< १ इतिहास 12 >

1 कीशका छोरा शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा सिक्‍लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।
Voici ceux qui allèrent à Tsiklag, vers David, lorsqu'il était encore éloigné de la présence de Saül, fils de Kis. Ils faisaient partie des hommes vaillants qui l'aidaient à la guerre,
2 यिनीहरू धनुहरू बोक्‍थे, अनि घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे । यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए ।
Armés de l'arc, lançant des pierres de la main droite et de la main gauche, et tirant des flèches avec l'arc. Ils étaient de Benjamin, d'entre les frères de Saül.
3 तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
Le chef Achiézer et Joas, enfants de Shémaa, de Guibea; Jéziel et Pélet, enfants d'Azmaveth; Béraca; Jéhu, d'Anathoth;
4 गिबोनी यिश्‍मायाह, जो तिस जनामध्‍येका एक सिपाही थिए (र तिस जनाका कमाण्‍डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,
Jishmaeja, Gabaonite, vaillant entre les trente, et au-dessus des trente; Jérémie; Jachaziel; Jochanan; Jozabad, Guédérothite;
5 एलूजै, यरीमोत, बाल्‍याह, शमरयाह, हारूपी शपत्‍याह,
Éluzaï; Jérimoth; Béalia; Shémaria; Shéphatia, Haruphien;
6 कोरहवंशी एल्‍काना, यिश्‍याह, अज्रेल, योएजेर र याशोबाम,
Elkana; Jishija; Azaréel; Joézer et Jashobeam, Corites;
7 गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।
Joéla et Zébadia, enfants de Jérocham, de Guédor.
8 कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
D'entre les Gadites, se retirèrent vers David, dans la forteresse, au désert, de vaillants guerriers propres à la guerre, maniant le bouclier et la lance, semblables à des lions, et aussi prompts que des gazelles sur les montagnes:
9 एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
Ézer, le chef; Obadia, le second; Éliab, le troisième;
10 चौथा मिश्‍मन्‍ना, पाँचौं यर्मिया,
Mishmanna, le quatrième; Jérémie, le cinquième;
11 छैटौं अत्तै, सातौं एलीएल,
Atthaï, le sixième; Éliel, le septième;
12 आठौं योहानान, नवौं एल्‍जाबाद,
Jochanan, le huitième; Elzabad, le neuvième;
13 दशौं यर्मिया र एघारौं मकबन्‍ने थिए ।
Jérémie, le dixième; Macbannaï, le onzième.
14 गादका यी छोराहरू सेनाका अगुवाहरू थिए । तल्‍लो दर्जाले सय जना र माथिल्‍लो दर्जाले हजार जनाको नेतृत्व गरे ।
Ils étaient d'entre les enfants de Gad, chefs de l'armée; un seul, le moindre, en valait cent, et le plus grand, mille.
15 पहिलो महिनामा बढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे, अनि उपत्‍यकाको पूर्व र पश्‍चिम दुवैतर्फ बस्‍ने सबैलाई लखेटे ।
Ce sont ceux qui passèrent le Jourdain au premier mois, quand il déborde sur toutes ses rives, et qui mirent en fuite tous les habitants des vallées, à l'orient et à l'occident.
16 बेन्‍यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।
Il vint aussi des enfants de Benjamin et de Juda, vers David, à la forteresse.
17 तिनीहरूलाई भेट्‌न दाऊद बाहिर निस्‍केर गए र यसो भनेर सम्‍बोधन गरे, “तिमीहरू मकहाँ शान्‍तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्‍छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्‍पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्‍वरले हेर्नुहुन्‍छ र तिमीहरूलाई हप्‍काउनुहुन्‍छ, किनकि मैले कुनै खराबी गरेको छैन ।”
David sortit au-devant d'eux et, prenant la parole, il leur dit: Si vous êtes venus dans un esprit de paix vers moi pour m'aider, mon cœur s'unira à vous; mais si c'est pour me tromper au profit de mes ennemis, bien que je ne sois coupable d'aucune violence, que le Dieu de nos pères le voie, qu'il fasse justice!
18 तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्‍येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्‍ति होस्, किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्‍ना मानिसहरूका कमाण्डरहरू तुल्‍याए ।
Alors Amasaï, chef de ceux qui combattent sur des chars, fut revêtu de l'Esprit, et il dit: Nous sommes à toi, David, et avec toi, fils d'Isaï! Paix, paix à toi! Et paix à celui qui te secourt, car ton Dieu t'a secouru! Et David les reçut, et les plaça parmi les chefs de ses troupes.
