< १ इतिहास 16 >
1 तिनीहरूले परमेश्वरको सन्दूक ल्याए, अनि त्यसको निम्ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्वरको सामु होमबलि र मेलबलि चढाए ।
Og de indførte Guds Ark og satte den midt i Paulunet, som David havde opslaget til den, og ofrede Brændofre og Takofre for Guds Ansigt.
2 दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।
Og der David var færdig med at ofre Brændofferet og Takofferet, da velsignede han Folket i Herrens Navn.
3 तिनले हरेक इस्राएली, पुरुष र स्त्री दुबैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।
Og han uddelte til hver Mand i Israel, baade Mænd og Kvinder, til hver især et helt Brød og et Stykke Kød og en Rosinkage.
4 परमप्रभुका सन्दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्वरको उत्सव मनाउन, धन्यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।
Og han satte nogle af Leviterne for Herrens Ark til Tjenere og til at prise og at takke og at love Herren Israels Gud;
5 ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्याली बजाउनुपर्थ्यो ।
— Asaf var den ypperste og den anden efter ham Sakaria; — Jeiel og Semiramoth og Jehiel og Mathithja og Eliab og Benaja og Obed-Edom og Jeiel med Psaltres Instrumenter og med Harper, og Asaf lod sig høre med Cymbler;
6 बनायाह र यहासेल पुजारीहरूले परमेश्वरका करारको सन्दूकको अगि निरन्तर रूपमा तुरही बजाउनुपर्थ्यो ।
men Benaja og Jehasiel, Præsterne, med stedse lydende Basuner foran Guds Pagts Ark.
7 तब त्यस दिन दाऊदले पहिलो पल्ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्ति धन्यवादको यो गीत गाउनलाई नियुक्त गरे ।
Paa den Dag overdrog David første Gang Asaf og hans Brødre at synge Lovsangen for Herren:
8 परमप्रभुलाई धन्यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।
Lover Herren, paakalder hans Navn, kundgører hans Gerninger iblandt Folkene.
9 उहाँको निम्ति गाओ, उहाँको स्तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर ।
Synger for ham, synger Psalmer for ham, taler om alle hans underlige Gerninger!
10 उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्दित होस् ।
Roser eder af hans hellige Navn; deres Hjerte skal glædes, som søge Herren.
11 परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्तर उहाँको उपस्थिति खोज ।
Spørger efter Herren og hans Magt, søger hans Ansigt altid!
12 उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर,
Kommer hans underlige Gerninger i Hu, som han har gjort, hans underlige Ting og hans Munds Domme.
13 ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।
I, hans Tjener Israels Sæd! I Jakobs Børn, hans udvalgte!
14 उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्छन् ।
Han er Herren vor Gud, hans Domme ere i al Verden.
15 आफ्नो करारलाई उहाँले सदासर्वदा स्मरण गर्नुहुन्छ, हजार पुस्तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्झनुहुन्छ।
Kommer evindeligt hans Pagt i Hu, det Ord, han har befalet, til tusinde Slægter,
16 उहाँले अब्राहामसित बाँध्नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।
som han indgik med Abraham, og hans Ed til Isak,
17 यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्त करारको रूपमा पुष्टि गर्नुभयो ।
og stadfæstede for Jakob til en Skik, for Israel til en evig Pagt,
18 उहाँले भन्नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।”
der han sagde: Dig vil jeg give Kanaans Land, eders Arvs Part;
19 तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्यो देशमा विदेशीहरू थिए,
der I vare en liden Hob Folk, ja faa og fremmede der.
20 तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भए ।
Og de vandrede fra Folk til Folk, og fra et Rige til et andet Folk.
21 उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो ।
Han lod ingen Mand gøre dem Uret og straffede Konger for deres Skyld, sigende:
22 उहाँले भन्नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।”
Rører ikke ved mine Salvede, og gører mine Profeter intet ondt!
23 हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर ।
Synger for Herren, alt Landet! bebuder fra Dag til Dag hans Frelse!
