< १ इतिहास 18 >
1 यसपछि दाऊदले पलिश्तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए ।
Danach schlug David die Philister und demütigte sie. Er nahm Gat mit seinen Tochterorten den Philistern weg.
2 तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे ।
Dann schlug er Moab, und die Moabiter wurden David untertan und brachten Gaben.
3 सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो राज्य स्थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।
Hierauf schlug David den König von Soba, Hadarezer, gegen Hamat zu, als er daranging, seine Macht am Euphratstrome aufzurichten.
4 एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सयवटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे ।
David nahm ihm 1.000 Wagen, 7.000 Reiter und 20.000 Mann Fußvolk weg. Alle Rosse lähmte David. Nur 100 Rossewagen ließ er übrig.
5 जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार जना अरामीलाई मारे ।
Da kamen die damaszenischen Aramäer dem König von Soba, Hadarezer, zu Hilfe. Aber David schlug die Aramäer, 22.000 Mann.
6 तब दाऊदले दमस्कसमा अराममा सेनाको छाउनी राखे, र आरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजयी दिनुभयो ।
Dann setzte David im damaszenischen Aram Vögte ein. So wurden die Aramäer David untertan und steuerpflichtig. Der Herr half David überall, wohin er zog.
7 हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्याए ।
David nahm auch die goldenen Schilde, die Hadarezers Knechte trugen, und brachte sie nach Jerusalem.
8 तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्तम्भहरू र काँसाका विभिन्न भाँडाहरू बनाए ।
Aus Tibchat und Kun, Hadarezers Städten, holte David sehr viel Erz. Daraus machte Salomo das eherne Meer, die Säulen und die ehernen Geräte.
9 जब दाऊदले सोबाका राजा हददेजेरका जम्मै सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने,
Da hörte Hamats König Tou, David habe die ganze Streitmacht Hadarezers, des Königs von Soba, geschlagen.
10 तब दाऊद राजालाई अभिवादन गर्न र बधाई दिन तोऊले आफ्ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बिचमा प्राय युद्ध चल्ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसबाट बनेका विभिन्न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए ।
So sandte er nun seinen Sohn Hadoram zu König David, ihn zu begrüßen und zu beglückwünschen wegen seines siegreichen Kampfes mit Hadarezer. Denn Hadarezer war Tous Kriegsgegner. Er sandte auch allerlei goldene, silberne und eherne Gegenstände.
11 दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्मोनका मानिसहरू, पलिश्तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अगल गरे ।
Auch sie weihte König David dem Herrn samt dem Silber und Gold, das er von den Heiden weggeführt hatte, von Edom, Moab, den Söhnen Ammons, den Philistern und den Amalekitern.
12 सरूयाहका छोरा अबीशैले नूनको उपत्यकामा अठाह्र हजार एदोमीलाई मारे ।
Serujas Sohn, Absai, aber hatte Edom, 18.000 Mann, im Salztal geschlagen.
13 तिनले एदोममा सेनाको छाउनी राखे, र सबै एदोमी अब दाऊदका सेवक भए । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।
Er setzte in Edom Vögte ein, und ganz Edom ward David untertan. Und der Herr half David überall, wohin er kam.
14 दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै मानिसहरूको न्याय र धार्मकता कायम गरे ।
So regierte David ganz Israel und übte Recht und Gerechtigkeit an seinem ganzen Volk.
15 सरूयाहका छोरा योआब सेनाका कमाण्डर थिए, र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
Joab, Serujas Sohn, war über das Heer gesetzt. Achiluds Sohn Josaphat war Kanzler,
16 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पुजारीहरू थिए, र शब्शा सचिव थिए ।
Sadok, Achitubs Sohn, und Ebjatars Sohn Abimelek waren Priester und Savsa Schreiber.
17 यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्य अधिकारीहरू थिए ।
Benjahu, Jojadas Sohn, befehligte die Bogenschützen und die Schildträger. Davids Söhne aber waren die Ersten um den König.