< १ इतिहास 22 >
1 तब दाऊदले भने, “इस्राएलको निम्ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्वरका मन्दिरको ठाउँ यहीं हुनेछ ।”
Og David sa: Her skal Herren Guds hus stå, og her skal brennofferalteret for Israel være.
2 यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।
Og David bød at de fremmede som bodde i Israels land, skulde kalles sammen, og han satte stenhuggere til å hugge til stenene som Guds hus skulde bygges av.
3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्न सक्नेभन्दा धेरै काँसा,
Og David samlet jern i mengde til nagler i portdørene og til kramper og en slik mengde kobber at det ikke kunde veies,
4 र गन्न सक्नेभन्दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्नै नसक्ने गरी प्रशस्त मात्रामा देवदारु दाऊदकहाँ ल्याइदिए) ।
og så meget sedertre at det ikke var tall på det; for sidonierne og tyrierne førte sedertre i mengde til David.
5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्नो मृत्यु हुनुअगि ठुलो तयारी गरे ।
For David tenkte: Min sønn Salomo er ung og vek, og huset som skal bygges for Herren, må gjøres overmåte stort, så det kan være til pris og ære for ham i alle land; jeg vil derfor samle forråd for ham! Så samlet David forråd i mengde, før han døde.
6 तब तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर बनाउने आज्ञा दिए ।
Og han kalte sin sønn Salomo til sig og bød ham bygge et hus for Herren, Israels Gud.
7 दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर बनाउने मेरो इच्छा थियो ।
Og David sa til sin sønn Salomo: Jeg hadde i sinne å bygge et hus for Herrens, min Guds navn.
8 तर परमप्रभुले मकहाँ आउनुभयो र भन्नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस् । मेरो नाउँको निम्ति मन्दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्टिमा तैंले पृथ्वीमा धेरै रगत बगाएको छस् ।
Men Herrens ord kom til mig, og det lød så: Du har utøst meget blod og ført store kriger; du skal ikke bygge et hus for mitt navn, for du har utøst meget blod på jorden for mitt åsyn.
9 तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्ति र चैन दिनेछु ।
Men du skal få en sønn; han skal være en fredens mann, og jeg vil la ham få fred for alle sine fiender rundt omkring; for Salomo skal være hans navn, og jeg vil la Israel ha fred og ro i hans dager.
10 मेरो नाउँको निम्ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’
Han skal bygge et hus for mitt navn, og han skal være min sønn, og jeg skal være hans far, og jeg skal trygge hans kongetrone over Israel for all tid.
11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्वरको मन्दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्नुभएझैं तैंले त्यो बनाउनेछस्।
Så være nu Herren med dig, min sønn, og vær lykkelig og bygg Herrens, din Guds hus, således som han har lovt om dig!
12 परमप्रभुले नै तँलाई अन्तर्दृष्टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्वरको व्यवस्था पालन गर्नेछस् ।
Bare Herren vil gi dig visdom og forstand og sette dig over Israel, og du må holde Herrens, din Guds lov.
13 तब इस्राएलको निम्ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्साहित नहो ।
Da skal du ha lykke med dig, når du akter vel på å gjøre efter de bud og lover som Herren bød Moses å pålegge Israel; vær frimodig og sterk, frykt ikke og reddes ikke!
14 अब हेर्, ज्यादै प्रयत्नका साथ मैले परमप्रभुका मन्दिरको निम्ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्नुपर्छ ।
Her har jeg med megen møie samlet hundre tusen talenter gull og tusen ganger tusen talenter sølv til Herrens hus, dessuten mere kobber og jern enn at det kan veies; så meget er det; tre og sten har jeg og samlet, og mere kan du selv legge til.
15 तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्,
Arbeidere har du også i mengde, stenhuggere og murere og tømmermenn og dessuten alle slags folk som er kyndige i alle andre slags arbeid.
16 जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।”
Av gull, sølv, kobber og jern er det så meget at det ikke er tall på det. Så ta da fatt på verket, og Herren være med dig!
17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,
Og David bød alle Israels høvdinger å hjelpe Salomo, hans sønn, og sa:
18 “परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुन्छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन् ।
Herren eders Gud er jo med eder og har gitt eder ro på alle kanter. For han har gitt landets innbyggere i min hånd, og landet er lagt under Herren og hans folk.
19 अब आफ्नो सारा हृदय र आफ्नो प्राणले परमप्रभु आफ्ना परमेश्वरको खोजी गर । उठ र परमप्रभु परमेश्वरको पवित्रस्थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र कुराहरू परमेश्वरको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ ।”
Vend nu eders hjerte og sjel til å søke Herren eders Gud, og gjør eder rede og bygg Gud Herrens helligdom, så I kan føre Herrens pakts-ark og Guds hellige kar inn i det hus som skal bygges for Herrens navn!