< १ इतिहास 13 >
1 दाऊदले आफ्ना हजार र सयका कमाण्डरहरू, हरेक अगुवाहरूसँग सल्लाह लिए ।
iniit autem consilium David cum tribunis et centurionibus et universis principibus
2 तब तिनले इस्राएलका जम्मै समुदायलाई भने, “तपाईंहरूलाई असल लाग्छ भने, र यो परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो भने, इस्राएलका हरेक इलाकामा बाँकी रहेका हाम्रा आफन्तहरू, र तिनीहरूका सहरहरूमा बसोबास गर्ने पूजाहारी र लेवीहरूकहाँ हामी समाचार पठाऔं । हामीसँग सहभगी हुन तिनीहरूलाई भनियोस् ।
et ait ad omnem coetum Israhel si placet vobis et a Domino Deo nostro egreditur sermo quem loquor mittamus ad fratres nostros reliquos in universas regiones Israhel et ad sacerdotes et Levitas qui habitant in suburbanis urbium ut congregentur ad nos
3 हाम्रा परमेश्वरको सन्दूकलाई हामी आफूकहाँ फर्काएर ल्याऔं, किनकि शाऊलको राज्यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।”
et reducamus arcam Dei nostri ad nos non enim requisivimus eam in diebus Saul
4 तब सबै समुदायले त्यसो गर्न सहमती दिए, किनभने सबै मानिसको दृष्टिमा ती कुरा उचित लाग्यो ।
et respondit universa multitudo ut ita fieret placuerat enim sermo omni populo
5 यसैले किर्यत-यारीमबाट परमेश्वरको सन्दूक ल्याउनलाई मिश्रदेशको शिहोर नदीदेखि लेबो-हमातसम्मका सारा इस्राएललाई दाऊदले भेला गराए ।
congregavit ergo David cunctum Israhel a Sior Aegypti usque dum ingrediaris Emath ut adduceret arcam Dei de Cariathiarim
6 तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्वरको सन्दूक ल्याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात् किर्यत-यारीममा उक्लेर गए ।
et ascendit David et omnis vir Israhel ad collem Cariathiarim quae est in Iuda ut adferrent inde arcam Dei Domini sedentis super cherubin ubi invocatum est nomen eius
7 त्यसैले तिनीहरूले परमेश्वरको सन्दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्जाह र अहियोले उक्त गाडा धकेल्दै थिए ।
inposueruntque arcam Dei super plaustrum novum de domo Aminadab Oza autem et fratres eius minabant plaustrum
8 दाऊद र सम्पूर्ण इस्राएलले परमेश्वरको सामु आफ्नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैंजडी, झ्याली र तुरहीको साथमा गाउँदै थिए ।
porro David et universus Israhel ludebant coram Deo omni virtute in canticis et in citharis et psalteriis et tympanis et cymbalis et tubis
9 जब तिनीहरू कीदोनको खलामा पुगे, तब उज्जाहले सन्दूक समात्नलाई आफ्नो हात बढाए, किनभने गोरुहरूलाई ठेस लाग्यो ।
cum autem pervenissent ad aream Chidon tetendit Oza manum suam ut sustentaret arcam bos quippe lasciviens paululum inclinaverat eam
10 तब परमप्रभुको क्रोध उज्जाहको विरुद्ध दन्कियो, र परमेश्वरले तिनलाई मार्नुभयो, किनकि उज्जाहले आफ्नो हात बढाएर सन्दूक छोएका थिए । तिनी परमेश्वरको सामु त्यहीं मरे ।
iratus est itaque Dominus contra Ozam et percussit eum eo quod contigisset arcam et mortuus est ibi coram Deo
11 परमप्रभुले उज्जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्जाह भनिन्छ ।
contristatusque David eo quod divisisset Dominus Ozam vocavit locum illum Divisio Oza usque in praesentem diem
12 त्यो दिन दाऊद परमेश्वरसँग डराए । तिनले भने, “परमेश्वरको सन्दूकलाई कसरी मकहाँ घरमा ल्याउन म सक्छु?”
et timuit Deum tunc temporis dicens quomodo possum ad me introducere arcam Dei
13 यसैले दाऊदले उक्त सन्दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे ।
et ob hanc causam non eam adduxit ad se hoc est in civitatem David sed avertit in domum Obededom Getthei
14 यसरी सन्दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्म रह्यो । यसैले परमप्रभुले तिनको घर र तिनीसँग भएका सबै कुरामा आशिष् दिनुभयो ।
mansit ergo arca Dei in domo Obededom tribus mensibus et benedixit Dominus domui eius et omnibus quae habebat