< १ इतिहास 16 >

1 तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।
Wakaleta ndani Sanduku la Mungu na kuweka katika ya hema ambalo Daudi aliandaa. Kisha wakatoa sadaka ya kuteketeza na sadaka ya ushirika mbele ya Mungu.
2 दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।
Daudi alipo maliza kutoa dhabiu ya kuteketeza na sadaka za ushirika, aliwabariki watu kwa jina la Yahweh.
3 तिनले हरेक इस्राएली, पुरुष र स्‍त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।
Alisambaza kwa kila Misraeli, mwanaume na mwanamke, kipande cha mkate, na kipande cha nyama, na keki ya mzabibu.
4 परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।
Daudi aliewapangia baadhi ya Walawi kutumika mbele ya sanduku la Yahweh, na kusheherekea, kushukuru na kumsifu Yahweh, Mungu wa Israeli.
5 ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो ।
Hawa Walawi walikuwa Asafu kiongozi, wa pili kutoka kwake Zekaria, Yeieli, Shemiramothi, Yehieli, Matithia, Eliabu, Benaia, Obedi Edomu, na Yeieli. Hawa walikuwa wacheze na vyombo vya uzi na vinubi. Asafu alikuwa apige upatu, kwa kelele.
6 बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो ।
Benaia na Yahazieli walikuwa wakupiga tarumbeta kila mara, mbele sanduku la agano la Mungu.
7 तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे ।
Kisha katika hiyo siku Daudi akawachagua Asafu na kaka zake kuimba hii nyimbo ya shukurani kwa Yahweh.
8 परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।
Mpeni shukurani Yahweh, liitieni jina lake; fahamisheni mataifa matendo yake.
9 उहाँको निम्‍ति गाओ, उहाँको स्‍तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर ।
Mwiimbieni, imbeni sifa kwake; semeni matendo yake ya ajabu.
10 उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस्‌ ।
Jisifuni katika jina lake takatifu; mioyo ya wanao mtafuta Yahweh ishangilie.
11 परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्‍तर उहाँको उपस्‍थिति खोज ।
Mtafute Yahweh na nguvu zake; tafuteni uwepo wake siku zote.
12 उहाँले गर्नुभएका अचम्‍मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर,
Kumbukeni matendo aliyo ya fanya kwenu, miujiza yake na amri za kinywa chake,
13 ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।
enyi uzao wa Israeli mtumishi wake, enyi watu wa Yakobo, wateule wake.
14 उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌ ।
Yeye ni Yahweh, Mungu wetu. Amri zake zipo duniani kote.
15 आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ।
Tunzeni agano lake akilini mwenu milele, neno alilo liamuru kwa vizazi elfu moja.
16 उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।
Anakumbuka agano alilo lifanya na Ibrahimu, na nadhiri yake kwake Isaka.
17 यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो ।
Hili ndilo alilo lithibitisha kwa Yakobo kama amri maalumu, na kwa Israeli kama agano la milele.
18 उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।”
Alisema, “Nitakupa nchi ya Kanani kama sehemu ya urithi wako.”
19 तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए,
Nilisema hili mlipo kuwa wachache kwa idadi, wachache sana, mlipo kuwa wageni katika nchi.
20 तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए ।
Walienda taifa hadi taifa, kutoka ufalme mmoja hadi mwingine.
21 उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो ।
Hakuwaruhusu yeyote awatese; aliwahadhibu wafalme kwa ajili yao.
22 उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।”
Alisema, “Msiwaguse wapakwa mafuta wangu, na msiwadhuru manabii wangu.”
23 हे सारा पृथ्‍वी, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर ।
Imbeni kwa Yahweh, dunia yote; tangazeni wokovu wake siku hadi siku.
24 जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर ।
Kirini utukufu wake kwa mataifa, matendo yake makuu kwa mataifa yote.
25 किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ ।
Kwa kuwa Yahweh ni mkuu na ni wakusifiwa sana, na ni wakuogopewa kuliko miungu yote.
26 किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्‍टि गर्नुभयो ।
Kwa kuwa miungu ya mataifa ni sanamu, lakini ni Yahweh aliye umba mbingu.
27 उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।
Uzuri wa ajabu na utukufu upo uweponi mwake. Uwezo na furaha upo kwake.
28 मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ ।
Mpeni sifa Yahweh, enyi koo za watu, mpeni sifa Yahweh utukufu na uwezo;
29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्‍याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर ।
Mpeni Yahweh utukufu upasao jina lake. Leta sadaka na mje kwake. Muinamieni Yahweh katika utakatifu wa uzuri wake.
30 हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्‍लाउन सकिंदैन ।
Mtetemeke mbele zake, dunia yote. Dunia imeimarishwa; haiwezi kutikisika.
31 स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ ।”
Mbingu nazo ziwe nafuraha, na dunia ifurahi; na wasema kwa mataifa yote, “Yahweh anatawala.”
32 समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ ।
Bahari na ingurume, na inayo ijaza ipige kelele kwa furaha. Mashamba yawe na furaha tele, na vyote vilivyomo ndani yake.
33 अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउँदै हुनुहुन्छ ।
Na miti iliyopo misituni ipige kelele kwa Yahweh, kwa kuwa anakuja kuhukumu dunia.
34 परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तताको सदासर्वदा रहन्‍छ ।
Toeni shukurani kwa Yahweh, kwa kuwa ni mwema, uaminifu wa agano lake la dumu ata milele.
35 तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”
Kisha sema, “Tuokoe, Mungu wa wokovu wetu. Tukusanye pamoja na utuokoe kutoka kwa mataifa mengine, ilikwamba tutoe shukurani kwa jina lako takatifu na tufurahi katika sifa zako.”
36 परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।”
Na Yahweh, Mungu wa Israeli, asifiwe kutoka milele na milele. Watu wote wakasema, “Amina” na wakamsifu Yahweh.
37 यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
Hivyo Daudi akamwacha Asafu na kaka zake pale mbele ya sanduku la Yahweh, kutumika daima mbele ya sanduku, kama kazi za kila siku zilivyo itaji. Obedi Edomu pamoja na ndugu sitini na nane walijumuishwa.
38 ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।
Obedi Edomu mwana wa Yeduthuni, pamoja na Hosa, walikuwa wawe walinzi wa lango.
39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो ।
Zadoki kuhani na makuhani wenzake walikuwa watumike mbele ya hema la Yahweh katika mahali pa juu huko Gibeoni.
40 परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो ।
Walikuwa watoe sadaka za kuteketeza kwa Yahweh kwenye madhabahu ya sadaka za kuteketeza daima asubui na jioni, kwa mujibu wa yote yalio andikwa katika amri za Yahweh, aliyo wapa Waisraeli kama sheria.
41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ ।
Hemani na Yeduthuni walikuwa nao, pamoja na walio chaguliwa kwa jina, kumpa shukurani Yahweh, kwasababu uaminifu wa agano lake la dumu ata milele
42 पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
Hemani na Yeduthuni walikuwa viongozi wa wao waliopiga tarumbeta, upatu, na vyombo vingine kwa muziki wa kumuabudu Mungu. Wana wa Yeduthuni walilinda lango.
43 तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के, र दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए ।
Kisha watu wote walirudi nyumbani, na Daudi akarudi kubariki nyumba yake.

< १ इतिहास 16 >