< १ इतिहास 2 >

1 इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,
Hawa ndio waliokuwa wana wa Israeli: Reubeni, Simeoni, Lawi, Yuda, Isakari, Zabuloni,
2 दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।
Dani, Yosefu, Benyamini, Naftali, Gadi na Asheri.
3 यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌ । यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।
Wana wa Yuda walikuwa: Eri, Onani na Shela. Hawa watatu walizaliwa kwake na mkewe Mkanaani, binti wa Shua. Eri, mzaliwa wa kwanza wa Yuda, alikuwa mwovu machoni pa Bwana, kwa hiyo Bwana alimuua.
4 तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए ।
Tamari, mkwewe Yuda, alimzalia wana wawili: Peresi na Zera. Yuda alikuwa na jumla ya wana watano.
5 फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
Wana wa Peresi walikuwa: Hesroni na Hamuli.
6 जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्‍मा पाँच जना थिए ।
Wana wa Zera walikuwa: Zimri, Ethani, Hemani, Kalkoli na Dara. Jumla ya wana wa Zera walikuwa watano.
7 कर्मीका छोरा आचारले परमेश्‍वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्‍ट ल्‍याए ।
Mwana wa Karmi alikuwa: Akari, ambaye alileta taabu kwa Waisraeli kwa kukiuka onyo la kutokuchukua vitu vilivyokuwa vimewekwa wakfu.
8 एतानका छोरा अजर्याह थिए ।
Mwana wa Ethani alikuwa: Azariya.
9 हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।
Wana wa Hesroni walikuwa: Yerameeli, Ramu na Kalebu.
10 राम अम्‍मीनादाबका पिता बने, र अम्‍मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए ।
Ramu alimzaa Aminadabu, na Aminadabu akamzaa Nashoni, kiongozi wa kabila la Yuda.
11 नहशोन सल्‍मोनका पिता बने, र सल्‍मोन बोअजका पिता बने ।
Nashoni akamzaa Salmoni, Salmoni akamzaa Boazi,
12 बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।
Boazi akamzaa Obedi, Obedi akamzaa Yese.
13 यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,
Yese akawazaa Eliabu mwanawe wa kwanza; wa pili Abinadabu, wa tatu Shimea,
14 काहिंला नतनेल, ठाहिंलो राद्दै,
wa nne Nethaneli, wa tano Radai,
15 अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने ।
wa sita Osemu, na wa saba Daudi.
16 तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।
Dada zao walikuwa Seruya na Abigaili. Wana wa Seruya walikuwa watatu: Abishai, Yoabu na Asaheli.
17 अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्‍माएली येतेर थिए ।
Abigaili alikuwa mama yake Amasa, ambaye baba yake alikuwa Yetheri, Mwishmaeli.
18 हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।
Kalebu mwana wa Hesroni akazaa wana na mkewe Azuba (na pia na Yeriothi). Hawa ndio wana Azuba aliomzalia Kalebu: Yesheri, Shobabu na Ardoni.
19 अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌ ।
Azuba alipofariki, Kalebu akamwoa Efrathi, ambaye alimzalia Huri.
20 हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।
Huri akamzaa Uri, Uri akamzaa Bezaleli.
21 पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्‍ति सगूबलाई जन्‍माइन्‌ ।
Hatimaye, Hesroni akakutana kimwili na binti wa Makiri babaye Gileadi (ambaye alimwoa alipokuwa na umri wa miaka sitini), naye akamzaa Segubu.
22 सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।
Segubu akamzaa Yairi, ambaye alitawala miji ishirini na mitatu katika Gileadi.
23 गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए ।
(Lakini Geshuri na Aramu wakateka miji ya Hawoth-Yairi, pamoja na Kenathi na viunga vyake; jumla ilikuwa miji sitini.) Wote hawa walikuwa wazao wa Makiri babaye Gileadi.
24 हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्‍ति तकोका पिता अशहूरलाई जन्माइन् ।
Baada ya Hesroni kufa huko Efrathi, Abiya mjane wa Hesroni akamzalia Ashuru, aliye baba wa Tekoa.
25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए ।
Wana wa Yerameeli mzaliwa wa kwanza wa Hesroni walikuwa: Ramu mzaliwa wake wa kwanza, Buna, Oreni, Osemu na Ahiya.
26 यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन्‌ ।
Yerameeli alikuwa na mke mwingine, aliyeitwa Atara, aliyekuwa mama yake Onamu.
27 यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए ।
Wana wa Ramu mzaliwa wa kwanza wa Yerameeli walikuwa: Maasi, Yamini na Ekeri.
28 ओनामका छोराहरू शम्‍मै र यादा थिए । शम्‍मैका छोराहरू नादाब र अबीशूर थिए ।
Wana wa Onamu walikuwa: Shamai na Yada. Wana wa Shamai walikuwa: Nadabu na Abishuri.
