< १ इतिहास 15 >
1 दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरे र त्यसको लागि एउटा पाल टाँगे ।
I naèini sebi David kuæe u gradu Davidovu, i spremi mjesto za kovèeg Božji, i razape mu šator.
2 तब दाऊदले भने, “परमेश्वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्दूक बोक्न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्नुभएको थियो ।”
Tada reèe David: ne valja da nosi kovèeg Božji niko osim Levita, jer je njih izabrao Gospod da nose kovèeg Božji i da mu služe dovijeka.
3 त्यसपछि परमप्रभुको सन्दूकलाई त्यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।
I skupi David sve sinove Izrailjeve u Jerusalim da prenesu kovèeg Gospodnji na mjesto njegovo, koje mu bješe spremio.
4 दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए ।
Skupi David i sinove Aronove i Levite,
5 कहातका सन्तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए ।
Od sinova Katovijeh: Urila poglavara i braæe njegove sto i dvadeset;
6 मरारीका सन्तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए ।
Od sinova Merarijevih: Asaju poglavara i braæe njegove dvjesta i dvadeset;
7 गेर्शोनका सन्तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए ।
Od sinova Girsonovijeh: Joila poglavara i braæe njegove sto i trideset;
8 एलीजापानका सन्तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए ।
Od sinova Elisafanovih: Semaju poglavara i braæe njegove dvjesta;
9 हेब्रोनका सन्तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए ।
Od sinova Hevronovijeh: Elila poglavara i braæe njegove osamdeset;
10 उज्जीएलका सन्तानबाट मुखिया अम्मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए ।
Od sinova Ozilovijeh: Aminadava poglavara i braæe njegove sto i dvanaest.
11 दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए ।
Tada dozva David Sadoka i Avijatara sveštenike, i Levite Urila i Asaju i Joila i Samaju i Elila i Aminadava,
12 तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक राख्न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्यसलाई ल्याउन सक्छौ ।
I reèe im: vi ste poglavari porodica otaèkih meðu Levitima; osveštajte sebe i braæu svoju, da donesete kovèeg Gospoda Boga Izrailjeva na mjesto koje sam mu spremio.
13 तिमीहरूले यसलाई पहिलो पल्ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं ।”
Jer što preðe ne uèiniste toga, Gospod Bog naš prodrije nas; jer ga ne tražismo kako treba.
14 यसैले परमप्रभु इस्राएलका परमेश्वरको सन्दूकलाई तिनीहरूले ल्याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।
I osveštaše se sveštenici i Leviti da prenesu kovèeg Gospoda Boga Izrailjeva.
15 यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्वरको सन्दूकलाई आ-आफ्ना काँधमा डन्डाले बोकेर ल्याए ।
I nosiše sinovi Levitski kovèeg Božji kao što je zapovjedio Mojsije po rijeèi Gospodnjoj na ramenima svojim i polugama.
16 लेवीहरूका मुखियाहरूले आ-आफ्ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
I reèe David poglavarima Levitskim da postave izmeðu braæe svoje pjevaèe sa spravama muzièkim, sa psaltirima i guslama i kimvalima, da pjevaju u glas veselo.
17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्याहका छोरा आसापलाई नियुक्त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्त गरे ।
I postaviše Leviti Emana sina Joilova, i od braæe njegove Asafa sina Varahijina, i od sinova Merarijevih, braæe njihove, Etana sina Kisajina;
18 तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल ।
I s njima braæu njihovu drugoga reda: Zahariju i Vena i Jazila i Semiramota i Jehila i Unija i Elijava i Venaju i Masiju i Matatiju i Elifela i Mikneju i Ovid-Edoma i Jeila, vratare.
19 सङ्गीतकार हेमान, आसाप र एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्यालीहरू बजाउन नियुक्त गरियो ।
I pjevaèi Eman i Asaf i Etan udarahu u kimvale mjedene;
20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए ।
A Zaharija i Ozilo i Semiramot i Jehilo i Unije i Elijav i Masija i Venaja u psaltire visoko,
21 मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे ।
A Matatija i Elifel i Mikneja i Ovid-Edom i Jeilo i Azazija u gusle nisko.
22 लेवीहरूका अगुवा कनन्याह सङ्गीतका निर्देशक थिए, किनकि तिनी सङ्गीत गुरु थिए ।
A Henanija poglavar meðu Levitima koji nošahu kovèeg ureðivaše kako æe se nositi, jer bješe vješt.
23 बेरेक्याह र एल्काना सन्दूकका गार्डहरू थिए ।
A Varahija i Elkana bjehu vratari kod kovèega.
24 शबन्याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्वरका सन्दूकको अगि तुरही बजाउनुपर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्दूकका गार्डहरू थिए ।
A Sevanija i Josafat i Natanailo i Amasaj i Zaharija i Venaja i Elijezer, sveštenici, trubljahu u trube pred kovèegom Božjim; a Ovid-Edom i Jehija bjehu vratari kod kovèega.
25 यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्दूक ल्याउनलाई रमाउँदै गए ।
I tako David i starješine Izrailjeve i tisuænici iðahu prateæi kovèeg zavjeta Gospodnjega iz kuæe Ovid-Edomove s veseljem.
26 परमप्रभुका करारको सन्दूक बोक्ने लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए ।
I kad Bog pomože Levitima koji nošahu kovèeg zavjeta Gospodnjega prinesoše sedam volova i sedam ovnova.
27 सन्दूक बोक्ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्याहले जस्तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए ।
I David bijaše ogrnut plaštem od tankoga platna, tako i svi Leviti koji nošahu kovèeg i pjevaèi, i Henanija koji upravljaše nosiocima meðu pjevaèima. I David imaše na sebi opleæak lanen.
28 यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्दूक ल्याए ।
I tako sav narod Izrailjev praæaše kovèeg zavjeta Gospodnjega klikujuæi i trubeæi u trube i u rogove i udarajuæi u kimvale i u psaltire i u gusle.
29 तर जब परमप्रभुका करारको सन्दूक दाऊदको सहरमा ल्याइयो, शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् । उनले दाऊद राजालाई नाच्दै र उत्सव मनाउँदै गरेका देखिन् । तब उनले आफ्नो मनमा तिनलाई तुच्छ ठानिन् ।
A kad kovèeg zavjeta Gospodnjega ulažaše u grad Davidov, Mihala kæi Saulova gledajuæi s prozora vidje cara Davida gdje skaèe i igra, i podrugnu mu se u srcu svom.