19 पलिश्‍तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्ध लड्‌न जाँदा, मनश्‍शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे । तापनि तिनीहरूले पलिश्‍तीहरूलाई मदत गरेनन्, किनभने पलिश्‍तीहरूका शासकहरूले एकआपसमा सल्‍लाह गरे र दाऊदलाई फर्काइदिए । तिनीहरूले भने, “हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्‍ना मालिक शाऊलको साथ दिएर हामीलाई त्‍याग्‍नेछन् ।”
De Manassé, il y en eut aussi qui passèrent à David, quand il vint avec les Philistins pour combattre contre Saül. Mais David et ses gens ne les aidèrent point, parce que les princes des Philistins, après délibération, le renvoyèrent, en disant: Il passerait à son seigneur Saül, au péril de nos têtes.
20 तिनी सिक्‍लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै थिए । यि मनश्‍शेका हजार-हजार जनाका सेनानीहरू थिए ।
Quand il retourna à Tsiklag, Adna, Jozabad, Jédiaël, Micaël, Jozabad, Élihu et Tsiléthaï, chefs des milliers de Manassé, passèrent à lui.
21 यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका कमाण्‍डरहरू भए ।
Ils aidèrent David contre les bandes des Amalécites; car ils étaient tous de vaillants guerriers, et ils furent chefs dans l'armée.
22 परमेश्‍वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए ।
Et journellement il venait des gens vers David pour l'aider, jusqu'à former un grand camp, comme un camp de Dieu.
23 शाऊलको राज्‍याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्‍जित भएर हेब्रोनमा दाऊदसँग मिल्‍न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।
Voici le nombre des hommes équipés pour l'armée, qui vinrent vers David à Hébron, pour lui transférer la royauté de Saül, selon l'ordre de l'Éternel:
24 ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।
Enfants de Juda, portant le bouclier et la javeline, six mille huit cents, équipés pour l'armée.
25 शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू थिए ।
Des enfants de Siméon, vaillants guerriers pour l'armée, sept mille cent.
26 लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए ।
Des enfants de Lévi, quatre mille six cents;
27 तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए ।
Et Jéhojada, prince d'Aaron, et avec lui trois mille sept cents hommes;
28 अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्‍नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।
Et Tsadok, jeune homme, fort et vaillant, et la maison de son père: vingt-deux chefs.
29 शाऊलका कुल बेन्‍यामीनबाट तिन हजार जना थिए । तिमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलप्रति निष्‍ठावान् थिए ।
Des enfants de Benjamin, frères de Saül, trois mille; car jusqu'alors la plus grande partie d'entre eux était restée attachée à la maison de Saül.
30 एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्‍ना पिताका परिवारमा प्रसिद्ध थिए ।
Des enfants d'Éphraïm, vingt mille huit cents, vaillants guerriers, hommes de renom d'après les maisons de leurs pères.
31 मनश्‍शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए ।
De la demi-tribu de Manassé, dix-huit mille, qui furent désignés par leurs noms pour aller établir David roi.
32 इस्‍साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए ।
Des enfants d'Issacar, qui savaient discerner les temps, pour savoir ce qu'Israël devait faire, deux cents de leurs chefs, et tous leurs frères sous leurs ordres.
33 जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्‍ति तयार भएका र एकचित्त किसिमले निष्‍ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए ।
De Zabulon, cinquante mille, allant à l'armée, équipés pour le combat, de toutes les armes de guerre, pour se ranger en bataille d'un cœur sans partage.
34 नप्‍तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू थिए ।
De Nephthali, mille chefs, et avec eux trente-sept mille hommes, portant le bouclier et la lance.
35 दानबाट लडाइँको निम्‍ति तयार भएका २८,६०० मानिसहरू थिए ।
Des Danites équipés pour la guerre, vingt-huit mille six cents.
36 आशेरबाट लडाइँको निम्‍ति तयार भएका ४०,००० योद्धाहरू थिए ।
D'Asser, allant à l'armée pour se ranger en bataille, quarante mille.
37 यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्‍शेको आधा कुलबाट युद्धको निम्‍ति सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू थिए ।
Et d'au delà du Jourdain: des Rubénites, des Gadites, et de la demi-tribu de Manassé, avec toutes les armes d'une armée en guerre, cent vingt mille.
38 युद्धको निम्‍ति सुसज्‍जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।
Tous ceux-là, gens de guerre, rangés en bataille, vinrent avec un cœur sincère à Hébron, pour établir David roi sur tout Israël. Or, tout le reste d'Israël était unanime aussi pour établir David roi.
39 तिनीहरूले त्‍यहाँ खाँदै र पिउँदै तिन दिनसम्‍म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए ।
Et ils furent là, avec David, mangeant et buvant pendant trois jours; car leurs frères leur avaient préparé des vivres;
40 यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍मले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।
Et même ceux qui étaient les plus près d'eux, jusqu'à Issacar, à Zabulon et à Nephthali, apportaient des vivres sur des ânes, sur des chameaux, sur des mulets et sur des bœufs; des aliments de farine, des masses de figues sèches et de raisins secs, du vin, de l'huile, des bœufs et des brebis en abondance; car il y avait de la joie en Israël.

< १ इतिहास 12 >