< १ इतिहास 19 >

1 त्यसको केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।
Bir süre sonra Ammon Kralı Nahaş öldü, yerine oğlu kral oldu.
2 दाऊदले भने, “म नाहाशका छोरा हानूनलाई दया देखाउनेछु, किनकि तिनका पिताले मलाई दया देखाए ।” यसैले तिनका पिताको बारेमा सहानुभूति प्रकट गर्न दाऊदले दूतहरू पठाए । दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्‍मोनीहरूको देशमा पसे ।
Davut, “Babası bana iyilik ettiği için ben de Nahaş oğlu Hanun'a iyilik edeceğim” diye düşünerek, babasının ölümünden dolayı baş sağlığı dilemek için Hanun'a ulaklar gönderdi. Davut'un ulakları Hanun'a baş sağlığı dilemek için Ammonlular'ın ülkesine varınca,
3 तर अम्‍मोनी राजकुमारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई आदर गरेका हुन्‌ भनी के तपाईं सम्‍झनुहुन्‍छ? तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका सेवकहरू आएका होइनन्‌ र?”
Ammon önderleri Hanun'a şöyle dediler: “Davut sana baş sağlığı dileyen bu adamları gönderdi diye babana saygı duyduğunu mu sanıyorsun? Bu ulaklar ülkeyi araştırmak, casusluk etmek, yıkmak için buraya geldiler.”
4 यसकारण हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका कपाल खौरिदिए, र काँधदेखि कम्मरसम्‍म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए ।
Bunun üzerine Hanun Davut'un ulaklarını yakalattı. Sakallarını tıraş edip giysilerinin kalçayı kapatan kesimini ortadan kesti ve onları öylece gönderdi.
5 जब तिनीहरूले यो कुरा दाऊदलाई वर्णन गरिदिए, तिनले तिनीहरूसित भेट गर्न पठाए, किनकि तिनीहरूको साह्रै लाजमा पारिएका थिए । राजाले भने, “तिमीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस र त्यसपछि फर्क ।”
Davut bunu duyunca, ulakları karşılamak üzere adamlar gönderdi. Çünkü ulaklar çok utanıyorlardı. Kral, “Sakalınız uzayıncaya dek Eriha'da kalın, sonra dönün” diye buyruk verdi.
6 जब अम्‍मोनीहरूले आफूहरूला दाऊदको दृष्‍टिमा दुर्घन्दित भएको देखे, तब हानून र अम्‍मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्‍यालामा ल्‍याउन एक हजार तोडा चाँदी पठाए ।
Ammonlular Davut'un nefretini kazandıklarını anlayınca, Hanun'la Ammonlular Aram-Naharayim, Aram-Maaka ve Sova'dan savaş arabalarıyla atlılar kiralamak için bin talant gümüş gönderdiler.
7 उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्‍यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए । त्यसपछि अम्‍मोनीहरूचाहिं आ-आफ्‍ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए ।
Otuz iki bin savaş arabası ve Maaka Kralı'yla askerlerini kiraladılar. Maaka Kralı'yla askerleri gelip Medeva'nın yakınında ordugah kurdular. Ammonlular da savaşmak üzere kentlerinden çıkıp bir araya geldiler.
8 जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।
Davut bunu duyunca, Yoav'ı ve güçlü adamlardan oluşan bütün ordusunu onlara karşı gönderdi.
9 अम्‍मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए ।
Ammonlular çıkıp kent kapısında savaş düzeni aldılar. Yardıma gelen krallar da kırda savaş düzenine girdiler.
10 जब योआबले आफूलाई अगि र पछि दुवैतिर लडाइँले घेरेको थाहा पाए, तब तिनले केही असल इस्राएली फौजलाई लिए र अरामीहरूको विरुद्ध तयार पारे ।
Önde, arkada düşman birliklerini gören Yoav, İsrail'in en iyi askerlerinden bazılarını seçerek Aramlılar'ın karşısına yerleştirdi.
11 तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको कमाण्‍डमा दिए, र उनीहरूलाई तिनले अम्‍मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।
Geri kalan birlikleri de kardeşi Avişay'ın komutasına vererek Ammonlular'a karşı yerleştirdi.
12 योआबले भने, “अरामीहरू मेरो निम्‍ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ । अम्‍मोनीहरू तिम्रो निम्‍ति साह्रै शक्तिशाली भए भने म आएर तिम्रो उद्धार गर्नेछु ।
Yoav, “Aramlılar benden güçlü çıkarsa, yardımıma gelirsin” dedi, “Ama Ammonlular senden güçlü çıkarsa, ben sana yardıma gelirim.
13 साहसिलो होऊ! हामी आफ्‍ना मानिस र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहसिलो होऔं, किनकि परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ ।”
Güçlü ol! Halkımızın ve Tanrımız'ın kentleri uğruna yürekli olalım! RAB gözünde iyi olanı yapsın.”
14 यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्‍न बाध्य पारिए ।
Yoav'la yanındakiler Aramlılar'a karşı savaşmak için ileri atılınca, Aramlılar onlardan kaçtı.
15 जब अम्‍मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।
Aramlılar'ın kaçıştığını gören Ammonlular da Yoav'ın kardeşi Avişay'dan kaçarak kente girdiler. Yoav ise Yeruşalim'e döndü.
16 जब अरामीहरूले आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्‍डर शोपकको कमाण्‍डमा भएका अरू अरामी सेनालाई बोलाए ।
İsrailliler'in önünde bozguna uğradıklarını gören Aramlılar, ulaklar gönderip Fırat Irmağı'nın karşı yakasında, Hadadezer'in ordu komutanı Şofak'ın komutasındaki Aramlılar'ı çağırdılar.
17 जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।
Davut bunu duyunca, bütün İsrail ordusunu topladı. Şeria Irmağı'ndan geçerek onlara doğru ilerleyip karşılarında savaş düzeni aldı. Davut savaşmak için düzen alınca, Aramlılar onunla savaştılar.
18 आरामीहरू इस्राएलदेखि भागे, र दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू मारे । तिनले सेनाका कमाण्‍डर शोपकलाई पनि मारे ।
Ne var ki, Aramlılar İsrailliler'in önünden kaçtılar. Davut onlardan yedi bin savaş arabası sürücüsü ile kırk bin yaya asker öldürdü. Ordu komutanı Şofak'ı da öldürdü.
19 हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्‍धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌ ।
Hadadezer'in buyruğundaki krallar İsrailliler'in önünde bozguna uğradıklarını görünce, Davut'la barış yaparak ona boyun eğdiler. Aramlılar bundan böyle Ammonlular'a yardım etmekten kaçındılar.

< १ इतिहास 19 >