Judy obrał księcia, a z narodu Judzkiego dom ojca mego; i z synów ojca mego upodobał mię sobie za króla nad wszystkim Izraelem.
5 परमप्रभुले मलाई दिनुभएका धेरै जना छोरामध्ये इस्राएलमाथि परमप्रभुको राज्यको सिंहासनमा बस्न उहाँले मेरो छोरो सोलोमनलाई चुन्नुभयो ।
A ze wszystkich synów moich (bo mi wiele synów Pan dał) obrał Salomona, syna mego, aby siedział na stolicy królestwa Pańskiego nad Izraelem.
6 उहाँले मलाई भन्नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु ।
I mówił do mnie: Salomon, syn twój, ten zbydyje dom mój, i przysionki moje; albowiemem go sobie obrał za syna, a Ja mu będę za ojca.
7 आजको दिनसम्म तैंले गरेझैं उसले मेरा आज्ञा र विधानहरू दृढतापूर्वक पालन गर्यो भने, म उसको राज्य सदासर्वदाको निम्ति स्थापित गर्नेछु ।’
I umocnię królestwo jego aż na wieki, będzieli statecznym w pełnieniu przykazań moich i sądów moich, jako i dziś.
8 अब सारा इस्राएलको नजरमा परमप्रभुको निम्ति र हाम्रा परमेश्वरको उपस्थितीमा भएको यो सभामा तिमीहरू सबैले परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालना गर्नु र निरन्तरता दिनुपर्छ । यसो गर ताकि तिमीहरू यस असल देशलाई अधिकार गर्नेछौ र आफ्नो पैतृकअंशझैं तिमीहरूपछिका सन्तानहरूलाई दिन सक्नेछौ ।
Teraz tedy mówię wam pezed obliczem wszystkiego Izraela, zgromadzenia tego Pańskiego, gdzie słyszy Bóg nasz: Strzeżcie a szukajcie wszystkich rozkazań Pana, Boga waszego, abyście osiedli ziemię dobrą, i zostawili ją w dziedzictwo synom swoim po so bie aż na wieki.
9 ए मेरा छोरा सोलोमन, आफ्ना बुबाका परमेश्वरको आज्ञा पालन गर, र आफ्ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्नुहुन्छ र हरेक व्यक्तिको विचारहरूका हरेक उदेश्य बुझ्नुहुन्छ । तिमीले उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्याग्यौ भने, उहाँले तिमीलाई सधैंको निम्ति इन्कार गर्नुहुनेछ ।
A ty Salomonie, synu mój! znaj Boga, ojca twojego, i służ mu sercem doskonałem, i umysłem dobrowolnym; bo wszystkie serca przegląda Pan, i wszystkie zamusły myśli zna. Jeźli go szukać bądziesz, znajdziesz go, a jeźli go opuścisz, odrzuci cię na wieki.
10 यसैले याद राख, यो मन्दिरलाई परमप्रभुको पवित्रस्थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्नुभएको छ । बलियो होऊ, र यो काम गर ।”
Obaczże teraz, iż cię Pan obrał, abyś zbudował dom świątnicy; zmacniajże się a wykonaj to.
11 तब दाऊदले आफ्ना छोरा सोलोमनलाई मन्दिरको दलान र त्यसका भवन, भण्डारहरू, कौसीहरू, भित्री कोठाहरू र प्रायश्चित गर्ने कोठाका नक्शा दिए ।
Tedy oddał Dawid Salomonowi, synowi swemu, wizerunek przysionka, i gmachów jego, i komor jego, i sal jego, i wnętrznych pokojów jego, i domu ubłagalni.
12 तिनले परमप्रभुको मन्दिरका चोकहरू र चारैपट्टिका कोठाहरू, परमेश्वरको मन्दिरका भण्डारहरू र परमप्रभुका अर्पण गरिएका भेटी राख्ने भण्डारहरूका निम्ति नक्शाहरू दिए ।
Przytem wizerunek wszystkiego, co był umyślił o sieni domu Paćskiego, i o wszystkich gmachach dla skarbów domu Bożego, i dla skarbów rzeczy świętych;
13 उनले तिनलाई लेवी र पुजारीहरूका दल-दलका निम्ति र परमप्रभुको मन्दिरका सेवामा गरिने सबै काम र त्यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्ति निर्देशनहरू दिए ।
I dla pocztów kapłańskich, i Lewitów, i dla wszystkiej pracy w usłudze domu Pańskiego, i dla wszystkiego naczynia służby domu Pańskiego.
