< १ इतिहास 22 >

1 तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”
I reèe David: ovo je kuæa Gospoda Boga i ovo je oltar za žrtvu paljenicu Izrailju.
2 यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।
I zapovjedi David da se skupe inostranci koji bijahu u zemlji Izrailjevoj, i odredi kamenare da tešu kamen da se gradi dom Božji.
3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा,
I gvožða mnogo za kline na krila vratima i na sastavke pripravi David, i mjedi mnogo bez mjere,
4 र गन्‍न सक्‍नेभन्‍दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्‍नै नसक्‍ने गरी प्रशस्‍त मात्रामा देवदारु दाऊदकहाँ ल्‍याइदिए) ।
I drva kedrovijeh bez broja; jer dovožahu Sidonci i Tirci mnogo drva kedrovijeh Davidu.
5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्‍ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्‍नो मृत्‍यु हुनुअगि ठुलो तयारी गरे ।
Jer David govoraše: Solomun je sin moj dijete mlado, a dom koji treba zidati Gospodu treba da bude vrlo velik za slavu i diku po svijem zemljama; zato æu mu pripraviti što treba. I pripravi David mnoštvo prije smrti svoje.
6 तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए ।
Potom dozva sina svojega Solomuna i zapovjedi mu da sazida dom Gospodu Bogu Izrailjevu.
7 दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।
I reèe David Solomunu: sine! bio sam naumio da sazidam dom imenu Gospoda Boga svojega.
8 तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ ।
Ali mi doðe rijeè Gospodnja govoreæi: mnogo si krvi prolio i velike si ratove vodio; neæeš ti sazidati doma imenu mojemu, jer si mnogo krvi prolio na zemlju preda mnom.
9 तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु ।
Evo, rodiæe ti se sin, on æe biti miran èovjek i smiriæu ga od svijeh neprijatelja njegovijeh unaokolo; zato æe mu biti ime Solomun; i mir i pokoj daæu Izrailju za njegova vremena.
10 मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’
On æe sazidati dom imenu mojemu, i on æe mi biti sin, a ja njemu otac, i utvrdiæu prijesto carstva njegova nad Izrailjem dovijeka.
11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्।
Zato, sine, Gospod æe biti s tobom, i biæeš sreæan, te æeš sazidati dom Gospoda Boga svojega kao što je govorio za te.
12 परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् ।
Samo da ti da Gospod razum i mudrost kad te postavi nad Izrailjem da držiš zakon Gospoda Boga svojega.
13 तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो ।
Tada æeš biti sreæan, ako uzdržiš i ustvoriš uredbe i zakone koje je zapovjedio Gospod preko Mojsija Izrailju. Budi slobodan i hrabar, ne boj se i ne plaši se.
14 अब हेर्, ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्‍नुपर्छ ।
I evo, u nevolji svojoj pripravio sam za dom Gospodnji sto tisuæa talanata zlata i tisuæu tisuæa talanata srebra; a mjedi i gvožða bez mjere, jer ga ima mnogo, takoðer i drva i kamena pripravio sam; a ti dodaj još.
15 तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्,
A imaš i poslenika mnogo, kamenara i zidara i drvodjelja, i svakojakih ljudi vještijeh svakom poslu.
16 जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।”
Ima zlata, srebra, i mjedi i gvožða bez mjere; nastani dakle i radi, i Gospod æe biti s tobom.
17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,
Potom zapovjedi David svijem knezovima Izrailjevijem da pomažu Solomunu sinu njegovu:
18 “परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन्‌ ।
Nije li s vama Gospod Bog vaš, koji vam je dao mir otsvuda? jer je dao u ruke moje stanovnike ove zemlje, i zemlja je pokorena Gospodu i narodu njegovu.
19 अब आफ्‍नो सारा हृदय र आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ ।”
Sada dakle upravite srce svoje i dušu svoju da tražite Gospoda Boga svojega; nastanite i zidajte svetinju Gospodu Bogu da unesete kovèeg zavjeta Gospodnjega i sveto posuðe Božije u dom koji æe se sazidati imenu Gospodnjemu.

< १ इतिहास 22 >