29 अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌ ।
Mke wa Abishuri aliitwa Abihaili, ambaye alimzalia Abani na Molidi.
30 नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्तानबिना नै मरे ।
Wana wa Nadabu walikuwa Seledi na Apaimu, lakini Seledi alikufa bila kuzaa watoto.
31 अप्‍पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए ।
Apaimu akamzaa: Ishi ambaye alikuwa baba wa Sheshani. Sheshani akamzaa Alai.
32 शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे ।
Wana wa Yada, nduguye Shamai walikuwa: Yetheri na Yonathani. Yetheri alikufa bila kuzaa watoto.
33 जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए ।
Wana wa Yonathani walikuwa: Pelethi na Zaza. Hawa ndio waliokuwa wazao wa Yerameeli.
34 अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌ । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।
Sheshani hakuwa na watoto wa kiume, ila wasichana tu. Alikuwa na mtumishi Mmisri aliyeitwa Yarha.
35 शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌ ।
Sheshani akamwoza huyu mtumishi wake Yarha binti yake, akamzalia mwana jina lake Atai.
36 अत्तै नातानका पिता र नातान जाबादका पिता बने ।
Atai akamzaa Nathani, Nathani akamzaa Zabadi,
37 जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।
Zabadi akamzaa Eflali, Eflali akamzaa Obedi,
38 ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।
Obedi akamzaa Yehu, Yehu akamzaa Azaria,
39 अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।
Azaria akamzaa Helesi, Helesi akamzaa Eleasa,
40 एलासा सिस्‍मैका पिता बने र सिस्‍मै शल्‍लूमका पिता बने ।
Eleasa akamzaa Sismai, Sismai akamzaa Shalumu,
41 शल्‍लूम यकम्‍याहका पिता बने र यकम्‍याह एलीशामाका पिता बने ।
Shalumu akamzaa Yekamia, naye Yekamia akamzaa Elishama.
42 यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।
Wana wa Kalebu nduguye Yerameeli walikuwa: Mesha mzaliwa wake wa kwanza alimzaa Zifu, naye mwanawe Maresha akamzaa Hebroni.
43 हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए ।
Hebroni alikuwa na wana wanne: Kora, Tapua, Rekemu na Shema.
44 शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्‍मैका पिता बने ।
Shema alikuwa baba yake Rahamu na Rahamu alikuwa baba wa Yorkeamu na Rekemu alikuwa baba wa Shamai.
45 शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए ।
Shamai akamzaa Maoni na Maoni akamzaa Beth-Suri.
46 कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने ।
Efa, suria wa Kalebu alikuwa mamaye Harani, Mosa na Gazezi. Harani alikuwa baba wa Gazezi.
47 यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।
Wana wa Yadai walikuwa: Regemu, Yothamu, Geshani, Peleti, Efa na Shaafu.
48 कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् ।
Maaka suria wa Kalebu alikuwa mamaye Sheberi na Tirhana.
49 तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌ । कालेबकी छोरी अक्‍सा थिइन्‌ । कालेबका सन्‍तान यी नै थिए ।
Pia Maaka akamzaa Shaafu babaye Madmana, na Sheva babaye Makbena na Gibea. Kalebu alikuwa na binti jina lake Aksa.
50 एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल,
Hawa ndio waliokuwa wazao wa Kalebu. Wana wa Huri, mzaliwa mkuu wao wa Efrathi, walikuwa: Shobali akamzaa Kiriath-Yearimu,
51 बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप थिए ।
Salma akamzaa Bethlehemu, naye Harefu akamzaa Beth-Gaderi.
52 किर्यत-यारीमका पिता शोबालका सन्‍तानहरू हारोए, मानहतीहरूका आधा,
Wazao wa Shobali, baba yake Kiriath-Yearimu, walikuwa: Haroe, nusu ya wakazi wa mji wa Menuhothi,
53 र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्‍तोलीहरू यिनीहरूका सन्‍तान भए ।
pamoja na koo za Kiriath-Yearimu ambazo ni: Waithiri, Waputhi, Washumathi na Wamishrai. Kutokana na watu hawa walizaliwa Wasorathi na Waeshtaoli.
54 सल्‍माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू,
Wazao wa Salma walikuwa: Bethlehemu, Wanetofathi, Atroth-Beth-Yoabu, nusu ya Wamanahathi, Wasori,
55 अनि याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्‍मतबाट आएका केनीहरू हुन्
pamoja na koo za waandishi zilizoishi katika mji wa Yabesi: yaani Watirathi, Washimeathi na Wasukathi. Hawa ndio Wakeni waliotokana na Hamathi, baba wa nyumba ya Rekabu.

< १ इतिहास 2 >