< १ इतिहास 27 >
1 यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्डरहरू, अनि विभिन्न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।
filii autem Israhel secundum numerum suum principes familiarum tribuni et centuriones et praefecti qui ministrabant regi iuxta turmas suas ingredientes et egredientes per singulos menses in anno viginti quattuor milibus singuli praeerant
2 पहिलो महिनाको भाग जब्दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
primae turmae in primo mense Isboam praeerat filius Zabdihel et sub eo viginti quattuor milia
3 तिनी फारेसका सन्तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए ।
de filiis Phares princeps cunctorum principum in exercitu mense primo
4 अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्यस भागका सेनापति भए । मिक्लोत दोस्रो दर्जामा थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
secundi mensis habebat turmam Dudi Ahohites et post se alterum nomine Macelloth qui regebat partem exercitus viginti quattuor milium
5 अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
dux quoque turmae tertiae in mense tertio erat Banaias filius Ioiadae sacerdos et in divisione sua viginti quattuor milia
6 यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए । तिनका छोरा अम्मीजाबाद तिनको दलमा थिए ।
ipse est Banaias fortissimus inter triginta et super triginta praeerat autem turmae ipsius Amizabad filius eius
7 चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए । तिनीपछि तिनका छोरा जबदियाह कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
quartus mense quarto Asahel frater Ioab et Zabadias filius eius post eum et in turma eius viginti quattuor milia
8 पाँचौं महिनाको लागि यिज्याहका सन्तान शम्हूत कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
quintus mense quinto princeps Samaoth Iezarites et in turma eius viginti quattuor milia
9 छैटौं महिनाको लागि तकोका मानिस इक्केशका छोरा ईरा कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
sextus mense sexto Hira filius Acces Thecuites et in turma eius viginti quattuor milia
10 सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
septimus mense septimo Helles Phallonites de filiis Ephraim et in turma eius viginti quattuor milia
11 आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्बकै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
octavus mense octavo Sobochai Asothites de stirpe Zarai et in turma eius viginti quattuor milia
12 नवौं महिनाको लागि बेन्यामीन कुलका अनातोती अबीएजेर कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
nonus mense nono Abiezer Anathothites de filiis Iemini et in turma eius viginti quattuor milia
13 दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
decimus mense decimo Marai et ipse Netophathites de stirpe Zarai et in turma eius viginti quattuor milia
14 एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
undecimus mense undecimo Banaias Pharathonites de filiis Ephraim et in turma eius viginti quattuor milia
15 बाह्रौं महिनाको लागि ओत्निएलको घरानाका नतोपात सहरका हेल्दै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
duodecimus mense duodecimo Holdai Netophathites de stirpe Gothonihel et in turma eius viginti quattuor milia
16 इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए । शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्याह अगुवा थिए ।
porro tribubus praeerant Israhel Rubenitis dux Eliezer filius Zechri Symeonitis dux Saphatias filius Macha
17 लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए ।
Levitis Asabias filius Camuhel Aaronitis Sadoc
18 यहूदाका कुलका निम्ति दाऊदका दाजु एलीहू अगुवा थिए । इस्साखारका कुलका निम्ति मिखाएलका छोरा ओम्री अगुवा थिए ।
Iuda Heliu frater David Isachar Amri filius Michahel
19 जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्मायाह अगुवा थिए । नप्तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए ।
Zabulonitis Iesmaias filius Abdiae Nepthalitibus Ierimoth filius Ozihel
20 एफ्राइमका कुलका निम्ति अजज्याहका छोरा होशिया अगुवा थिए । मनश्शेको आधा कुलका निम्ति पदायाहका छोरा योएल अगुवा थिए ।
filiis Ephraim Osee filius Ozaziu dimidio tribus Manasse Iohel filius Phadiae
21 गिलादमा भएका मनश्शेको आधाकुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए । बेन्यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए ।
et dimidio tribus Manasse in Galaad Iaddo filius Zacchariae Beniamin autem Iasihel filius Abner
22 दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए । इस्राएलका कुलहरूका अगुवाहरू यिनै थिए ।
Dan vero Ezrihel filius Hieroam hii principes filiorum Israhel
23 दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो ।
noluit autem David numerare eos a viginti annis inferius quia dixerat Dominus ut multiplicaret Israhel quasi stellas caeli
24 सरूयाहका छोरा योआबले जनसंख्या लिन सुरु गरे, तर तिनले त्यो काम सिद्ध्याएनन् । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्यो । यो जनसंख्या दाऊद राजाको इतिहासमा लेखिएन ।
Ioab filius Sarviae coeperat numerare nec conplevit quia super hoc ira inruerat in Israhel et idcirco numerus eorum qui fuerant recensiti non est relatus in fastos regis David
25 राजाका भण्डारहरूको जिम्मा अदीएलका छोरा अज्मावेतलाई दिइयो । देशका, सहरहरूका, गाउँहरूका र किल्ला भएका सहरहरूका भण्डारहरू उज्जियाहका छोरा जोनाथनको जिम्मामा दिइयो ।
super thesauros autem regis fuit Azmoth filius Adihel his autem thesauris qui erant in urbibus et in vicis et in turribus praesidebat Ionathan filius Oziae
26 देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्मामा थिए ।
operi autem rustico et agricolis qui exercebant terram praeerat Ezri filius Chelub
27 दाखबारीहरू रामती शिमीको जिम्मामा थिए, अनि दाख र दाखमद्य व्यापारीको जिम्मा शेपेमी जब्दीको दिइयो ।
vinearumque cultoribus Semeias Ramathites cellis autem vinariis Zabdias Aphonites
28 तराईमा भएका भद्राक्ष र अञ्जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्ने भण्डार योआशको जिम्मामा थियो ।
nam super oliveta et ficeta quae erant in campestribus Balanan Gaderites super apothecas autem olei Ioas
29 शारोनमा चर्ने गाईबस्तु शारोनी शित्रैको जिम्मामा थिए, र बेसीमा चर्ने गाईबस्तु अदलैका छोरा शाफातको जिम्मामा थिए ।
porro armentis quae pascebantur in Sarona praepositus fuit Setrai Saronites et super boves in vallibus Saphat filius Adli
30 ऊँटहरू इश्माएली ओबीलको जिम्मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्मामा थिए । भेडाबाख्रा हग्री याजीजको जिम्मामा थिए ।
super camelos vero Ubil Ismahelites et super asinos Iadias Meronathites
31 हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्पत्तिका निरीक्षक थिए ।
super oves quoque Iaziz Agarenus omnes hii principes substantiae regis David
32 दाऊदका काका जोनाथन सल्लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्त्री थिए । हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे ।
Ionathan autem patruus David consiliarius vir prudens et litteratus ipse et Iaihel filius Achamoni erant cum filiis regis
33 अहीतोपेल राजाका सल्लाहकार थिए, र अरकी मानिसका हूशै राजाका व्यक्तिगत सल्लाहकार थिए ।
Ahitophel etiam consiliarius regis et Husi Arachites amicus regis
34 अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्डर थिए ।
post Ahitophel fuit Ioiada filius Banaiae et Abiathar princeps autem exercitus regis erat Ioab