14 हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल, र सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए,
Także złota pewną wagę na wszystkie naczynia złote, od wszystkiej usługi; srebra także na wszystkie naczynia srebrne pewną wagę, na wszystkie naczynia ku wszelakiej usłudze;
15 सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए ।
Mianowicie pewną wagę na świeczniki złote i na lampy ich złote według wagi każdego świecznika i lamp jego, i na świeczniki srebrne według wagi świecznika każdego i lamp jego, według potrzeby każdego świecznika.
16 उपस्थितिको रोटीको हरेक टेबलको निम्ति सुनको तौल, र चाँदीका टेबलहरूका निम्ति चाँदीको तौल तिनले तोकिदिए ।
Także pewnąwagę złota na stoły chlebów pokładbych, na każdy stół, przytem srebra na stoły srebrne.
17 तिनले मासुका काँटाहरू, छर्कने बाटाहरू र कचौराहरूका निम्ति निखुर सुनको तौल दिए । तिनले हरेक सुन र चाँदीको भाँडाको निम्ति सुनचाँदीको चाहिंदो तौल तोकिदिए ।
A na widełki, i na kociołki, i na kadzielnice szczerego złota, i na czasze złote, pewnąwagę na każdą czaszę, i na czasze srebrne, pewną wagę na każdą czaszę.
18 तिनले धूप-वेदीको निम्ति पनि निखुर सुनको तौल तोकिदिए, अर्थात् आफ्ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्दूकलाई छेक्ने सुनका करूबहरूका निम्ति पनि तिनले सुनको तौल दिए ।
Takżw na ołtarz do kadzeania dał złota szczerego pewną wagę, i złota ku wystawieniu woza Cherubinów, którzyby rozciągnionemi skrzydłami okrywali skrzynię przymierza Pańskiego.
19 दाऊदले भने, “जसरी परमप्रभुले मलाई निर्देशन दिनुभयो र नक्साको समझ मलाई दिनुभयो त्यसरी नै मैले यी सबै कुराहरू लेखेको छु ।”
To wszystko, rzekł Dawid, opisane z ręki Pańskiej mię doszło, abym zrozumiał wszystko, jako co urobić miano.
20 दाऊदले आफ्ना छोरा सोलोमनलाई भने, “बलियो र साहसी होऊ । यो काम गर । नडराऊ र निरुत्साहित नहोऊ, किनकि परमप्रभु परमेश्वर, मेरा परमेश्वर तिम्रो साथमा हुनुहुन्छ । परमप्रभुको मन्दिरका सेवाको निम्ति सबै काम तिमीले पूरा नगरुञ्जेल उहाँले न त तिमीलाई छोड्नुहुनेछ न तिमीलाई त्याग्नुहुनेछ ।
A tak rzekł Dawid do Salomona, syna swego: Zmacniaj się, a bądź mężnym, czyń to; nie bój się, ani się lękaj; bo Pan Bóg, Bóg mój, będzie z tobą, nie opuści cię, ani cię odstąpi, aż dokończysz wszystkiej roboty służby domu Pańskiego.
21 हेर, परमप्रभुको मन्दिरका सबै सेवा गर्न पुजारी र लेवीका दलहरू तयार छन् । तिम्रो काममा सहायता गर्न र सेवाको काम गर्नलाई तिनीहरू र खुशीसाथ कुनै पनि काम गर्ने सिपालु मानिसहरू तिम्रो साथमा हुनेछन् । अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक आज्ञा शिरोपर गर्न तयार छन् ।”
A oto poczty kapłanów i Lewitów do każdej posługi w domu Bożym bądą z tobą w każdej pracy; każdy ochotny i roztropny przy wszelkiej posłudze, także książęta, i wszystek lud staną na każde rozkazanie twoje.