< १ इतिहास 20 >
1 बसन्त ऋतुको समय, अर्थात् समान्यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।
E aconteceu à volta do ano, no tempo que costumam os reis sair à guerra, que Joabe tirou as forças do exército, e destruiu a terra dos filhos de Amom, e veio e cercou a Rabá. Mas Davi estava em Jerusalém; e Joabe atacou Rabá, e a destruiu.
2 दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्यसमा बहुमूल्य रत्नहरू जडिएका थिए । त्यो शिरपेच दाऊदको आफ्नो शिरमा लाइयो, र तिनले त्यस सहरबाट धेरै परिणाममा लुटपाट गरे ।
E tomou Davi a coroa de seu rei de encima de sua cabeça, e achou-a de peso de um talento de ouro, e havia nela pedras preciosas; e foi posta sobre a cabeça de Davi. E ademais de isto tirou da cidade um muito grande despojo.
3 त्यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्चराहरूका काममा लगाए । दाऊदले अम्मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्तो कामका लगाए । तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के ।
Tirou também ao povo que estava nela, e cortou-os com serras, e com trilhos de ferro, e machados. O mesmo fez Davi a todas as cidades dos filhos de Amom. E voltou-se Davi com todo o povo a Jerusalém.
4 यसको केही समयपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो । हूशाती सिब्बकैले रपाईहरूका सन्तानमध्ये एक सिप्पैलाई मारे, र पलिश्तीहरूलाई अधीन गरियो ।
Depois de isto aconteceu que se levantou guerra em Gezer com os filisteus; e feriu Sibecai Husatita a Sipai, da linhagem dos gigantes; e foram humilhados.
5 पलिश्तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्हानानले गित्तीको गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बींड कपडा बुन्ने जुलाहाको डन्डा जत्रो थियो ।
E voltou-se a levantar guerra com os filisteus; e feriu Elanã filho de Jair a Lami, irmão de Golias geteu, a haste de cuja lança era como um lançador de tecedores.
6 गातमा भएको अर्को युद्धमा हरेक हातमा छवटा औंला र हरेक खुट्टामा छवटा औंला भएको एक जना धेरै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान थियो ।
E voltou a haver guerra em Gate, de onde havia um homem de grande estatura, o qual tinha seis dedos em pés e mãos, em todos vinte e quatro: e também era filho de Rafa.
7 जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे ।
Insultou ele a Israel, mas feriu-o Jônatas, filho de Simeia irmão de Davi.
8 तिनीहरू गातका रफाका सन्तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।
Estes foram filhos de Rafa em Gate, os quais caíram por mão de Davi e de seus servos.