< १ इतिहास 24 >
1 हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।
Los hijos de Aarón fueron colocados en divisiones de la siguiente manera. Los hijos de Aarón eran Nadab, Abiú, Eleazar e Itamar.
2 नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुनुभन्दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे ।
Pero Nadab y Abiú murieron antes que su padre, y no tuvieron hijos. Sólo Eleazar e Itamar continuaron como sacerdotes.
3 दाऊदले एलाजारका सन्तान सादोक र ईतामारका सन्तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।
Con la ayuda de Sadoc, descendiente de Eleazar, y de Itamar, descendiente de Ahimelec, David los colocó en divisiones según sus funciones asignadas.
4 ईतामारको सन्तानका बिचमा भन्दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।
Como los descendientes de Eleazar tenían más jefes que los de Itamar, se dividieron así: dieciséis jefes de familia de los descendientes de Eleazar, y ocho de los descendientes de Itamar.
5 तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्तानमध्येबाट तिनीहरू पवित्रस्थानका अधिकारीहरू र परमेश्वरका अधिकारीहरू थिए ।
Se dividieron echando suertes, sin preferencia, porque había oficiales del santuario y oficiales de Dios tanto de los hijos de Eleazar como de los hijos de Itamar.
6 नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्तानबाट र ईतामारका सन्तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।
Semaías hijo de Netanel, un levita, era el secretario. Anotó los nombres y las asignaciones en presencia del rey, de los funcionarios, del sacerdote Sadoc, de Ahimelec hijo de Abiatar y de los jefes de familia de los sacerdotes y levitas. Una familia de Eleazar y otra de Itamar fueron elegidas por turno.
7 पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,
La primera suerte recayó en Joiarib. El segundo a Jedaías.
8 तेस्रो हारीमको, चौथो सोरीमको,
La tercera a Harim. El cuarto a Seorim.
9 पाँचौं मल्कियाहको, छैटौं मियामीनको,
La quinta a Malquías. La sexta a Mijamín.
10 सातौं हक्कोसको, आठौं अबियाको,
La séptima a Cos. La octava a Abías.
11 नवौं येशूअको, दशौं शकन्याहको,
La novena a Jesúa. La décima por Secanías.
12 एघारौं एल्यासीबको, बाह्रौं याकीमको,
La undécima por Eliasib. La duodécima a Jacim.
13 तेह्रौं हुप्पाको, चौधौं येशेबाबको,
La decimotercera por Hupah. La decimocuarta por Jeshebeab.
14 पन्ध्रौं बिल्गाको, सोह्रौं इम्मेरको,
La decimoquinta por Bilga. El decimosexto a Immer.
15 सत्रौं हेजीरको, अठारौं हप्पिसेसको,
El decimoséptimo a Hezir. El decimoctavo a Afisés.
16 उन्नाईसौं पतहियाहको, बीसौं यहेजकेलको,
La decimonovena a Petaías. El vigésimo a Hezequiel.
17 एक्काईसौं याकीनको, बाईसौं गमूएलको,
El vigésimo primero a Jaquín. El vigésimo segundo a Gamul.
18 तेईसौं दलायाहको र चौबीसौं माज्याहको नाउँमा निस्क्यो ।
El vigésimo tercero a Delaía. El vigésimo cuarto a Maazías.
19 परमप्रभु इस्राएलका परमेश्वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्दिरमा गर्ने आफ्नो सेवाको कामको क्रम यही थियो ।
Este era el orden en que cada grupo debía servir cuando entraba en la casa del Señor, siguiendo el procedimiento que les había definido su antepasado Aarón, según las instrucciones del Señor, el Dios de Israel.
20 बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह ।
Estos fueron el resto de los hijos de Leví: de Los hijos de Amram: Shubael; de Los hijos de Shubael: Jehdeiah.
21 रहब्याहका छोराहरूबाटः अगुवा यिशियाह ।
Para Rehabía, de sus hijos Isías (el primogénito).
22 यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत ।
De los Izharitas: Shelomoth; de Los hijos de Shelomoth: Jahat.
23 हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्छा यकमाम ।
Los hijos de Hebrón: Jeriah (el mayor), Amariah (el segundo), Jahaziel (el tercero) y Jecamán (el cuarto).
24 उज्जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर ।
El hijo de Uziel: Miqueas; de Los hijos de Miqueas: Shamir.
25 मीकाका भाइः यिश्याह । यिश्याहका छोराहरूबाट: जकरिया ।
El hermano de Micaías: Isías; de Los hijos de Isías: Zacarías.
26 मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो ।
Los hijos de Merari: Mahli y Musi. El hijo de Jaaziah: Beno.
27 यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्कूर र इब्री ।
Los hijos de Merari: de Jaaziah: Beno, Shoham, Zaccur e Ibri.
28 महलीबाट: एलाजार, जसका छोराहरू थिएनन् ।
De Mahli: Eleazar, que no tuvo hijos.
29 कीशबाट: कीशका छोराः यरहमेल ।
De Cis: el hijo de Cis, Jerajmeel.
30 मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।
Los hijos de Musi: Mahli, Eder y Jerimot. Estos eran los hijos de los levitas, según sus familias.
31 आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्तानहरूले गरेझैं चिट्ठा हाले ।
También echaron suertes de la misma manera que sus parientes los descendientes de Aarón. Lo hicieron en presencia del rey David, de Sadoc, de Ahimelec y de los jefes de familia de los sacerdotes y de los levitas, tanto de los jefes de familia como de sus hermanos menores.