< १ इतिहास 12 >
1 कीशका छोरा शाऊलको उपस्थितिबाट दाऊद निकाला भएकै अवस्थामा सिक्लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।
Dies sind die, die zu David nach Siklag kamen, als er von dem Kissohne Saul verjagt war. Auch sie gehörten zu den Helden, als Helfer im Kampfe,
2 यिनीहरू धनुहरू बोक्थे, अनि घुयेंत्रोले ढुङ्गा हान्न र धनुबाट काँड हान्न दाहिने र देब्रे दुवै हात चलाउन सक्थे । यिनीहरू शाऊलका कुल बेन्यामीनका थिए ।
bogenbewaffnet, geschickt, mit der Rechten und Linken Steine und Pfeile mit dem Bogen zu schleudern. Von den Benjaminiten, Sauls Brüdern,
3 तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
der Hauptmann Achiezer und Joas, des Gibeatiters Semaa Söhne, ferner Jeziel und Pelet, Azmavets Söhne, Beraka und der Anatotiter Jehu,
4 गिबोनी यिश्मायाह, जो तिस जनामध्येका एक सिपाही थिए (र तिस जनाका कमाण्डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,
der Gibeoniter Ismaja, ein Held unter den Dreißig und der Dreißig Anführer,
5 एलूजै, यरीमोत, बाल्याह, शमरयाह, हारूपी शपत्याह,
Jeremia, Jachaziel, Jochanan, der Gederatiter Jozabad,
6 कोरहवंशी एल्काना, यिश्याह, अज्रेल, योएजेर र याशोबाम,
Eluzai, Jerimot, Bealja, Semarja, der Chariphiter, Sephatja,
7 गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।
Elkana, Issia, Azarel, Joezer und Josbam, die Korachiter,
8 कोही गादीहरू पनि उजाड-स्थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
und Joela und Zebadja, Jerochams Söhne aus Gedor.
9 एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
Auch von den Gaditen gingen tapfere Männer zu David auf die Feste in der Wüste, kampfgerüstete Krieger, die Schild und Lanze führten, wie Löwen anzusehen und schnellfüßig wie Gazellen auf den Bergen:
10 चौथा मिश्मन्ना, पाँचौं यर्मिया,
Ezer, der Hauptmann Obadia, der zweite, Eliab, der dritte,
11 छैटौं अत्तै, सातौं एलीएल,
Mismatina, der vierte, Jerema, der fünfte,
12 आठौं योहानान, नवौं एल्जाबाद,
Attai, der sechste, Eliel, der siebte,
13 दशौं यर्मिया र एघारौं मकबन्ने थिए ।
Isanan, der achte, Elzabad, der neunte,
14 गादका यी छोराहरू सेनाका अगुवाहरू थिए । तल्लो दर्जाले सय जना र माथिल्लो दर्जाले हजार जनाको नेतृत्व गरे ।
Jeremia, der zehnte, Makbannai, der elfte.
15 पहिलो महिनामा बढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे, अनि उपत्यकाको पूर्व र पश्चिम दुवैतर्फ बस्ने सबैलाई लखेटे ।
Diese sind aus Gads Söhnen die Heerführer. Der geringste nahm es mit hundert und der größte mit tausend auf.
16 बेन्यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।
Diese waren es, die den Jordan im ersten Monat überschritten, als er durch alle seine Nebenzuflüsse voll war. Und sie durchzogen alle Täler in Ost und West.
17 तिनीहरूलाई भेट्न दाऊद बाहिर निस्केर गए र यसो भनेर सम्बोधन गरे, “तिमीहरू मकहाँ शान्तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्वरले हेर्नुहुन्छ र तिमीहरूलाई हप्काउनुहुन्छ, किनकि मैले कुनै खराबी गरेको छैन ।”
Etliche kamen selbst von Benjamin und Juda zur Feste Davids.
18 तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्ति होस्, किनकि तपाईंका परमेश्वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्ना मानिसहरूका कमाण्डरहरू तुल्याए ।
Da ging David zu ihnen hinaus und sprach sie an: "Kommt ihr zu mir in Frieden, mir beizustehen, dann vereinige ich mich von Herzen mit euch. Kommt ihr aber, mich an meine Feinde zu verraten, obschon kein Unrecht an meinen Händen klebt, so sehe unserer Väter Gott darein und räche es!"
19 पलिश्तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्ध लड्न जाँदा, मनश्शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे । तापनि तिनीहरूले पलिश्तीहरूलाई मदत गरेनन्, किनभने पलिश्तीहरूका शासकहरूले एकआपसमा सल्लाह गरे र दाऊदलाई फर्काइदिए । तिनीहरूले भने, “हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्ना मालिक शाऊलको साथ दिएर हामीलाई त्याग्नेछन् ।”
Da hatte ein Geist den Obersten der Drei eingehüllt, Amasai. Er sprach: "Dir, David, und deinem Volke, Isaisohn, sei Heil! Dir sei Heil und deinen Helfern! Denn dein Gott hilft dir." Da nahm sie David auf und machte sie zu Hauptleuten der Kriegerschar.
