< १ इतिहास 24 >

1 हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।
Porro filiis Aaron hæ partitiones erant: Filii Aaron: Nadab, et Abiu, et Eleazar, et Ithamar.
2 नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे ।
Mortui sunt autem Nadab, et Abiu ante patrem suum absque liberis: sacerdotioque functus est Eleazar, et Ithamar.
3 दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।
Et divisit eos David, id est Sadoc de filiis Eleazari, et Ahimelech de filiis Ithamar, secundum vices suas et ministerium.
4 ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।
Inventique sunt multo plures filii Eleazar in principibus viris, quam filii Ithamar. Divisit autem eis, hoc est filiis Eleazar principes per familias sedecim: et filiis Ithamar per familias et domos suas octo.
5 तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।
Porro divisit utrasque inter se familias sortibus: erant enim principes sanctuarii, et principes Dei, tam de filiis Eleazar, quam de filiis Ithamar.
6 नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।
Descripsitque eos Semeias filius Nathanael scriba Levites, coram rege et principibus, et Sadoc sacerdote, et Ahimelech filio Abiathar, principibus quoque familiarum sacerdotalium et Leviticarum: unam domum, quæ ceteris præerat, Eleazar: et alteram domum, quæ sub se habebat ceteros, Ithamar.
7 पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,
Exivit autem sors prima Ioiarib, secunda Iedei,
8 तेस्रो हारीमको, चौथो सोरीमको,
tertia Harim, quarta Seorim,
9 पाँचौं मल्‍कियाहको, छैटौं मियामीनको,
quinta Melchia, sexta Maiman,
10 सातौं हक्‍कोसको, आठौं अबियाको,
septima Accos, octava Abia,
11 नवौं येशूअको, दशौं शकन्‍याहको,
nona Iesua, decima Sechenia,
12 एघारौं एल्‍यासीबको, बाह्रौं याकीमको,
undecima Eliasib, duodecima Iacim,
13 तेह्रौं हुप्‍पाको, चौधौं येशेबाबको,
tertiadecima Hoppha, decimaquarta Isbaab,
14 पन्‍ध्रौं बिल्‍गाको, सोह्रौं इम्‍मेरको,
decimaquinta Belga, decimasexta Emmer,
15 सत्रौं हेजीरको, अठारौं हप्‍पिसेसको,
decimaseptima Hezir, decimaoctava Aphses,
16 उन्‍नाईसौं पतहियाहको, बीसौं यहेजकेलको,
decimanona Pheteia, vigesima Hezechiel,
17 एक्‍काईसौं याकीनको, बाईसौं गमूएलको,
vigesimaprima Iachin, vigesimasecunda Gamul,
18 तेईसौं दलायाहको र चौबीसौं माज्‍याहको नाउँमा निस्‍क्‍यो ।
vigesimatertia Dalaiau, vigesimaquarta Maaziau.
19 परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो ।
Hæ vices eorum secundum ministeria sua, ut ingrediantur domum Domini, et iuxta ritum suum sub manu Aaron patris eorum: sicut præceperat Dominus Deus Israel.
20 बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह ।
Porro filiorum Levi, qui reliqui fuerant, de filiis Amram erat Subael, et de filiis Subael, Iehedeia.
21 रहब्‍याहका छोराहरूबाटः अगुवा यिशियाह ।
De filiis quoque Rohobiæ princeps Iesias.
22 यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत ।
Isaari vero filius Salemoth, filiusque Salemoth Iahath:
23 हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम ।
filiusque eius Ieriau primus, Amarias secundus, Iahaziel tertius, Iecmaan quartus.
24 उज्‍जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर ।
Filius Oziel, Micha: filius Micha, Samir.
25 मीकाका भाइः यिश्‍याह । यिश्‍याहका छोराहरूबाट: जकरिया ।
Frater Micha, Iesia: filiusque Iesiæ, Zacharias.
26 मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो ।
Filii Merari: Moholi et Musi. Filius Oziau: Benno.
27 यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्‍कूर र इब्री ।
Filius quoque Merari: Oziau et Soam et Zachur et Hebri.
28 महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ ।
Porro Moholi filius: Eleazar, qui non habebat liberos.
29 कीशबाट: कीशका छोराः यरहमेल ।
Filius vero Cis, Ierameel.
30 मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।
Filii Musi: Moholi, Eder, et Ierimoth. isti filii Levi secundum domos familiarum suarum.
31 आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।
Miseruntque et ipsi sortes contra fratres suos filios Aaron coram David rege, et Sadoc, et Ahimelech, et principibus familiarum Sacerdotalium et Leviticarum, tam maiores, quam minores. omnes sors æqualiter dividebat.

< १ इतिहास 24 >