< १ इतिहास 14 >
1 तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्ति एउटा महल बनाए ।
Potem Hiram, król Tyru, wysłał posłów do Dawida wraz z drewnem cedrowym, murarzami i cieślami, aby mu zbudowali dom.
2 अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्नो राज्यलाई उच्च पार्नुभयो भनी दाऊदलाई थाहा भयो ।
I Dawid poznał, że PAN potwierdził jego królowanie nad Izraelem, gdyż wywyższył jego królestwo ze względu na swój lud Izraela.
3 यरूशलेममा दाऊदले अझै अरू पत्नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
Dawid pojął więcej żon w Jerozolimie i spłodził więcej synów i córek.
4 यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
A oto imiona tych, którzy mu się urodzili w Jerozolimie: Szammua, Szobab, Natan, Salomon;
5 यिभार, एलीशूअ, एल्पेलेत,
Jibchar, Eliszua, Elpalet;
7 एलीशामा, बेलीयादा र एलीपेलेत ।
Eliszama, Beeliada i Elifelet.
8 अब दाऊद सम्पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्न निस्के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्किए ।
Kiedy Filistyni usłyszeli, że Dawid został namaszczony na króla nad całym Izraelem, wszyscy Filistyni wyruszyli, aby go szukać. Gdy Dawid usłyszał o tym, wyszedł naprzeciw nich.
9 अब पलिश्तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।
Filistyni przybyli i rozciągnęli się w dolinie Refaim.
10 तब दाऊदले परमेश्वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्चय नै तेरो हातमा सुम्पिदिनेछु ।”
I Dawid radził się Boga, mówiąc: Czy mam wyruszyć przeciw Filistynom i czy wydasz ich w moje ręce? PAN mu odpowiedział: Wyruszaj, a wydam ich w twoje ręce.
11 यसैले तिनीहरू बाल-पराजीमसम्म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्ने बाढीले किनार भत्काएझैं परमेश्वरले मेरा शत्रुहरूलाई मद्वारा भत्काउनुभयो ।” यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम रह्यो ।
A gdy przybyli do Baal-Perasim, tam Dawid ich pobił. Wtedy Dawid powiedział: Bóg rozerwał moich wrogów przez moją rękę, jak rozrywają się wody. Dlatego nazwał to miejsce Baal-Perasim.
12 पलिश्तीहरूले आफ्ना देवताहरू त्यहीं छोडे र तिनलाई जलाउनु भन्ने हुकुम दाऊदले दिए ।
I porzucili tam swoje bożki, a Dawid rozkazał spalić je ogniem.
13 तब पलिश्तीहरूले फेरि पनि उक्त बेंसीमा आक्रमण गरे ।
Lecz Filistyni znowu rozciągnęli się w dolinie.
14 त्यसैले दाऊदले फेरि पनि परमेश्वरसँग मदत मागे । परमेश्वरले तिनलाई भन्नुभयो, “तैंले अगाडिबाट आक्रमण गर्नुहुँदैन, तर उनीहरूको पछिल्तिर घेरा लगा र लहरे-पीपलका रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जा ।
Dawid więc ponownie radził się Boga, a Bóg mu odpowiedział: Nie ruszaj na nich, ale odwróć się od nich, abyś natarł na nich od strony drzew morwowych.
15 जब तैंले लहरे-पीपलका रूखका टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्वर तिमीहरूका अगिअगि पलिश्तीको सेनालाई आक्रमण गर्न जानुहुनेछ ।”
A gdy usłyszysz odgłos kroków wśród wierzchołków drzew morwowych, wtedy wyruszysz do bitwy, gdyż Bóg wyruszył przed tobą, aby pobić wojska Filistynów.
16 यसैले परमेश्वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्मै पराजित गरे ।
I Dawid uczynił tak, jak mu rozkazał Bóg, i pobili wojska Filistynów od Gibeonu aż do Gezer.
17 तब दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।
I w ten sposób rozsławiło się imię Dawida na wszystkich ziemiach, a PAN sprawił, że bały się go wszystkie narody.