20 तिनी सिक्लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्लतै थिए । यि मनश्शेका हजार-हजार जनाका सेनानीहरू थिए ।
Auch von Manasse gingen etliche zu David über, als er mit den Philistern gegen Saul in den Kampf zog. Aber diesen half er nicht. Denn die Philisterfürsten hatten ihn absichtlich fortgeschickt; sie sagten: "Er kann mit unseren Köpfen zu seinem Herrn Saul übergehen."
21 यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका कमाण्डरहरू भए ।
Als er nach Siklag zog, gingen von Manasse zu ihm über: Adnach, Jozabad, Jediael, Mikael, Jozabad, Elihu und Silletai, die Häupter der Tausend Manasses.
22 परमेश्वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए ।
Diese halfen David bei der Kampfstellung. Denn sie waren alle tapfere Männer. Sie wurden auch Anführer im Heere.
23 शाऊलको राज्याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्जित भएर हेब्रोनमा दाऊदसँग मिल्न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।
Denn Tag für Tag kamen Leute zu David, ihm zu helfen, bis das Heer groß geworden war wie ein Gottesheer.
24 ढाल बोक्ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्जितहरू थिए ।
Dies ist die Zahl des Heerbannes, der zu David nach Hebron kam, um ihm Sauls Königtum nach des Herrn Befehl zu übertragen:
25 शिमियोनबाट लडाइँ गर्न सक्ने ७,१०० योद्धाहरू थिए ।
Judas Söhne, die Schild und Lanze trugen, 6.800 zum Kriegszug Gerüstete,
26 लेवीहरूबाट लडाइँ गर्न सक्ने ४,६०० योद्धाहरू थिए ।
von den Simeonsöhnen 7.100 tapfere Kriegsleute,
27 तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए ।
Von den Levisöhnen 4.600
28 अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।
samt dem Aaronsfürsten Jojada, bei dem 3.700 waren,
29 शाऊलका कुल बेन्यामीनबाट तिन हजार जना थिए । तिमध्येका धेरैजसो त्यस बेलासम्म शाऊलप्रति निष्ठावान् थिए ।
und samt Sadok, einem tapferen Jüngling, dessen Familie zweiundzwanzig Anführer stellte.
30 एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्ना पिताका परिवारमा प्रसिद्ध थिए ।
Von den Söhnen Benjamins, Sauls Brüdern, 3.000. Bis dahin hatte die Mehrzahl von ihnen den Wachdienst für Sauls Haus gestellt.
31 मनश्शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए ।
Von den Söhnen Ephraims 20.800 tapfere, in ihren Familien hochangesehene Männer.
32 इस्साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए ।
Vom Halbstamme Manasse 18.000, die namentlich bezeichnet waren, hinzugeben und David zum König zu machen.
33 जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्ति तयार भएका र एकचित्त किसिमले निष्ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए ।
Von den Söhnen Issakars, die Einsicht in die Zeitläufte hatten, so daß sie wußten, was Israel tun sollte, 200 Hauptleute, samt allen ihren Brüdern unter ihrem Befehl.
34 नप्तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्ने ३७,००० मानिसहरू थिए ।
Von Zabulon 50.000 Kriegstüchtige, mit allerlei kriegerischen Waffen ausgestattet; bereit, sich einzuordnen.
35 दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए ।
Von Naphtali 1.000 Anführer; sie hatten 37.000 Mann mit Schild und Speer bei sich.
36 आशेरबाट लडाइँको निम्ति तयार भएका ४०,००० योद्धाहरू थिए ।
Von den Daniten 28.600 Kampfgerüstete.
37 यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट युद्धको निम्ति सबै किसिमका हतियारले सुसज्जित भएका १,२०,००० मानिसहरू थिए ।
Von Asser 40.000 Kriegstüchtige, bereit, Krieg zu führen,
38 युद्धको निम्ति सुसज्जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।
und von jenseits des Jordans, von den Rubeniten, den Gaditen und dem Halbstamme Manasse 120.000 mit allerlei Kriegswaffen.
39 तिनीहरूले त्यहाँ खाँदै र पिउँदै तिन दिनसम्म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खानपानको बन्दोबस्त गरेर पठाएका थिए ।
Alle diese Kriegsleute, in Reihen geordnet, kamen einmütig nach Hebron, David zum König über ganz Israel zu machen. Auch das ganze übrige Israel war ungeteilten Herzens dabei, David zum König zu machen.
40 यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्साखार, जबूलून र नप्तालीसम्मले गधा, ऊँट, खच्चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।
Sie blieben dort bei David drei Tage, aßen und tranken. Denn ihre Brüder hatten für sie zugerichtet. Auch die ihnen nahe wohnten, bis nach Issakar, Zabulon und Naphtali hin, brachten Brot auf Eseln, Kamelen Maultieren und Rindern, Mehlspeisen, Feigen und Rosinenkuchen, Wein, Öl, Rinder und Schafe in Menge; denn Jubel herrschte in Israel.