< १ इतिहास 26 >
1 द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्याह, जो आसापका छोरा थिए ।
CUANTO á los repartimientos de los porteros: De los Coraitas: Meselemia hijo de Coré, de los hijos de Asaph.
2 मेशेलेम्याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्नीएल,
Los hijos de Meselemia: Zachârías el primogénito, Jediael el segundo, Zebadías el tercero, Jatnael el cuarto;
3 ठाइँला एलाम, अन्तरे येहोहानान, र कान्छा एल्यहोएनै थिए ।
Elam el quinto, Johanam el sexto, Elioenai el séptimo.
4 ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,
Los hijos de Obed-edom: Semeías el primogénito, Jozabad el segundo, Joab el tercero, el cuarto Sachâr, el quinto Nathanael;
5 अन्तरे अम्मीएल, जन्तरे इस्साखार र कान्छा पुल्लतै, किनकि परमेश्वरले ओबेद एदोमलाई आशिष् दिनुभएको थियो ।
El sexto Anmiel, el séptimo Issachâr, el octavo Peullethai: porque Dios había bendecido á Obed-edom.
6 तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए ।
También de Semeías su hijo nacieron hijos que fueron señores sobre la casa de sus padres; porque eran varones muy valerosos.
7 शमायाहका छोराहरू ओत्नी, रपाएल, ओबेद, र एल्जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।
Los hijos de Semeías: Othni, Raphael, Obed, Elzabad, y sus hermanos, hombres esforzados; asimismo Eliú, y Samachîas.
8 यी सबै ओबेद एदोमका सन्तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्ख्या ६२ जना थिए ।
Todos estos de los hijos de Obed-edom: ellos con sus hijos y sus hermanos, hombres robustos y fuertes para el ministerio; sesenta y dos, de Obed-edom.
9 मशेलेम्याहका छोराहरू र आफन्तहरू सबै योग्यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्ख्या १८ जना थिए ।
Y los hijos de Meselemia y sus hermanos, dieciocho hombres valientes.
10 मरारीका सन्तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए),
De Hosa, de los hijos de Merari: Simri el principal, (aunque no era el primogénito, mas su padre lo puso para que fuese cabeza; )
11 माहिला हिल्कियाह, साहिंला तबलियाह र कान्छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्मा सङ्ख्या १३ जना थिए ।
El segundo Hilcías, el tercero Tebelías, el cuarto Zachârías: todos los hijos de Hosa y sus hermanos fueron trece.
12 तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्ना आफन्तहरूझैं परमप्रभुको मन्दिरको सेवा गर्नुपर्थ्यो ।
Entre estos [se hizo] la distribución de los porteros, [alternando] los principales de los varones en la guardia con sus hermanos, para servir en la casa de Jehová.
13 तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्ति चिट्ठा हाले ।
Y echaron suertes, el pequeño con el grande, por las casas de sus padres, para cada puerta.
14 जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्यो शेलेम्याहको नाउँमा पर्यो । तब तिनका छोरा बुद्धिमान् सल्लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्ति तिनलाई चिट्ठा पर्यो ।
Y cayó la suerte al oriente á Selemía. Y á Zachârías su hijo, consejero entendido, metieron en las suertes: y salió la suerte suya al norte.
15 ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो ।
Y por Obed-edom, al mediodía; y por sus hijos, la casa de la consulta.
16 शुप्पीम र होसालाई पश्चिम ढोका र माथिल्लो बाटोको शल्केत प्रवेशद्वार पर्यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो ।
Por Suppim y Hosa al occidente, con la puerta de Sallechêt al camino de la subida, guardia contra guardia.
17 पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्थे ।
Al oriente seis Levitas, al norte cuatro de día; al mediodía cuatro de día; y á la casa de la consulta, de dos en dos.
18 पश्चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो ।
En la cámara de los vasos al occidente, cuatro al camino, y dos en la cámara.
19 द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्तानहरूबाट भरिएको थियो ।
Estos son los repartimientos de los porteros, hijos de los Coraitas, y de los hijos de Merari.
20 लेवीहरूमध्येबाट अहीजा परमेश्वरको मन्दिरका भण्डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्डारका जिम्मावाल थिए ।
Y de los Levitas, Achîas tenía cargo de los tesoros de la casa de Dios, y de los tesoros de las cosas santificadas.
21 लादानका सन्तानहरू, जो लादानबाट जन्मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र
[Cuanto] á los hijos de Ladán, hijos de Gersón: de Ladán, los príncipes de las familias de Ladán [fueron] Gersón, y Jehieli.
22 यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्दिरका भण्डारहरूका जिम्मावाल थिए ।
Los hijos de Jehieli, Zethán y Joel su hermano, tuvieron cargo de los tesoros de la casa de Jehová.
23 अम्राम, यिसहार, हेब्रोन र उज्जीएलका वंशहरूबाटः
Acerca de los Amramitas, de los Isharitas, de los Hebronitas, y de los Uzzielitas,
24 मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्डारहरूका सुपरिवेक्षक थिए ।
Sebuel hijo de Gersón, hijo de Moisés, era principal sobre los tesoros.
25 एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए ।
En orden á su hermano Eliezer, hijo de éste [era] Rehabía, hijo de éste Isaías, hijo de éste Joram, hijo de éste Zichri, del que fué hijo Selomith.
26 दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्डरहरू र सेनाका अरू कमाण्डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्डारहरूका लागि सबै जिम्मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो ।
Este Selomith y sus hermanos tenían cargo de todos los tesoros de todas las cosas santificadas, que había consagrado el rey David, y los príncipes de las familias, y los capitanes de millares y de cientos, y los jefes del ejército;
27 तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्दिरका मरम्मतको निम्ति छुट्याएका थिए ।
De lo que habían consagrado de las guerras y de los despojos, para reparar la casa de Jehová.
28 अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो । छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्मामा थिए ।
Asimismo todas las cosas que había consagrado Samuel vidente, y Saúl hijo de Cis, y Abner hijo de Ner, y Joab hijo de Sarvia: y todo lo que cualquiera consagraba, estaba bajo la mano de Selomith y de sus hermanos.
29 यिसहारीका सन्तानहरूबाट, कनन्याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो । तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
De los Isharitas, Chenanía y sus hijos eran gobernadores y jueces sobre Israel en las obras de fuera.
30 हेब्रोनका सन्तानहरूबाट, हशब्याह र तिनका दाजुभाइ १,७०० योग्य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्चिमतिर थिए ।
De los Hebronitas, Hasabías y sus hermanos, hombres de vigor, mil y setecientos, gobernaban á Israel de la otra parte del Jordán, al occidente, en toda la obra de Jehová, y en el servicio del rey.
31 हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्यका मानिसहरू भेट्टाइए ।
De los Hebronitas, Jerías era el principal entre los Hebronitas [repartidos] en sus linajes por sus familias. En el año cuarenta del reinado de David se registraron, y halláronse entre ellos fuertes y vigorosos en Jazer de Galaad.
32 यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलमाथि परमेश्वरसम्बन्धी हरेक कुरा र राज्य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।
Y sus hermanos, hombres valientes, eran dos mil y setecientos, cabezas de familias, los cuales el rey David constituyó sobre los Rubenitas, Gaditas, y sobre la media tribu de Manasés, para todas las cosas de Dios, y los negocios del rey.