24 जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बिचमा उहाँका अचम्मका कामहरूको वर्णन गर ।
Fortæller hans Herlighed iblandt Hedningerne, hans underfulde Gerninger iblandt alle Folkene.
25 किनकि परमप्रभु महान् हुनुहुन्छ, र उच्च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्दा बढी उहाँकै भय राखिनुपर्छ ।
Thi Herren er stor og saare priselig, og han er forfærdelig over alle Guder.
26 किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाशको सृष्टि गर्नुभयो ।
Thi alle Folkenes Guder ere Afguder, men Herren gjorde Himmelen.
27 उहाँको उपस्थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्थानमा शक्ति र महिमा छन् ।
Ære og Hæder er for hans Ansigt, Styrke og Glæde er paa hans Sted.
28 मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ ।
Giver Herren, I Folks Slægter! giver Herren Ære og Styrke!
29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर ।
Giver Herren hans Navns Ære; fremfører Skænk og kommer for hans Ansigt, tilbeder Herren i hellig Prydelse!
30 हे सारा पृथ्वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्लाउन सकिंदैन ।
Al Jorden bæve for hans Ansigt, og Jordens Kreds skal befæstes, at den ikke ryster.
31 स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभु नै राज्य गर्नुहुन्छ ।”
Himlene skulle glædes, og Jorden frydes, og de skulle sige iblandt Hedningerne: Herren regerer.
32 समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून् । जमिन र त्यसमा भएका सबै कुरा उल्लसित होऊन् ।
Havet skal bruse og dets Fylde; Marken skal frydes, og alt det, som er paa den.
33 अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ ।
Da skulle Træerne i Skoven fryde sig for Herrens Ansigt, thi han kommer for at dømme Jorden.
34 परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तताको सदासर्वदा रहन्छ ।
Lover Herren, thi han er god, thi hans Miskundhed varer evindelig,
35 तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”
og siger: Frels os, vor Frelses Gud! og saml os og udfri os fra Hedningerne for at love dit hellige Navn, at berømme os af din Pris.
36 परमप्रभु इस्राएलका परमेश्वरको, सदासर्वदै प्रशंसा होस् । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्तुति गरे ।”
Lovet være Herren, Israels Gud, fra Evighed til Evighed! Og alt Folket sagde Amen, og: Lov Herren!
37 यसैले दाऊदले दिन-दिनको आवश्यक काम निरन्तर रूपमा गर्न त्यहाँ परमप्रभुका करारको सन्दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
Saa lod han der blive foran Herrens Pagts Ark Asaf og hans Brødre til stadig Tjeneste foran Arken, til hver Dags Gerning paa sin Dag.
38 ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।
Og Obed-Edom og deres Brødre, otte og tresindstyve, ja Obed-Edom, Jeduthuns Søn, og Hosa satte han til Portnere.
39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्थानको सामु सेवा गर्नुपर्थ्यो ।
Og Zadok, Præsten, og hans Brødre, Præsterne, lod han tjene foran Herrens Tabernakel paa den Høj, som er i Gibeon,
40 परमप्रभुको व्यवस्थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्तर रूपमा परमप्रभुको निम्ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो ।
at de stadigt skulde bringe Herren Brændofre paa Brændofferets Alter, Morgen og Aften, og det efter alt det, som er skrevet i Herrens Lov, som han bød Israel.
41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्वस्तता सदासर्वदै रहिरहन्छ ।
Og med dem vare Heman og Jeduthun og de øvrige af de udvalgte, som vare nævnte ved Navn, til at love Herren, fordi hans Miskundhed varer evindelig.
42 पवित्र भजनको निम्ति तुरहीहरू र झ्यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
Ja med dem vare Heman og Jeduthun, for dem, som lode sig høre med Basuner og Cymbler og med Guds Sanges Instrumenter; men Jeduthuns Sønner vare ved Porten.
43 तब सबै मानिसहरू आ-आफ्नो घर फर्के, र दाऊदचाहिं आफ्नो परिवारलाई आशीर्वाद दिन गए ।
Saa drog alt Folket hen, hver til sit Hus; og David vendte om for at velsigne sit Hus.